
नवराज तमाङ्ग
रियाद-साउदी, तमु धीँ प्रवास शाखा साउदी अरेबियाले ‘च्यु ल्हो’ तमु ल्होछार सांस्कृतिक सौगात सम्पन्न गरेको छ । तमु धिँले दमामस्थिति प्यारागान रेस्टुरेण्टमा तमु ल्होछार विविध सांस्कृतिक कार्यक्रम गरी शुक्रबार सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि दूतावासका उपप्रमुख दिलीपकुमार पौडेलले रोजगारीका लागि साउदी आइपुगेका गुरुङहरुको भाषा, धर्म, लिपी, संस्कृति, संस्कार लगायत संरक्षण तथा प्रवर्द्धनका लागि यसरी कार्यक्रम गरेकोमा धन्यवाद दिए । उनले भने, ‘म गण्डकी प्रदेशकै भएकाले ’तमु ल्होसार’सँग परिचित छु, यो नेपालको महत्वपूर्ण चाडपर्वहरूमध्येका तमु ल्होसार पनि एक हो ।’उपप्रमुख पौडेलले तमु धिँसँग दूतावासले गरेको लामो समयसम्म गरेका सहकार्यलाई अझ प्रभावकारी बनाउन आफू लागि पर्ने बताए । ‘नेपाल भ्रमण वर्ष २०२० को लोगो राखेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन दिन शब्द नै पाइन’, पौडेल भने ।उपप्रमुख पौडेलले पछिल्लोपटक दूतावासको आग्रहमा कम्पनीबाट भागेका कामदारहरू सिधै फर्किन सकिने जानकारी समेत दिए । भागेर काम गरिरहेका कामदारहरुले दूतावासको सिफारिसमा बिना झञ्झट नेपाल जान पाउनेछ,उपप्रमुख पौडेल थपे ‘तर कुनै पनि अभियोग नलागेका कामदारहरुले यो अवसरको प्रयोग गर्न सक्नेछन,।’ साउदी सरकारले यही मितिसम्म अवसर लिन सकिने समयसीमा नतोकिएका हुनाले पूर्वी क्षेत्रमा दूतावासका कर्मचारी घिमिरेलाई सम्पूर्ण अधिकार दिइएको पौडेलले स्पष्ट परे ।
दूतावासका स्थानीय कर्मचारी हरि घिमिरेले तमु धिँ स्थापनाकालदेखि नै सक्रिय संस्था रहेको बताए । घिमिरेले तमु धिँले दूतावाससँगै धेरै कार्यहरूमा सहकार्य गरेको सम्झना गरे । तमुहरुको सहयोग आफू साउदीमा रहेसम्म पाउँछु भन्ने आशा राखेछु, र मेरो व्यक्तिगत तर्फबाट निरन्तरता रहन्छ, घिमिरेले भने ।

समारोहमा तमु धिँका संरक्षण ओम घलेले गण्डकी प्रदेशले मात्र बिदा दिएको तर संघिय सरकारले राष्ट्रिय पर्वका रूपमा दिदै आएको बिदा कटौती गरेकोमा गुनासो गरे । उनले बिदा कटौतीका बारे नेपालमा तमु समुदायहरू आन्दोलनमा होमि सकेको समेत बताए ।‘प्रवासमा रहेका तमुहरुले दूतावास मार्फत ज्ञापनपत्र बुझाई नेपाल सरकारको बिदा कटौती बारे ध्यानाकर्षण गर्छौं’, संरक्षक घलेले भने । उनले तमुसँगै आदिवासी जनजातिहरुको नेपाल सरकारले बिदा कटौती गरेको छ । तमु धिँ साउदीमा पुरानो हो, ’त्यसैले हामी नेतृत्व गर्छौं’ तपाईहरुले ऐक्यवद्धता जनाई सहयोग गर्नुस,’ घलेले भने । राज्यले गुरुङहरुको चाडपर्वको बिदा कटौती गरेर लोकतन्त्रको उपहास गरेको घलेले बताए ।तमु धिँका अध्यक्ष एवं सभापति खेम गुरुङले साउदी अरेबियामा रहेका तमुहरुलाई धन्यवाद दिदै कार्यक्रममा उपस्थित भई सभ्य र भव्य बनाइ दिएकोमा सम्पूर्णमा आभारी व्यक्त गरे ।कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गायिका माया गुरुङले ‘सालैजो’, ‘पञ्चे बाजा’, आधुनिक गीत र लाइभ दोहोरी प्रस्तुति गरेकी थिइन् । गायिका गुरुङलाई स्याङ्जा सेवा समाज र मगर संघ प्रवास शाखाले सम्मान गरेका थिए ।त्यसैगरी कलाकारहरू पुतली तामाङ, इस्लाम मिया, राज यात्री, बिन्दु गुरुङ, लक्ष्मी तामाङ, दिपक सेञ्चुरी, दिव्य थापा, दिक्षा थापा, तपस्या अधिकारी, आयसा अर्याल, गुप्त बिसी, मञ्जु परियार लगायतले बेजोड प्रस्तुति दिएका दिए ।कार्यक्रमलाई हिमालयन एरलाइन्स, ग्लोबल आईएमई बैङ्क, सिटी एक्सप्रेस, न्यु अन्नपूर्ण रेस्टुरेण्ट (जुबैल), सनराईज नेपाली कार्गो, काठमाडौ नेपाली रेस्टुरेण्ट लगायत प्रायोजन गरेका थिए ।समारोहमा भाग्यशाली उपहार योजना अन्तर्गत प्रथम पुरस्कर १० ग्राम सुन इन्द्र मगरले प्राप्त गरेको थियो । त्यसैगरी ३२ इञ्चको टिभी, सालिकलाई, एनड्रोइड मोबाइल एभिक्डेरालाई, घडी रोशन केसीलाई, होम थेटर मान गुरुङलाई र सान्त्वना जोन याकेस र जितबहादुर मगरलाई परेको थियो ।कार्यक्रममा १२ वटा संस्था आबद्ध अन्तर संस्था समन्वय समिति साउदी अरेबियाले दूतावासको आग्रहमा नेपाल भ्रमण वर्षका बारेमा अरेबियन भाषामा छापिएका पुस्तक सार्वजनिक गरेको थियो ।समारोहमा एनआरएन नवौं सम्मेलनबाट निर्वाचित मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल (जोन) र भर्खरै एनआरएन सदस्यमा मनोनीत भएकी यस्मिन बेगमलाई तमु धिँले सम्मान गरेको थियो ।
