
कतार / अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारले भब्य कार्यक्रमको आयोजना गरि गैर आवासीय नेपाली संघको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदमा कतारबाट निर्वाचित एवं मनोनितहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

कतारका लागि नेपाली राजदुत महामहिम डा. नारद नाथ भारद्वाजको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मुस्लिम समुदायको इतिहास देखि बर्तमान संग नेपालको एकीकरण देखि बर्तमान गणतान्त्रिक नेपालमा अतुलनीय योगदान रहेको बताए कार्यक्रममा आफुलाई पनि स्वागत र सम्मान गरेको प्रति धन्यबाद दिदै कार्यक्रमको प्रशंशा गरेका थिए । निर्वाचित मनोनित सबैलाई बधाई दिदै कार्यक्रमका बिशिष्ठ अतिथि र अतिथिहरुले सम्मानलाइ जिम्मेवारी सम्झेर पदीय दायित्व इमान्दारीका साथ निर्वाह गर्न सुझाव पनि मन्तब्यका क्रममा दिएका थिए ।

कार्यवाहक अध्यक्ष अब्दुल करिम मियाको सभापतित्वमा सम्पन्न कार्यक्रमको बिशिष्ठ अतिथि अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजका अन्तराष्ट्रिय संयोजक प्रोफेसर रमजान अलि मिया संस्थापक अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान बरिष्ठ सल्लाहकार मोहम्मद अजिज अलि सल्लाहकार अब्दुल बासिद मौलाना अब्दुल खालिक समाजसेवी कमलमणि गुरागाई समाजसेवी बिमल सुवेदी, समाजसेवी क्रान्ति सिंह एनआरएनए आइसीसीका सदस्यहरु होमनाथ शर्मा, केबी हमाल, बैचारिक संगठनका प्रमुख एवं प्रतिनिधि लगायत कतारमा स्थापित संघ संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

एनआरएनए एनसीसी कतारको अध्यक्ष पदमा अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारका निबर्तमान अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान निर्वाचित भएका थिए साथै आइसीसी कोअप्ट मेम्बरमा समाजका सल्लाहकार अब्दुल बासिद र एनसीसी सल्लाहकारमा अन्तराष्ट्रिय संयोजक रमजान अलि मिया र बरिष्ठ सल्लाहकार मोहम्मद अजिज अलि मनोनित भएका छन भने सदस्यहरुमा अन्य दुइजना पनि निर्वाचित भएका थिए कार्यक्रममा उनीहरु लगायत एनसीसीका पुरै कार्यसमिति र आइसिसीका सबैलाई प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।

पवित्र ग्रन्थ कुरानको श्लोक पाठ र राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा भर्खरै मात्र कतारका लागि नया राजदुतको कार्यभार सम्हाल्नु भएका राजदुत डा. नारद नाथ भारद्वाजलाइ स्वागत गर्दै सफल कार्यकालको शुभकामना सहित को सम्मान पत्र र पुष्प गुच्छाले सम्मान गरेको थियो ।
समाजकि महिला संयोजक अमिना खानबाट स्वागत मन्तब्य र महासचिव मजिद मियाले कार्यक्रमको बारेमा प्रकाश पार्दै सम्पूर्ण निर्वाचित र मनोनितहरुलाई बधाई तथा शुभकामना दिएका थिए भने कार्यक्रम संचालन सचिव अजमत अलिले गरेका थिए । जनसवाल.कम बाट