भारतलाई हराएर स्वर्ण जित्ने सपना अधुरै,प्रशिक्षक हरि खड्काले दिए राजीनामा

  • २३ मंसिर २०७६, सोमबार १५:३२ मा प्रकाशित
  • २३ मंसिर, पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रह्यो ।

    सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो ।

    तर पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो ।

    उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।

    त्यसपछि नेपाल खेलमा फर्कन सकेन र २–० हार व्यहोर्‍यो ।   साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

    समचार साभार अनलाईलखबर

    Leave a Reply