
–वसन्त अनुभव-
काठमाडौ, २९ मंसिर, चलचित्र विकास बोर्ड, नेपालका अध्यक्ष केशव भट्टराई आइतबार राती काठमाडौस्थित ओम हस्पिटलमा निधन भएको छ ।
पारिवारिक श्रोतका अनुसार उनलाई काठमाडौ चाबहिल स्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुर्याउदै गर्दा बाटोमै रातको करिब १०:३० मा उनको निधन भएको थियो । करिब १ वर्ष अघि मात्र चलचित्र विकास बोर्डका अध्यक्षमा नियुक्त भएका भट्टराईको मृत्युको खास कारण हालसम्म जानकारी हुन नसके पनि पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने अस्पतालले जनाएको छ ।
सन १९८८ बाट चलचित्रमा अभिनयबाट यात्रा थालनी गरेका भट्टराई हालसम्म चलचित्र क्षेत्रमा सक्रिय रहेका थिए । उनले कलाकार, निर्माता र प्रस्तुतकर्ताको रुपमा ३ दर्जन बढी फिल्ममा काम गरिसकेका छन । आफ्नो मान्छे, देवरबाबु, पाहुना लगायत थुप्रै सफल फिल्म निर्माण गरि आफुलाई कुशल निर्माताको रुपमा पनि चिनाएका छन ।