काठमाडौं, १७ पुष । भारतको केन्द्र शासित जम्मु कास्मिरको भएको आ तं कवादी ह म लामा एक जना गोर्खाली सै निकको नि धन भएको छ । कास्मिरको नौशेरामा मंगलबार राति भएको ह म लामा भारतीय से नामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको नि धन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।भारतीय से नामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा नि धन भएको जनाइएको छ । भारतीय से नाका प्रवक्ता ले फ्टि नेन्ट कर्णेल देवेन्द्र आनन्दले सो कुराको पुष्टि गरेका छन् ।
आनन्दद्वारा बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मगर गोरखाको रि प गाउँका हुन् । घट नामा भारतीय से नामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि नि धन भएको छ ।६ महिना अघि मात्र तनहुँ दुले गौँडावाट उनले विवाह गरेका थिए । चार वर्ष अघि भारतीय सेनामा जागिर भएका उनले छुट्टीमा घर आउँदा विवाह गरेर फर्केका थिए । उनी पुष ५ गते मात्र भारत फर्केका थिए । उनको घरमा आमा छैनन् । आमाको निधन भइसकेको छ । घरमा बुवा र दिदीबहिनी मात्र भएको थापाको मामाले बताएका छन् ।
गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पास गरेर ११ पढ्दा पढ्दै उनी सेनामा जागिर खान गएका थिए ।भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गो ली च लेको हो । कुराकानीको क्रममा अर्जुनले ‘गो ली च ल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’परिवारलाई सुखमा राख्छु भन्दै सेनामा भर्ती भएका अर्जुनको निधनले पुरै ठूलो रि प गाउँ शोकमा डुवेको छ ।
sidakurakhabar