–वसन्त अनुभव-
दाङ, घोराही, ५ पौष/ राप्ती साहित्य परिषद् केन्द्रीय समितिकाे अायाेजनामा अाज दाङ घोराही उपमहानगरपालिका वडा नं.१५ स्थित नेपाल पत्रकार महासंघ दाङ शाखाको सभा हलमा साहित्यकार रमेश सुवेदीद्वारा लिखित एवं तिलकप्रसाद पुनद्वारा प्रकाशित “रापतीका साहित्यिक पुरस्कारहरु” नामक पुस्तकको लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार, पत्रकार एवं कार्यक्रमका प्रमुख अतिथी नारायण प्रसाद शर्माले उक्त पुस्तकको लोकार्पण गर्नु भएको हो ।
राप्ती साहित्य परिषद्का केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकारद्वय प्रा.केशव सुवेदी र डा.अमर गिरी रहनु भएको थियो ।
राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरु डा.अमर गिरी र प्रा.केशव सुवेदी, कृतिका लेखक रमेश सुवेदी, प्रकाशक तिलकप्रसाद पुन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषद्का सल्लाहकारहरु उत्तमकृष्ण मजगैयाँ, गिरिराज शर्मा, दाङ साहित्य तथा सँस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतम, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपाने, सर्वाेदय पुस्तकालयका अध्यक्ष एवं छलफल चाैतारी दाङका संयाेजक सुशील गाैतम, पुरस्कार अक्षयकाेष संस्थापक नरेशजङ्ग राणा, पद्माेदय पब्लिक मा.वि.का प्र.अ. रामप्रसाद जैशी, राप्ती साहित्य परिषद् प्यूठान शाखाका अध्यक्ष देवेन्द्र कुमार रिजाल, सिस्नाेपानी दाङका अध्यक्ष डा.लाेकराज पराजुली, प्र.ले.स. ५ नं.प्रदेशका संयाेजक केशव थापा, प्र.ले.स.का केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकारहरु नारायण नेपाल, डा.कृष्णराज डी.सी., लगायतका स्रष्टाहरुले शुभेच्छा प्रकट गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूको उक्त पुस्तक कथा, कविता जस्तो विधा नभइ एक एतिहासिक दस्तावेज भएको र भविस्यमा अध्ययनकर्ताहरुको लागि कोशेढुंगा सावित हुने भनाइ रहेको थियो ।
कार्यक्रममा नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष के.वि.मशाल, साहित्यकार यज्ञबहादुर डाँगी लगायत थुप्रै साहित्यकारहरुको उपस्तिथि रहेको थियो ।उक्त कार्यक्रममा प्र.ले.स.दाङका अध्यक्ष एवं साहित्यकार भुवन देवकोटाले कृतिको समीक्षा गर्नु भएको थियो भने राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाले कार्यक्रममा सहभागी हुनुभएका सम्पुर्ण सहभागीहरु प्रती धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण परिषद्का सचिव खेमराज मल्लले गर्नुभएको थियो ।
पुरस्कार अक्षयकाेष राशिको चेक हस्तान्तरण
राप्ती साहित्य परिषदको आयोजना आयोजित उक्त कार्यक्रममा ‘रापतीका साहित्यिक पुरस्कारहरु’ पुस्तकका प्रकाशक तिलक प्रसाद पुन लगायत उहाँको परिवारका ९ सदस्यहरु संस्थापक रहेको “श्रीबहादुर दिलमाया साहित्य पुरस्कार” को अक्षयकोष रकम हस्तान्तरण पनि गरिएको थियो ।
संस्थापक मध्येका तिलकप्रसाद पुन र हेमलता पुनले पुरस्कार अक्षयकोषका लागि संयुक्त रुपमा १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक परिषदका अध्यक्ष पुरुषोत्तम खनाललाई हस्तान्तरण गर्नुभएको थियो । पुरस्कारका संस्थापकका अनुसार दलित तथा जनजाति समुदाय मध्येबाट साहित्य लेखनमा सक्रिय साहित्यकारलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिनेछ ।