तमु धिं साउदी अरब द्वारा गुरुङ जातिको महान चाड च्यु तमु ल्होसार २०७६ विभिन्न सास्कृतिक कार्यक्रम झाकी प्रदर्शन गरि सम्पन्न

  • १९ पुष २०७६, शनिबार १६:५६ मा प्रकाशित
  • ध्रुब रिजाल, जेद्दा
    ०३ जनवरी २०२० तमु धिं, जेद्दा साउदी अरबले गुरुङ जतिको महान चाड च्यु तमु ल्होसार २०७६ विभिन्न सास्कृतिक कार्यक्रम झाकी प्रदर्शन गरि सम्पन्न गरेको छ .


    बिदेशी भूमि, फरक भौगोलिक तथा कानुनी अवस्थाको बीच आफ्नो मौलिक रितिरिवाज, धर्म सस्कृति, चाडपर्वलाइ जगेर्णा गर्ने मान्यताका साथ बिगतका वर्ष झैँ यो वर्षपनि तमु धिं जेद्दाले च्यु ल्हो ल्होसार कार्यक्रमको आयोजना गरेको थियो.


    नेपाली महावाणिज्य दुतावासका कार्यबाहक महावाणिज्यदूत रेवती रमण पौडेलको प्रमुख अतिथ्यतामा संचलन भएको कार्यक्रममा विशिष्ट अतिथि वाणिज्यदूत भुवन पौडेल थिए साथै अथितिहरुमा NRNA साउदी अरबका बरिष्ट उपाध्यक्ष ध्रुब रिजाल, NRNA साउदी अरबका प्रवक्ता बिष्णु नौपाने, NRAN RCC जेद्दाका अध्यक्ष राज कुमार गिरी, नेपाली सेवा समाज जेद्दाका अध्यक्ष दिनेश क्षेत्री, आदिवासी जनजाती महासंघ साउदी अरबका उपाध्यक्ष बल कुमार राई, आदिवासी जनजाती महासंघ साउदी अरब जेद्दाका अध्यक्ष निमा सांगे शेर्पा, तामांग घेदुङ जेद्दाका अध्यक्ष दिल बहादुर तामांग, तामांग घेदुङका सल्लाकार सुप्रिम तामांग साथै जेद्दामा क्रियाशील सामाजिक संघसंस्थाका प्रतिनिधि समाजसेवी, बुद्धिजीवीहरु थिए भने कार्यक्रमलाइ प्रत्यक्ष रुपमा हेर्न र च्यु ल्हो ल्होसार मनाउन जेद्दा लगाएत आसपासका सहरहरु रबिग, यांबू, ताईफबाट नेपाली दिदीबहिनी, दाजुभाइ, बुद्धिजीवी, समाजसेवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो.


    पुर्व निर्धारित समय भन्दा केहि ढिला गरि दिप प्रज्वलनको साथ नेपाली राष्टिय गानबाट सुरु भएको औपचारिक कार्यक्रमको सभापति तमू धिं जेद्दाका वर्तमान अध्यक्ष बेद कुमार तमू थिए भने कार्यक्रम संस्थाका महासचिव सुरज गुरुङले संचालन गरेका थिए.
    औपचारिक कार्यक्रममा शुभकामना मन्तब्य तमू धीं जेद्दाका संरक्षक श्रीमती माया तमू द्वारा प्रस्तुत गरिएको थियो. मन्तब्यको क्रममा प्रमुख अतिथि महावाणिज्यदुत रेवती रमण पौडेलले हरेक साल तमू धीं जेद्दाले आयोजना गर्ने यसकिसिमको कार्यक्रमले बिदेशी भुमिमा आफ्नो धर्मसस्कृति, रितिरिवाज, आफ्नो मौलिक पहिचान र चाडपर्वलाइ जगेर्ना गर्न बिशेष महत्व राख्दछ साथै तमूहरुले आफ्नो भेषभूषा, भाषा, धर्मसस्कृतिलाइ आफ्नो छोरा नातीमा पुस्तान्तरण गर्नु पर्ने आवस्यक भएको बताए थप हरेक नेपाली जातजातिहरुले मनाउने बिशेष चाडपर्वलाइ नेपाल सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने आफ्नो मन्तब्यको क्रममा जोड दिएका थिए त्यसै गरि वाणिज्यदुत भुवन पौडेलले गुरुङ जातिहरु आफ्नो देशमा मात्रै नभएर बिदेशी भूमिमा पनि आफ्नो पहिचान बनाउन बनाई देशलाइ ठुलो योगदान पुर्याएको बताए भने बाँकि अतिथिहरु ले च्यु तमू ल्होसारको पवन अवसरमा शुभकामना व्यक्त गरेका थिए .

    औपचारिक कार्यक्रमको अन्तमा तमु धिं जेद्दाका अध्यक्ष बेद कुमार तमुले कार्यक्रम भब्य र सभ्य बनाउन र साथै कार्यक्रम सफल बनाउन आर्थिक तथा भौतिक सहयोग गर्नुहुने संघसंस्था साथै सहयोगी दाताहरु लाइ बिशेष धन्यवाद दिदै तमु धिंले आफ्नो मौलिक परम्परा, धर्म संस्कृति, भेषभुषाको जगेर्णा गर्न यस किसिमको कार्यक्रम आउदा दिनहरु मा पनि निरन्तर गरि रहने बताउदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरे .
    दोस्रो चरणको सास्कृतिक कार्यक्रममा तमु धिं जेद्दाका संस्थापक अध्यक्ष धन बहादुर गुरुङको बिशेष सहयोगमा स्थानीय कलाकारहरु द्वारा विभिन्न मनोरन्जनात्मक सांगीतिक कार्यक्रम नृत्य, संगीत साथै तमु जातिको मुख्य विशेषता झल्कने कार्यकर्म रोधीं प्रस्तुति गरि मनाएको थियो .


    कार्यक्रमलाइ विगतका वर्षहरु भन्दा केहि फरक र अलि बढी गुणस्तरीय बनाउनको निम्ति जेद्दा अलहायात कन्टिनेन्टल होटलमा आयोजना गरिएको थियो भने कार्यक्रम अवधि भरि नेपाली मौलिकता जातीय पहिचान झल्कने बिभिन्न सामाग्रीहरु जस्तै: हलो,जुवा, घुम, करुवा, खुकुरी, बाध्य बादनका सामाग्री साथै रोधीघर प्रदर्शनीमा राखिएको थियो . च्यु ल्हो तमु ल्होसार कार्यक्रम रति १० बजे समापन भएको थियो .

    Leave a Reply