सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख

  • २५ मंसिर २०७६, बुधबार १७:२८ मा प्रकाशित
  • रजत विजेतालाई ६ लाख, कास्य जित्नेलाई ३ लाख

    काठमाडौँ — १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउनेछन् । स्वर्ण जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख पाउनेछन् ।

    त्यस्तै रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने भएको छ। बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गरेका हुन्। मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

    साभार कान्तिपुरसमचार

    Leave a Reply