इरानमा जेट विमान दुर्घटनाग्रस्त, १७६ जना मानिसको मृत्यु

  • २३ पुष २०७६, बुधबार १९:३७ मा प्रकाशित
  • तेहरान, २३ पौष / ईरानको राजधानी तेहरानको इमाम खामेनेई विमानस्थल नजिक युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ ७३७-८०० यात्रुबाहक जेट विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।

    इरानियन मिडियाका अनुसार १७६ जना प्यासेन्जर बोकेको विमान तेहरानको मुख्य अन्तर्राष्ट्रिय एयरपोर्ट इमाम खामेनेई एयरपोर्ट टेकअफ गरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । स्थानीय समय अनुसार विहानको ६:१२ बजे टेकअफ गरेको विमानको ईन्जिनमा आगलागी हुँदा विमान दुर्घटना भएको र विमाना सवार कोही पनि जिवित नरहेको बुझिएको छ ।

    उक्त विमानमा ९ जना क्रु मेम्बर्स सहित १७६ जना मानिस रहेको जसमा ८२ जना ईरानी, ६३ जना क्यानडियन, ११ जना युक्रेनी, १० जना स्वेडिस, ४ जना अफगान, ३ जना जर्मन र ३ जना बेलायती नागरिक रहेको जानकारी प्राप्त भएको छ ।

    प्राप्त प्रारम्भिक जानकारी अनुसार विमानको प्राविधिक गडबडीका कारण दुर्घटना भएको भनिए तापनि विमानको एक्सिडेन्टली शट गरिएको थियो । एन्टिक्राफ्ट मिसाइलले आक्रमण गर्दा विमान जमिनमा खसेको बुझिएको छ । इरान र अमेरिका बिच उत्पन्न तनावका कारण उक्त दुर्घटना हुन पुगेको बताइएको छ । अनाहकमा १७६ जना निर्दोष मानिसको अकालमा ज्यान गुमाउनु परेको देखिन्छ ।

    फोटो: सोसल मिडियामा शेयर

    Leave a Reply