बिदेशी कमाइलाइ स्वदेशमा लगानी गर्दै सफल बनेका चाँद मोहम्मद ।

  • ९ पुष २०७६, बुधबार १७:०६ मा प्रकाशित
  • रम्जान समर्पण

    नेपाल दक्षिण झापाको राजगढ निवासी, हाल साउदी अरब लुलु हाइपरमार्केटमा जेनेरल म्यानेजर मा कार्यरत रहेका, विभिन्न समाजिक कामहरु गर्दै आएका अन्तर्राष्ट्रिय नेपाली  मुस्लिम समाज का वरिष्ठ उपाध्यक्ष समेत रहेका  चाँद महम्मदले विदेशमा सिकेको सिप र आर्जन गरेको रकमले आफ्नै क्षेत्रमा लगानी गरेर समाजकै उदाहरणीय बनेका छन् । 
    बिदेशी भुमिमा केहि समय  रहेर आर्जित रकमले आफ्नै देशमा केही गर्ने उदेश्य लिएर अगाडी बढेका चाँद मोहम्मदले गत बर्षदेखि दक्षिणी क्षेत्र झापामा  पहिलोपटक डिजिटल प्रविधिबाट चलचित्र प्रदर्शनका लागि अत्याधुनिक फिल्म हल समेत निर्माण गरि संचालन गर्दै आएका छन् ।
    इउरोप अमेरिका मा कमाइने कमाइ भन्दा बढी कमाइ हुँदै आएको उक्त चलचित्रको सुरुवातसँगै आगामी केही महिनामा नै सोही क्षेत्रमा सुपरमार्केट खोल्ने तयारीमा जुटेका छन् ।

