
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा भुटानले पुरुष फुटबलमा शनशनीपूर्ण पुनरागमन नेपालसँग ४–० को फराकिलो अन्तरले पराजित भएपनि तीन खेल जित्दै फाइनल पुगेको छ ।
अहिलेसम्म भुटानले पदकको नाममा ६ काँस्य मात्रै जितेको छ । सागको ३५ वर्षे यात्रामा भुटान फाइनल पुगेको पनि पहिलो पटक हो । भारतले सहभागिता नजनाए पछि राउण्ड रोबिनका आधारमा खेलाइएको फुटबलमा भुटानले श्रीलंका, बांग्लादेश र माल्दिभ्सलाई पराजित गरेको छ ।
९ अंक जोड्ने क्रममा श्रीलंकालाई ३–०, बांग्लादेशलाई १–० र माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । शनिबार श्रीलंकालाई पराजित गरेपछि भुटानी टीममा खुशीयाली छाएको छ ।उसोत, भुटानले फुटबलमा राम्रो प्रगति गरिसकेको छ । साग खेलिरहेको टीम मध्ये फिफा बरियतामा भुटान तेस्रो स्थानमा छ । १०३औं स्थानमा रहेको भारतले यसपटकको साग खेलेको छैन ।
फिफा बरियतामा माल्दिभ्स १४२, नेपाल १६१, भुटान १८६, बांग्लादेश १९२, पाकिस्तान १९९ र श्रीलंका २०१औं स्थानमा छ । भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन ।
श्रोत हिमालयन खबर