साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।

  • २२ मंसिर २०७६, आईतवार ००:५३ मा प्रकाशित
  • कसैका भनाइले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ । यस्ता भनाइबारे हामी यहाँ उल्लेख गरिरहेका छौं । यसलाई मनन गर्नु भयो तपाइँको जीवनमा सफलता पाउन सकिन्छ । हामीले यहाँ यस्तै १० वटा कुराहरु राखेका छौं ।

    • मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ ।
    •  दुख र पीडामा साथ दिने साथी प्राण भन्दा प्यारो हुन्छ, जुन बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ ।
    •  आजभोलि मिठास खानासँग नडराउनुहोस्, तर मिठास बोलीसँग पक्का डराउनुहोस् किनकी त्यहाँ डरलाग्दो स्वार्थ लुकेको हुन्छ ।
    •  साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।
    •  घमण्डले मानिसलाई केही समयसम्म त ठुलो बनाउँला तर महान भने कहिल्यै बनाउन सक्दैन ।
    •  दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन दुख सम्झेर होइन ।
    •  बुद्धि नहुनेहरु बल देखाउँछन् भने बद्धि हुनेहरु दिमाग लगाउँछन् ।
    •  मान्छेको तागत र शक्ति हेरेर होइन उसको वुद्धि र विचार हेरेर काम गर्नुहोस् ।
    •  केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही असम्भव छैन ।
    • संसारको समस्या त्यही हो, मान्छेले समाज बदल्ने कुरा गर्छ, ठूलो आवाजमा तर आफु चाहिँ जस्ताको त्यस्तै ।

    स्रोत : खबरहब

    Leave a Reply