पोर्चुगल, ६ माघ । पोर्चुगलको राजधानी लिस्बनस्थित फुनारियो क्यापोस साउजोसे अस्पताल । अस्पतालको एक कोठामा लस्करै राखिएका काठका बाकस । त्यहाँभित्र भर्भराउँदो अनुहार भएका एकै कोखका दुई दाजुभाइ । हेर्नेकाे मन नै काँप्ने याे दृश्य शब्दमा वर्णन गर्न कसरी सम्भव हाेला र !निधारमा देखिएको चो’ट । ओढाइएको वस्त्रमाथि फूलको थुप्रो । कताकता मस्त निद्रामा सुतिरहेको जस्तै पनि लाग्ने । श्र’द्धाञ्जलीका लागि एक थुंगा फूल लिएर पुगेकाहरु पनि घटनाबारे पटक्कै विश्वास गर्दैनन् ।तर, काठको बाकसमा सुताइएका यी दाजुभाइ अब कहिल्यै नउठ्ने गरी सदाका लागि निदाएका छन् ।
मात्र अब उनीहरुलाई आफ्नै भूमि र परिवारमाझ पठाउनु छ- अश्र श्र’द्धाञ्जलीका लागि ।उनीहरूकाे अ’न्तिम श्र’द्धाञ्जलीमा गैह्र-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले आइतबार एक सभा आयाेजना गरेकाे थियाे ।अ’न्तिम वि’दाइका लागि अस्पताल परिसर पुगेका यहाँस्थित प्रवासी नेपालीहरुकाे आँखा आँसुले भरिएकाे थियाे । सबै नेपाली भावविह्वल बनेका थिए ।‘हामी याे गतिले बिरानाे माटाेमा म’र्नका लागि पैसा तिरेर आएका रहेछौं,’ सविनाले आँसु झार्दै भनिन्, ‘३० हजार नेपाली भएको पोर्चुगलमा ढिलागरी घ’टनाको जानकारी आयो । यो भन्दा नरमाइलो र दुखद् विषय के हुन सक्छ ?
यता, धादिङ घर भएका चिजकुमार तामाङ पनि घ’टनाबारे बताउँदै गर्दा भावुक भए । उनी यस्ता घटनाप्रति आम नेपाली समुदाय चनाखो हुनुपर्नेमा जोड दिन्छन् ।एकै परिवारका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइबाको गत आइतबार माछा मार्ने क्रममा निधन भएको थियो । उनीहरूले पोर्चुगलमा व्यवसाय शुरु गरेका थिए । केही दिनअघि माछा मार्ने क्रममा पोर्चुगलको कास्काइसको ‘बोका डो इन्फर्नो’ क्षेत्रमा पुगेका दाजुभाइलाई समुन्द्रमा आएको छालले हुत्याएर बगाइलग्याे ।विगतमा धादिङ खनियाबास गाउँपालिका–१ (साविकको सत्यदेवि–७) र हाल बारा जिल्लाको सुन्दरबस्तीमा बसोबास गर्दै आएका वाइबा दाजुभाइको याे अप्रत्याशित नि’धनले पोर्चुगलका नेपाली समुदाय यतिखेर शो’कमा छन् । इसिधाकुरा.कम साभार