एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबले दोस्रो वार्षिक उत्सवमा मनाएका छन्।

  • १७ माघ २०७६, शुक्रबार १९:५८ मा प्रकाशित
  • साउदी अरबको पूर्विय शहर अलखोबार स्थित एक होटलको सभाहलमा औपचारीक कार्यक्रम गरी दोस्रो वार्षिक उत्सव मनाएका छन्। ३१ जनवरी २०२० शुक्रवारका दिन नेपाली राजदुताबास रियादका राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको सभापतित्व एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबको अध्यक्ष अर्जुन बिश्वकर्माको रहेको थियो भने विशेष अतिथीहरू राजदुताबास रियादका श्रम सहचारी अम्विका प्रसाद अधिकारी र द्वितीय सचिव तारा गौतमको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा अन्य अतिथीहरू एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापा, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्वु, जिफन्ट साउदीका अध्यक्ष बुद्धि मान विश्वकर्मा, हेल्प मधेशका अध्यक्ष श्याम कुमार महत्तो, तमुधी साउदीका सल्लाहकार ओम घले, नेपाल तामाङ घेदुङ साउदी पूर्वी क्षेत्रिय समन्वय समिति साउदी अरबका उपाध्यक्ष बिर्खमान तामाङ लगायत विभिन्न संघ संस्थाहरूको प्रतिनिधीहरू, समाज सेवी तथा व्यवसायीहरू, स्थानिय कलाकारहरू, विभिन्न संचार क्षेत्रका मिडिया कर्मीहरू साथै पूर्वी सहरका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको उपस्थिती रहेको थियो ।

    अतिथीहरू तथा वक्ताहरूले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । यसै क्रममा राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतले बिश्वकर्मा श्रृष्टिकर्ता ब्रम्हाको कल्पनालाई सार्थकता दिने ईन्जिनियरको रूप भएको भन्दै प्रसंसा गरे। उनले शास्त्रहरूमा उच्चकोटीको वयान भए पनि शिक्षा र चेतनाको कमी भएको कारण विद्यमान समयमा पिछडिएको हो, त्यसैले शिक्षा र चेतना प्रति समुदायलाई प्रेरित गर्नु पर्ने बताए भने नेपाल सरकारको विभिन्न विभाग र क्षेत्रहरूमा प्रतिनिधित्व बढ्दै गएकोमा खुशी व्यक्त गरे।

    कार्यक्रममा एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबको तर्फ बाट राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूत, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी २०१९/२१ का लागी निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापालाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

    Leave a Reply