विश्वकै कान्छी प्रधानमन्त्री

  • २३ मंसिर २०७६, सोमबार १५:४८ मा प्रकाशित
  • एजेन्सी
    काठमाडौं, मङ्सिर २३ गते । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नुहुनेछ ।
    फिनल्याण्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजिनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको हो । यसअघि उहाँ यातायात मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । मरिन, यसैसाता प्रधानमन्त्रीको शपथ लिनुहुने बीबीसीले जनाएको छ । उहाँले महिलाको नेतृत्व रहने पाँच विभिन्न दलको गठबन्धनको सरकारलाई नेतृत्व प्रदान गर्नुहुनेछ ।
    प्रधानमन्त्रीको कार्यालयमा आगमनपछि विश्वकै कान्छो प्रधानमन्त्रीको इतिहास बनाउनुहुनेछ । यूक्रेनका ३५ वर्षिय ओलेक्सी होन्चरुक र न्युजिल्याण्डका ३९ वर्षिय जसिन्ड्रा आर्डेन कान्छो प्रधानमन्त्री हुन ।
    थोरै मतको अन्तरले चुनाबमा जित हात पार्नुभएकी मरिनले भन्नुभयो, “जन विश्वास फर्काउन हामीले थुप्रै गर्नुछ ।” आफ्नो उमेरबारे सोधिएको सबालमा उहाँले भन्नुभयो, “मैले आफ्नो उमेर र लिङ्गको बारेमा कहिले सोचिन, मैले राजनीतिमा आइसकेपछि मतदाताको विश्वास जितेर आएकोले उक्त विषयले फरक पर्दैन ।”

    साभार गोरखापत्र

    Leave a Reply