रम्जान समर्पण
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको पुरुष फुटबल फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल विजयी भएको छ ।
उक्त खेलमा नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसै गरि खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले १ गोल गरी जवाफी गोल फर्काएका थिए । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा नेपाली टिमका सुनिल बलले ५३ औं मिनेटमा अर्को गोल थप्दै नपाली टिमलाई अग्रता दिलाएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलमा विजेता टिम नेपालले स्वर्ण पदक जितेको छ भने पराजित हुने भुटानी टिमले रजत पदकमा सीमित भएको छ । राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । यसै गरि अघिल्लो खेलमा नेपालले भुटानमाथि नै ४–० को जित हासिल गरेको थियो ।
उक्त खेलमा नेपाल भुटान दुवै टिमबाट थप गोल हुन नसकेपछि नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।