अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजार जनावर मरे

  • ११ माघ २०७६, शनिबार १४:५५ मा प्रकाशित
  • उलान बाटोर, सिन्ह्वा – अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजारभन्दा बढी जनावर मरेका छन् । शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मङ्गोलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

    मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए)का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर मरेका हुन् ।  देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ । तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै मरेका हुन् । घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ । 

    मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावर मर्ने गरेको अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण मरेका थिए ।  Canadanepal.com बाट

    Leave a Reply