तुलसीपुर महोत्वसको सम्पूर्ण तयारी पुरा

  • ९ माघ २०७६, बिहीबार २०:४७ मा प्रकाशित
  • तुलसीपुर महोत्वसको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सव स्थलमै पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी भएको जानकारी गराएको हो । भोली १० गते तुलसीपुरको बसपार्कबाट विहान १० बजे ¥याली सुरु हुने छ । झाँकीजुलुस सहित सुरु हुने विभिन्न संघसंस्थाको ¥याली तुलसीपुर बजार परिक्रमा गरेर तुलसीपुरको घोराही रोडको उत्तर तर्फ रहेको महोत्सव स्थलमा पुगेर सभामा परिणत हुने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

    त्यसैगरी पर्यटन मन्त्री योेगेश भट्टराईलाई तुलसीपुर स्थीत टरिगाँउ एरपोर्टको प्रभाबकारी सञ्चालन र ब्यबस्थापनको माग गर्दै १२ सय ५० मिटर लामो कपडामा हस्ताक्षर र १ सय १९ पेजको ज्ञापन पत्र बुझाईने भएको छ ।

    तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको तुलसीपुर महोत्सवको उद्घाटन कार्यक्रममा भोली बिहीबार आउन लागेका मन्त्री भट्टराईलाई टरीगाँउ एरपोर्टको नियमीत हवाईसेवा सञ्चालन, ईन्धन डिपो स्थापना र धावनमार्ग स्तरन्नोतिको माग गर्दै हस्ताक्षर र ज्ञापन पत्र बुझाउन लागिएको तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिमल रिजालले जानकारी दिनुभएको छ ।

    तुलसीपुर उद्योग बाणिज्य संघले टरीगाँउ एरपोर्ट सञ्चालनका लागि २०६४ सालदेखि दवावमुलक कार्यक्रम गर्दै आएको उनले बताएका छन । हाल सम्म ५ जना प्रधानमन्त्री तथा पूर्बप्रधानमन्त्री,१२ जना बिभागिय मन्त्री,३० जना अन्य मन्त्री र शिर्ष नेता, मन्त्रालय, बिभागका बिशिष्ठ श्रेणिका कर्मचारी गरि १४ जनालाई पटक पटक ज्ञापन पत्र बुझाईएको उहाले जानकारी दिनु भएको छ ।

    महोत्सवमा अबधीमा के के हुन्छन्
    आन्तरिक पर्यटक मार्फत ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई सार्थक तुल्याउन महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको छ । त्यसैले यो महोत्सवमा विभिन्न कार्यक्रमहरु पनि गरिदै छन् । तुलसीपुरको महोत्सव स्थलदेखि पुरन्धाराको छहरासम्म साईकल टुरको आयोजना गरिदैछ । त्यसमा नेपालगञ्जका साईक्लिष्टिहरु पनि सहभागी हुँदैछन् । मिनी म्याराथुन प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता आयोजना गरिने महोत्सव निर्देशक समितिका संयोजक रिजालले वताउनु भएको छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । महोत्समा हरेक दिन विहान योग शिविर सञ्चालन हुने छ । रक्तदान कार्यक्रम पनि हरेक दिन आयोजना गरिने छ। आँखा शिविर सञ्चालन हुने छ । सामान्ने चेकजाँचको सुविधा सबैलाई हुने छ । रिजालका अनुसार जेष्ट नगरिक र गरिव सुमदायका व्यक्ति जस्ले आँखा तथा अन्य कुनैपनि उपचारको लागि खर्च गर्न सक्दैनन् त्यस्तालाई अवस्था हरेर सल्यक्रिया सम्मको सम्पूर्ण खर्च तुलसीपुर उद्योग वाणिज्य संघले गरिदिने वताउनु भएको छ ।
    त्यस्तै महोत्सवमा हरेक दिन विभिन्न शिर्षकमा अन्तरक्रियाहरु आयोजना गरिने छ । महोत्सवमा बालबलिकाको मनोरञ्जनको लागि बाल उद्यान राखिएको छ भने अन्य उमेर समुहका व्यक्तिहरुको लागि लोकपृय कलाकारहरु ल्याइने रिजालले जानकारी दिनु भएको छ ।

    नगर भित्र बसभाडा १० रुपैंया निर्धारण
    महोत्सवमा आउने मानिहरुको सुविधाको लागि नगरका चार किल्ला निर्धारण गरेर प्रतिव्यक्ति १० रुपैंया मात्रै भाडा निर्धारण गरिएको छ । उत्तरमा रक्षाचौर, दक्षिणमा पुकार पसल, पश्चिममा कृष्ण मन्दिर र पूर्वमा विजौरीबाट बसमा आउने प्रत्येक व्यक्तिले दश रुपैंयामा यात्रा गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । यायाताय संयोजक सुरेश हमालले त्यो व्यवस्था मिलाएको बताएका छन् । त्यसवाट घाटा भएको रकम तुलसीपुर उद्योग वाणिज्य संघले तिर्ने गरि व्यवस्था गरिएको छ ।

    सर्वसाधारणको लागि प्रतिव्यक्ति ५० रुपैंया, विद्यार्थीको लागि ४० रुपैंया र १० दिनका लागि ३०० रुपैैंयाको टिकटको व्यवस्था गरिएको रिजालले जानकारी दिनुभयो । त्यसमध्य जेष्ट नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई अवस्था हेरेर निशुल्क प्रवेशको व्यवस्था गरिएको समेत रिजालले बताउनु भयो ।

    झन्डै ५ सयको हाराहारीमा स्टलहरु रहने बताएका रिजालले १०० जति स्टलहरु निशूल्क रहेको आयोजकले वताएको छ । कृषि, प्रविधि जस्ता स्टलहरु निशुल्क उपलब्ध गराइने भएको छ ।साभार :साक्षी खबर

    Leave a Reply