कपिलवस्तुमा एक घर ५ जडिबुटी, पाँच योग कार्यक्रम

  • १४ माघ २०७६, मंगलवार ०७:०८ मा प्रकाशित
  • वाणगंगा नगरपालिकाको आर्युवेद शाखाको अयोजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा एक घर ५ जडिबुटी, पाँच योगका लागि अब सबै परिवारका सदस्य जागरुक हुनु पर्ने बेला आएको सरोकार वालाहरुले बताएका छन् ।

    पछिल्लो समय मानविय खानपान र रहन सहनले मानव स्वस्थ्य नै जोखिममा परि रहेको भन्दै उनीहरुले स्थानिय तहको सक्रियतामा अब हरेक घरमा कम्तिमा पनि ५ वटा जडि बुटीको प्रयोग र दैनिक ५ वटा योग अनिवार्य अपनाउनु पर्ने बताइएको थियो ।

    कार्यक्रममा आर्युवेद चिकित्सक, अस्पताल विकास तथा चिकित्सा सेवा महासाखा सामाजिक विकास मन्त्रालय प्रदेश पाँचका डा.पुष्पराज पौडेलले तुलसी, घिउकुमारी गुडुची , पारिजात, मेवा लगाएतका स्थानिय जडिबुटीको बारेमा प्रकाश पार्दै स्वस्थ जीवन निर्वाहका लागि जडिबुटीको प्रयोगमा ध्यान पुर्‍याउन आवस्यक रहेको बताउनु भयो ।

    अभिमुखिकरण कार्यक्रममा मोतिपुर आर्युवेद औषधालयका प्रमूख डा.रोमहर्स नेपालले आर्युवेदको राज्यको वर्तमान अवस्था र रणनितिका विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्थानिय वाणगंगा नगरपालिका वडानम्बर ७ एक घर पाँच जडिबुटी र पाँच योग कार्यक्रम लागु गर्नका वाणगंगा नगरपालिका वडा नम्बर ७ छनोटमा परेको हो ।

    वडाले एक घर ५ जडिबुटीको मापदण्डलाई आधार वनाएर सबै वडाले भन्दा पहिले अघि सारेको हुदा छनोटमा पर्न सफल भएको हो । कार्यक्रममा वाणगंगा नगरपालिकाका कर्मचारी कार्यपालिका सदस्यहरु लगायत वडा नम्बर ७ बाट टोल विकास संस्थाका अध्यक्षहरु,विद्यालयका अध्यक्षहरु ,प्रअहरु सामुदायिक वनका पदाधिकारी ,स्थानिय स्वयम सेवीका, परम्परागत स्वास्थ्यकमीर्,आमा समुह गरी वडाबाट ३० जनाको सहभागिता रहेको थियो ।, सम्पुर्ण वडाका अध्यक्षहरु, तथा वडा सचिवहरुको सहभागिता रहेको थियो ।

    त्यस्तै अभिमुखिकरणमा केही दिन देखि रिक्त अवस्थामा रहेको प्रमूख प्रशासकिय अधिकृतको पदभार ग्रहण गर्न आज मात्रै आउनुएका प्रमूख प्रशासकिय अधिकृत चुडामणी पन्थी र युवा खेलकुद तथा शिक्षा विकास शाखा प्रमूख बाबुराम भटराईले योग र अयुर्वेदको वर्तमान अवस्यकताका विषयमा सम्बोधन गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा नगर उप प्रमूख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता तथा आर्युवेद शाखा प्रमूख तेजबहादुर सोमैको संचालनमा समपन्न भएको हो ।
    साभार : वाणगंगा अन्लाईन

    Leave a Reply