घोराही-बाह्रकुने दह सम्मको यातायात रुट र भाडादर निर्धारण

  • २७ पुष २०७६, आईतवार २२:२७ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, २७ पौष / प्रत्येक वर्ष झै यसवर्ष पनि बाह्रकुने दहमा लाग्ने मेलालाई मध्यनजर राख्दै घोराही-बाह्रकुने दह सम्मको आवागमनको रुट र भाडादर निर्धारण गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा आज बसेको बैठकले सवारी रुट र भाडादर तोकेको हो । उक्त बैठकमा दाङ प्रहरी प्रमुख जनक भट्टराई, ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मी, वडा प्रहरी प्रमुख दिनेश रिमाल, यातायात प्रा.लि.का प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

    ट्राफिक प्रहरी प्रमुख प्र.नि. प्रेम रेग्मीका अनुसार माघ १ गते यात्रु र सवारीको चाप अत्यधिक हुने भएकोले मन्दिर पुग्न र फर्कन अलग-अलग रुट र भाडादर कायम गरिएको छ । साथै उहाँका अनुसार घोराही देखि जादा नयाँ बजार, नेपाली सेना गेट, फुर्सेखाली, खानेपानी ट्यांकी हुँदै घोराही – होलेरी सडकखण्डमा पुगि पुन: बाह्रकुने दहको गेटको गेट भएर घोराही फर्कने रुट बनाइएको छ ।

    घोराही देखि बाह्रकुने मन्दिर गेट सम्म जादा बसमा ४० रुपैया, जीप/कारमा ४५ रुपैया, र अटोमा ७५ रुपैया कायम गरिएको छ। त्यस्तै फर्कदा बसमा ३५ रुपैया, जिप/ कारमा ४० र अटोमा ५० रुपैया भाडादर तोकेको छ । साथै उक्त रुटमा पौष २९ गते विहान ११देखि माघ १ गते सम्ममा मालवाहक गाडी, ट्रक र टिप्पर संचालनमा रोक लगाएको छ ।

    Leave a Reply