गैर आवासिय नेपाली संघ साउदी अरबले राजधानी रियादमा क्षेत्रीय समन्वय समितिको पुनर्गठन गर्दै ।

  • २१ पुष २०७६, सोमबार १५:५६ मा प्रकाशित
  • रम्जान समर्पण


    गैर आवासिय नेपाली संघ साउदी अरबले आफ्नो मातहतमा रहेको रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन जनवरी १७ तारिकका दिन नेपाली राजदुतावास रियादको प्रांगणमा गर्ने भएको छ ।

    आफ्नो आधिकारिक वेबसाईट बाट सूचना सम्प्रेषण गर्दै रियाद क्षेत्र वरिपरि रहेका नेपाली श्रमिक दाजुभाइ, दिदिबहिनी, संघ संस्था, पत्रकार तथा , समाजसेवीहरुलाइ निमन्त्रणा दिएको छ ।
    एनआरएनए साउदी अरबको आफ्नो बार्षिक कार्ययोजनानुसार संस्था बिस्तार गर्ने क्रममा रियाद क्षेत्रीय समन्वय समिती पुनर्गठन गर्न गइरहेको हो ।
    रियाद पुनर्गर्ठन समितिका संयोजक NRNA ICC मानार्थ सदस्य तथा एनआरएनए आर सि सि अल कासिमका संरक्षक श्री रमेश भन्डारीले गर्नु भएको छ ।


    बिगतका दिनहरूमा रियाद क्षेत्रीय समन्वय समिती केही प्राबिधिक कारणबस सकृय हुन नसके पनि अबको नयाँ नेतृत्वको समितीले संस्थालाइ बलियो र श्रमिक हितको निम्ति सम्बन्धित निकाय तथा सरोकारवाला संग समन्वय गर्न एउटा बलियो पुलको रूपमा भूमिका बांध्न सहयोग पुर्याउने आशा गरिएको छ ।

    Leave a Reply