समाजसेवी न्यौपानेद्वारा निलसागर सेवा आश्रमलाई सहयोग

  • ३० मंसिर २०७६, सोमबार ०६:४६ मा प्रकाशित
  • वसन्त अनुभव-
    दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थायी ठेगाना भै हाल घोराही उपमहानगरपालिका वडा नं. १५ मा बस्दै आउनु भएका परोपकारी एवं समाजसेवी दिपेन्द्र न्यौपानेले निलसागर सेवा आश्रम, दाङलाई विभिन्न जिन्सी सामग्री सहयोग गर्नुभएको छ ।

    उहाँले बेसहारा र असहाय व्यक्तिहरुको प्रयोजनका लागि भनेर फिल्टर १ थान (२४ लिटरको), इलेक्टि्क जग १ थान, राइस् कुकर १ थान, कराइ १ थान, थाल ६ पिस, प्लेट ६ पिस र मिक्चर ग्राइण्डर १ थान उपलब्ध गराइ सहयोग गर्नुभएको हो । न्यौपाने दाङ जिल्लाको एक प्रतिष्ठित औषधि व्यवसायी पनि हुनुहुन्छ ।

    Leave a Reply