गजल
धन्य छ पृथ्वी तिमिलाई तिमिले जोड्यौ रत मैले तोड्न पाएको छु ।
आफ्ना ईच्छा,चाहना अनि स्वार्थ बमोजिम आँफुखुशी मोड्न पाएको छु ।
पृथ्वी तिमिले खन्यौ,जोत्यौ,छर्यौ अनि जगेर्ना गर्यौ एकताको विजहरुको,
रत आज मैले हेर ति हुर्किएका बोटहरु निर्ममतापुर्वक गोड्न पाएको छु ।
अस्तित्वमा सायद नेपाल रहन्नथ्यो होला झण्डा चन्द्रसुर्य अंकित,
रत आज टुक्रा टुक्रा पार्दै चन्द्रसुर्य अंकित झण्डा ओढ्न पाएको छु ।
कति अर्थपूर्ण र दुरगामी छन तिम्रा ती दिव्योपदेश आजपनी सान्दर्भिक,
सुटुक्क ती तिम्रा दिव्योपदेशहरु आफ्ना टुक्काटुक्कामा जोड्न पाएको छु ।
दाङ