साउदी अरबमा सामाजिक शिष्टता भंग गरेको आरोपमा २ सय बढीलाई पक्राउ गरिएको छ ।
ईस्लामिक कानुन रहेको देश साउदी सरकारले सामाजिक नीति नियम खुकुलो बनाएपछि पक्राउ गरिएको यो पहिलो घटना हो ।
१ सय २० पुरुष र केही महिलालाई एक हप्ताको बीचमा पक्राउ गरिएको छ । पुलिसका अनुसार उनीहरुलाई सामाजिक सद्भावमा खलल पुर्याएको, उत्पीडन गरेको र अभद्र पहिरनमा देखिएका कारण पक्राउ गरिएको हो ।
पुलिसले अर्को छुट्टै वक्तव्य जारी गर्दै उत्पीडनको मामलामा अन्य ८८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । थुप्रै महिलाले यस वर्षको सुरुवातमा रियादमा आयोजित एमडीएल बिस्ट म्युजिक फेस्टिबलमा उत्पीडन भएको सोसल मिडियामामार्फत् जानकारी दिएको पुलिसले जानकारी दिएको छ ।
अभद्र पहिरन लगाउनेलाई पनि नियम तोडेको भन्दै पक्राउ गरिएको रियाद पुलिसले मंगलबार श्रृङ्खलाबद्ध रुपमा ट्वीट गर्दै जानकारी दिए ।
जसले नियम तोडेका छन्, उनीहरुलाई जरिवाना पनि तोकिएको पुलिसले सोसल मिडियामार्फत् जानकारी दिएका छन् । यद्यपि, जरिवानाबारे भने केही जानकारी दिइएको छैन ।
एमडीएफ इलेक्ट्रोनिक म्युजिक फेस्टिबल अहिलेसम्म होस्ट गरिएको देशको सबैभन्दा ठूलो कार्यक्रम बताइएको छ ।
पक्राउ परेकालाई कहिलेसम्म हिरासतमा राखिने भनेर पुलिसले जानकारी पनि दिएको छैन । रातोपाटिबाट