युक्रेन इन्टरनेसनल एइरलाइन्सको फ्लाइट ७५२ तेहरानको इमाम खोमेनी विमानस्थलबाट बुधवार उड्दा घना रात थियो । विमानमा रहेका १७६ यात्रुमध्ये अधिकांश इरानमा छुट्टी मनाउन आएका थिए अनि आफ्ना परिवार र इष्टमित्रलाई भेटेर सुमधुर यादका साथ फर्किरहेका थिए ।
विमान उडेको केही समयपछि त्यस घना रातमा अचानक चर्को उज्यालो छायो । तर त्यो उज्यालो कुनै आशाको प्रतीक थिएन, त्यो त क्षेप्यास्त्र रूपी मरणको सन्देश पो लिएर आएको थियो ।
त्यस बिमानका यात्रीका सुमधुर याद अनि भबिस्यका सम्पुर्ण रंगिन सपनाहरू सबै आगोले डढाएर खरानी बनायो ।
बिमानमा सवार मध्ये दुई जोडीले बिबाह गरेको केही समय मात्रै भएको थियो । दाम्पत्य जिबन रंगिन जीवन बिताउन अधिक योजना बनाएका जोडीको उक्त घटना बाट इहलिलानै समाप्त भयो ।
लोकान्तर.कम बाट