साउदीमा एक नेपाली बाटो काट्ने क्रममा दुर्घटना, गुम्यो खुट्टा ।

  • ६ पुष २०७६, आईतवार ०९:१० मा प्रकाशित
  • रम्जान समर्पण
    बुरैदा साउदी अरब। गत २० डिसेम्बर २०१९ का दिन बुरैदा,अल कासिममा भिम बहादुर मगरको दुर्घटनामा परि देब्रे खुट्टा गुमेको छ ।

    रोल्पा घर भइ बिगत १२ बर्षदेखि अल कासिमको रबाफ कम्पनीमा कार्यरत मगर बाटो काट्ने क्रममा दुर्घटनामा परेका थिए । उहाँलाइ बाटो काट्ने क्रममा गाडीले हानी भागेको र केही समय पछि अन्य साउदीले उहाँलाइ हस्पिटल लगेका थिए ।

    दुर्घटनामा परि आफ्नो चुडिनै अबस्थामा रहेको देब्रे खुट्टा उपचारका क्रममा डाक्टरले काटेर उपचार गराइरहेको छ । बुरैदा स्थित सेन्टर हस्पिटल मा उपचाररत मगरको अन्य स्वास्थ्य अबस्था भने सामान्य रहेको छ ।
    उहाँको यस अबस्थाको बारेमा आर सि सि अल कासिमले जानकारी पाएको थिए । जानकारी पछि एनआरएनए आरसिसि अल कासिम टिम उहाँलाई भेट गरि हौसला र शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भयो । साथै केही सहयोगको आवश्यक पर्दा आर सि सि अल कासिमलाइ खबर गर्न पनि अनुरोध गर्नु भएको थियो ।

    Leave a Reply