
रम्जान समर्पण
२४ मंग्सिर मंगलबार का दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह भव्यका साथ सम्पन्न भएको छ ।

विभिन्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीहरुको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई निकै झकिझकाउ बनाएको थियो ।

१ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर , नेपालको नक्सा, झण्डा, मन्दिर तथा बुद्धका आकृतिहरु बनाइ देखाइएको थियो ।

विभिन्न सांस्कृतिक दृश्य सहिदको ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्दा यो बर्ष बिगतका बर्षहरु भन्दा निकै उत्कृष्ट रहेकोे थियोे । यसलाई कम्प्युटर सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका बिग्यहरु बताउँछन् ।