गजल

  • २५ पुष २०७६, शुक्रबार २१:१९ मा प्रकाशित
  • पौडेल शिरोमणि

    मन्त्री फेर मन्त्री थप केही हुने होइन।
    बिकासको नारा जप केही हुने होइन।।

    देश चलाउने नेता अनि सिस्टम नफेरिए।
    भाषण गर्दै नेपाल टप केही हुने होइन।।

    लिपुलेक कालापानी लियो सुस्ता पनि।
    बिना अर्थ लाउछौ गफ केही हुने होइन।

    सछ्यम युबा नबिदेशिए नपठाए पैसा।
    आर्थिक मन्दी देशै ठप्प केही हुने होइन।।

    काम भन्दा कुरा ठुला खल्ती भर्ने सोचमा।
    जनता मारी खान्छौ कप्प केही हुने होइन।।

    Leave a Reply