
पोखरिया ११ माघ
पर्साको छिपहरमाई गाउँपालिका को २५० जना बालिका हरु को बालिका स्वर्ण बिमा खोली परिवार जन हरु लाई चेक तथा कागजात हरु हस्तान्तरण कार्यक्रम समपन भएको छ।चेक तथा कागजपत्र हस्तान्तरण कार्यक्रम को अायोजना छिपहरमाई गाउँपालिका को वार्ड नं ३ जयमंगलापुर मा रहेको वाड कार्यालय को प्रयागणमा समपन भएको थियोे ।प्रमुख अतिथि रहनु भएका छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले कार्यक्रम को उदघाटन गर्दै भने अब घरमा छोरी हरु जन्मे पछी चिन्ता गर्नु पर्दैन गाउँपालिका ले २ लाख को बिमा खोली दिने बताए ।पहिला छोरी हरु को जन्म हुने बितिकै बुवा अामा हरु ले बोझ को रुप लिने गरिरहेको थियोे कतिपय बुवा अामा हरु गर्भमा नै पता लगाई भ्रुण हत्या समेत भईरहेको थियोे ।तर अब जन्मेको छोरी हरुलाई बोझ को रुप नलिन र गर्भमा भ्रुण हत्या गर्नु पर्दैनअब छोरी हरु को पठन पाठन,उच्च शिक्षा र बिबाह को लागी गाउँपालिका ले २ लाख को बिमा खोलेको छ। अगामी दिनमा छोरी हरु को लागी ५ लाख को बालिका स्वर्ण बिमा खोलीने अध्यक्ष गुप्ता ले प्रतिबद्धता गरे।छोरी हरु लाई दाईजो होईन ,छोरी हरु लाई शिक्षा दिन जरुरी रहेको छ।छोरी हरु का अामा बुवा हरु ले छोरा छोरीमा भेदभाव नगरि छोरा सरह छोरी हरु लाई उच्च शिक्षा दिन अाग्रह समेत गरे। नेपाल को पहिलो छिपहरमाई गाउँपालिका ले गाउँपालिका मा बालिका स्वर्ण बिमा लागु गरि बितेको अार्थिक वर्ष सम्म ११० जना र यो अार्थिक वर्षमा २५० गरि ३सय साठी जना बालिका हरु लाई २ लाख को बिमा गराएको छ। बालिका जन्मे को ३५ दिन भित्र जन्म दर्ता बनाइ अबिभावक हरु ले वार्ड बाट सिफारीस गराई गाउँ गाउँ मा घुमिरहेको बिमा कर्ता टोली लाई कागजपत्र हरु बुझाएमा गाउँपालिका बाट हुने प्रति बालिका २० हजार को रकम बुझाई २० वर्षमा २ लाख हुने अध्यक्ष गुप्ता ले बताए । छोरी बिमा को रकम उच्च शिक्षा र बिहे मा काम लागने बताए ।छोरी हरु को शिक्षा को लागी बिभिन कार्यक्रम ल्याउने साईकिल बितरण पोसाक , छात्रवृत्ति ,लगायत योजना गाउँपालिका बाट सुरु भईसकेको र अब यो गाउँपालिका को बालिका हरु लाई उच्च शिक्षा को बाहिर जानु परदैन अाफ्नै ठाउँ हरु दुई वटा उच्च माध्यमिक बिधालय नवगावन माध्यमिक बिधालय चरगाहा,र भिस्वा उच्च माध्यमिक बिधालय संचालन मा रहेको छ। बिधालय हरु मा शिक्षक को कमी र पठन पाठन राम्रो नभएको कारण बालबालिका हरु भारत मा गएर पढन बाधय बनेको थियोे तर अहिले शिक्षक पदपुर्ती गरि बिधालय हरु धेरै सुधार गरि अाफ्नै गाउँ ठाउँ का बिधालय हरु मा बालबालिका पढिरहेको बताए । पहिला यो गाउँपालिका मा बर्थिंग सेन्टर नरहेको कारण सो क्षेत्रका महिला हरु लाई बच्चा ईसु गराउन भारत मा गराउन बाधय रहेको थियोे स्थानिय तह मा निर्वाचन पछी अाफ्नो गाउँपालिकामा तिन वटा बर्थिंग सेन्टर स्थापन गराएको छु अाउने दिनमा छिपहरमाई गाउँपालिका को पाचै वटा वाडहरु मा बर्थिंग सेन्टर स्थापना गराउने प्रतिबद्धता गर्नु भएको छ। मेरो गाउँपालिका का महिला हरु लाई सुरक्षित बच्चा को जन्म दिन को लागी बाहिर जान नपरोस भन्दै बर्थिंग सेन्टर स्थापना गराईएको बताए । यसपाली गाउँपालिका मा पचिस वटा घर बनाउने र गाउँपालिकामा रहेको घरबिहिन हरु लाई घर दिने योजना रहेको बताए । दलित हरु लाई ग्यास चुला र सलेन्डर बितरण गरिसकेको बताए ।साना किसान हरु लाई कृषि समाग्री बितरण को साथै दुई वटा वडाका किसान हरु ग्यास चला र सलेन्डर बितरण गरिएको छ र अाउने दिन मा तिन वटा गरी पाचै वटा वार्डमा बितरण गरिने अधयक्ष गुप्ता ले बताए । कार्यक्रम मा दुई सय पचास जना बालिका हरु को खुलेको बालिका स्वर्ण बिमा को चेक र खुलेको कागजपत्र हस्तान्तरण अध्यक्ष गुप्ता ले अाफ्नो हाथले बालिका का अामा हरु लाई बितरण गरिएको छ। अध्यक्ष गुप्ता ले ग्रामिण क्षेत्र बाट मेहनत र ईमानदारीता पुर्वक गरिरहेको श्रमजिबी पत्रकार राजन कुमार बानिया लाई सम्मान सहित एउटा केमरा पुरस्कार समेत बितरण गरेका छन।बालिका स्वर्ण बिमा दोलने समझौता बिरगंज मा रहेको गणडकी बिकास बैंक मा बिमा खोलीएको छ। गण्डकी बिकास बैंक सबै जना को खाता खोली अाज कार्यक्रम मा गाउँपालिका लाई बुझाएपछी बालिका को अामा हरु लाई कार्यक्रम अायोजना गरि बुझाएको छ। बालिका स्वर्ण बिमा चेक र कागजपत्र हस्तान्तरण कार्यक्रम वाडअधयक्ष बिनोद साह कानु को अध्यक्ष्ातामा समपन भएको छ। कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन,प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह,गण्डकी बिकास बैंक बिरगंज को प्रबन्धक नागेन्द्र गुप्ता , नेपाल पत्रकार महासंघ पर्सा उपसभापति अनुप तिवारी,वार्डअधयक्ष मौजीलाल साह, बालक गदी, महेन्द्र साह कलवार, राजबली यादव, सरपंच समसुल मियाँ , पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , ज्ञानबहादुर साह, लगायत जनप्रतिनिधि ,प्रहरी प्रसाशन, स्थानिय अबिभावक र महिला हरु को सहभागीता रहेको थियोे ।