“मेरो स्मार्ट सिटि” र कहाली लाग्दो यथार्थ भित्र यूवा पुस्ता

  • ६ पुष २०७६, आईतवार ०१:३० मा प्रकाशित
  • “आजभोलि लागु औषध दूर्ब्यषनी बजारमा अति नै बढी सके यो समस्यालाई निर्मुल पार्न सकिएन भने एकदिन हाम्रो समाज खत्तम नै हुने भयो सर”
    तुलसीपुर बजारमा एउटा फार्मेसीको पसल संचालन गरि बस्ने ब्यापारीले उहाकै फार्मेसीमा गफ्फिदै गरेको बेला राखेको चिन्ता”
    आज चमेरे गुफा घुम्न गएका युगल जोडीलाई अपहरण गरि फिरौती माग्ने तीनजनालाई पुलिसले हवाई फाएर गरेर समात्न सफल भएछ र दुइ जना अझै फरार भएछन नि” त्यसमै अर्को साथीले थप्नुभयो !

    यत्तिकैमा एउटा बाइक पसल अगाडी आएर रोकिन्छ, र एकजना करिब २१ बर्षका हेन्डसम युवा, फार्मेसी पसलमा आएर अह् .. अहम…दाई एउटा खोकी को औसधि दिनुन भनि माग्छन ( लागु औषद दूर्ब्यषनी हरुले नशाको लागि प्रयोग गर्ने खोकी को सिरफ ) फार्मेसी संचालकले ओहो छैन नि भाई भनि नभ्याउदै उसले त्यो दवाई तिर इशारा गर्दै देखाउछ अनि फार्मेसी संचालक हामी तिर हेर्दै मुस्मुसाउदै काउन्टरमा बसेकी आफ्नी श्रमतिलाई दवाई दिन आग्रह गर्छन !
    के गर्ने सर मैले थाहा पाए जति सबैलाई यो औषधि दिन अस्विकार गर्ने गर्छु तर सरिर थर,, थर,,, कमाउदै दिनहुजसो १५ देखि २६, २७ , बर्ष सम्मका पचासौ युवाहरु यसकै लागि आउने गर्छन अनि हामी जस्ता फार्मेसीहरु बजारै भरि सयौको संख्यामा छौ नदिएमा केहि गर्लान कि भन्ने डर पनि लाग्छ ! अगि भर्खरै एकजना, बाटोमा रहेको बालुवा खाउ जस्तै गरि छाती पिटी पिटी छटपटाई रहेको थियो र मैले अटोवालालाई अञ्चल अस्पतालमा लगिदिन आग्रह गरे !
    संचालकको यो भनाइ सुन्दा र केहि तथ्य आफ्नै आँखा अगाडी देख्दा मेरो सरिरै भरि कांडा उम्रिएझै गरेर फुलियो र रात भरिनै म राम्रो संग निदाउन सकिन.
    मेरो आग्रह जिल्लाबासी राजनीतिक दल, त्यसका नेता ज्यु तथा समाजसेवी हरुलाइ, तपाइहरुले भब्य, सान्दार, स्मार्ट, सिटि भन्दा सभ्य समाजको अवधारणा लाइ प्राथामिकतामा राखी यो कलिला बढ्दै गरेको पुस्तालाई यो डरलाग्दो अवस्था बाट बचाउने कि ……..

    Leave a Reply