स्वर्णशिखाको ‘सय थुँगा’ विमाेचन

  • ११ पुष २०७६, शुक्रबार १९:१० मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, ११ पाैष/साहित्यकार हरिप्रसाद पौड्याल ‘स्वर्णशिखा’ द्वारा लिखित ‘सय थुँगा’ नामक गजलसङ्ग्रहकाे आज घोराहीमा बिमोचन भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे अायाेजनामा भएको उहाँको एकल रचना वाचन कार्यक्रममा उक्त गजलसंग्रहको बिमोचन राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी पुरुषोत्तम खनालले गर्नुभएको हो ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटाकाे‌ अध्यक्षता सन्चालित कार्यक्रममा साहित्यकार ‘स्वर्णशिखा’ले एकल रचना वाचन गर्नु भएको थियो भने विमाेचित कृतिकाे समीक्षा साहित्यकार उत्तमकृष्ण मजगैयाँले गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि पुरुषोत्तम खनाल, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपाने, पुस्तकका प्रकाशक गीता पाैडेल लगायतले शुभेच्छा प्रकट गर्नुभएको थियो ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष नगेन्द्र गुरुकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण परिषद्का सचिव शारदा शर्माले गर्नुभएको थियो।

    Leave a Reply