सीमा अतिक्रमण बिरुद्ध कवि गाेष्ठी

  • २८ मंसिर २०७६, शनिबार २२:२८ मा प्रकाशित
  • वसन्त अनुभव
    दाङ , २८ मंसिर, लेखक सङ्घ दाङकाे अायाेजनामा अाज दाङ घोराहीमा भारतले गरेको नेपालकाे सीमा अतिक्रमणका बिरुद्धमा ‘कवि गाेष्ठी’ कार्यक्रम सम्पन्न भयो।

    लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपानेकाे अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालकाे प्रमुख अातिथ्यमा सन्चालित कार्यक्रममा डेड दर्जनभन्दा बढी साहित्यकारहरुले अा-अाफ्ना रचना वाचन गरेका थिए ।

    कार्यक्रममा भागवत पाेख्रेल, भूपेन्द्र सुवेदी, हरिप्रसाद पाण्डेय, नारदप्रसाद भण्डारी, डिल्लीराज श्रीधर, डा.हिमलाल पन्थी, दामाेदर पाैडेल, गिरिप्रसाद पन्थी, भवानी न्यौपाने ‘भावना’, नगेन्द्र गुरु, हरिप्रसाद पाैडेल ‘स्वर्णशिखा’, कमला रिजाल, निमानन्द रिजाल, कमलमणि देवकाेटा, मधुसूदन गाैतम, नरेशजङ्ग राणा, डा.लाेकराज पराजुली, शंकर पाैडेल, डा. कृष्णराज डी.सी., डा.गाेविन्द अाचार्य, प्रा.गदाधर पाैडेल, पुरुषोत्तम खनाल, खगराज न्याैपाने लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुका साथै शुभेच्छा प्रकट गरेका थिए ।

    कार्यक्रममा वाचित सबै रचनाहरु भारतले नेपालका बिभिन्न क्षेत्रमा गरेकाे सीमा मिचाईका बिरुद्धमा रचिएका अर्थात राष्ट्रियताका सन्दर्भमा लेखिएका थिए ।

    लेखक सङ्घ दाङका उपाध्यक्ष गाेविन्द पाैडेलकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सह-सचिव हुमबहादुर डी.सी.ले गर्नुभएको थियो ।
    सोसल मिडियामा शेयर

    Leave a Reply