    यसै बिषयमा पुर्वाञ्चलडेलि न्युज ले गरेका केही अन्तर्वार्ता जस्ताको त्यस्तै ।।

    चलचित्र व्यवसाय कस्तो चल्दैछ ?
    – चलचित्र व्यवसाय सोचेभन्दा पनि राम्रो चल्दैछ । गाउँमा यतिको राम्रो प्रतिक्रिया आउनु राजगढ जस्तो ग्रामीण क्षेत्रका अरु विधामा पनि लगानी गर्न थप बल पुगेको छ । सिनेमा हलले एक वर्षको औषत हिसाब हेर्दा युरोप, अष्टे«लिया गएर कमाउने पैसाभन्दा यही कमाइँदो रहेछ त्यो पनि घर छिमेकीमा सपरिवारसँगै बसेर ।
    ग्रामीण क्षेत्रमा चलचित्रका लागि धेरै लगानी गर्नु भा छ ? लगानी सुरक्षित त हुन्छ ?
    – ‘सिनेमा हल’ बनाउने बेलामा मलाई त प्रत्यक्ष रुपमा नभने पनि बुबालाई शतप्रशितले भन्नुहुन्थ्यो कि तपाईंको छोरा पागल भएको छ कि क्या हो– गाउँमा यत्रो लगानी किन गर्दैछ भनेर । को आउँछ फिल्म हेर्न भन्ने कमी थिएनन् । तर, आज त्यही मेरो आँट र साहस एउटा उदाहरण बनेको छ– राजगढमा । राजगढ, बाह्रदशीको शान बनेको छ हाम्रो सिनेमा हल । हर एक राम्रो फिल्ममा प्रतिक्रिया एकदमै राम्रो हुने गर्दछ । दुःख लाग्ने गर्दछ, जब दर्शकहरु सिट नपाएर फर्किन्छन् । किनकि हाम्रो हलले छिमेकी गाउँपालिकाहरुको पनि उत्तिकै माया पाएकोले हरेक राम्रो फिल्म हाउसफुल हुने गर्दछ ।
    पछिल्लो समय सिनेमा हलमा गएर चलचित्र हेर्ने दर्शक घटेका छन् भन्ने आम बुझाइ छ । खास कुरा के हो ?
    – दर्शक घटेकोभन्दा पनि बढेका छन् । पहिला धेरै दर्शकहरुलाई हलको बारेमा थाहा थिएन । अहिले दिनानुदिन बढ्ने क्रम जारी छ । कुनै कमजोर वा फ्लप फिल्ममा दर्शक भएन होला तर, सरदरमा राम्रो छ । हाम्रो हलबाट डिस्ट्रीब्युटरहरु खुशी छन् ।
    चलचित्र क्षेत्रमै किन हात हाल्नु भएको हो ?
    – चलचित्र क्षेत्रमै हात हाल्ने धेरै कारणहरु छन् । सर्वप्रथमः त गाउँठाउँको मायाले गर्दा हो । अनि खासगरी यस ग्रामीण क्षेत्रका सबै दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णबासीहरुलाई मनोरञ्जन दिने हेतुले उचित टिकट दर राखी काठमाडौं, मुम्बई या कुनै ठूलो शहरमा हेरिने नयाँ फिल्महरु त्यही समयमा गाउँघरमा हेर्ने मौका पाए । साथै अमेरिका, युरोपमा प्रयोग गरिने प्रबिधिहरु प्रयोग गरेर बनाइएकोले अमेरिका, युरोप बसेर हेर्ने अनुभव अहिले यही ग्रामीण क्षेत्रमा बसेर लिन पाएका छन् । यस हलमा डब्ली सराउन्डिङ साउण्ड सिस्टम छ । एयर कण्डिसन, अमेरिका एचडी प्रोजेक्टर, पुस ब्याग कन्र्फटेबल सिट, १०÷१५ किलोमिटर उत्तर, दक्षिण, पूर्व–पश्चिम चारैतिर हल नभएकाले, यस ग्रामीण क्षेत्रका कोही पनि फिल्म हेर्न यत्रो टाढा जान नपरोस् । साथै कोही पाहुना, साथीभाइहरुलाई लिएर मनोरञ्जन गर्न हल राम्रो भएको । अर्को कारण भनेको हल्का थोरै भए पनि नेपाली चलचित्रलाई विकास गर्न केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर ।
    अरु पनि थुप्रै व्यवसाय थिए नि र पनि चलचित्र क्षेत्रलाई रोज्नुभयो कुनै खास कारण केही छ कि ? विदेशमा बसेर स्वदेशमा व्यापार कसरी गरिरहनु भएको छ ?
    – वास्तवमा भन्नुपर्दा हामी नेपालीहरु सिप, ज्ञान, बुद्धिमा अरु देशका नागरिकका तुलनामा कम छैनौ । बस अवसर कमी छ । अवसर पाएका नेपालीले देशमा होस् या विदेशमा राम्रै गरेको उदाहरणहरु प्रशस्तै छन् । हाम्रो देश विकासोन्मुख देश र यहाँ धेरै अवसरहरु छन् । त्यही भएर अष्टे«लिया जान लागेको भाइलाई रोकेर गाउँठाउँमा केही गर्नुपर्छ भनेर अहिले हल भाइहरुले नै मज्जाले चलाइरहेका छन् ।
    अबको योजना के छ ?
    अबको योजनाहरु थुप्रै छन् । १३-१४ वर्षको मेरो विदेश बसाईको अनुभव अब हाम्रो नेपाल र हामी नेपालीहरुका लागि प्रयोग गर्ने । थोरै मात्रामा भए पनि विदेश जान नपर्ने गरी स्वदेशमै रोजगार दिने साथै स्थानीय तहमा लाभान्वित हुने गरी कार्यहरु गर्ने ।
    राजगढभन्दा अरु पनि ठाउ“ थिए नि लगानी गर्ने तर किन राजगढ मै लगानी ?
    – राजगढ भनेको जन्मथलो । यही हुर्केऊ, बढ्यौं, +२ सम्मको अध्ययन पनि यहींबाट ग¥यौं । त्यही भएर यस ठाउँको विकास गर्नमा हामी जस्तो युवाहरुले मद्दत नगरे कसले गर्छ भन्ने मनमा लाग्यो । राजगढ एउटा शुरुवातको बिन्दू हो र बिस्तारै अरु क्षेत्र अनि शहरतिर पनि बिस्तार गर्दै जाने योजना छ ।

    सुपर मार्केट बनाउने योजना कहा“ पुग्यो ?
    – सुपरमार्केट खोल्ने योजना यही दशैंमा गरेका थियौं । तर, समयमा कम्पनीले राजीनामा स्वीकार नगरेकाले अलि ढिलो हुन पुगेको हो । तर, छिट्टै आउँदैछ । ९० प्रतिशत मौका चाहिँ यही २०७७ बैशाख १ गते हुनेछ ।
    कस्तो अवधारण छ सुपरमार्केटको ?
    – सुपरमार्केटको अवधारणा युरोप, अमेरिका जस्तै विश्वस्तरीय नै हुनेछ । जहाँ चाहिँ बजार भाउभन्दा सस्तो अनि गुणस्तरीय सामान पाइनेछ ।
    चल्ला त ग्रामीण क्षेत्रमा सुपरमार्केट ?
    –उद्देश्य नै यही लिएका छौं कि ग्रामीण क्षेत्रका सबै जनामा युरोप, अमेरिका जस्तै विश्वस्तरीय सपिङको मज्जा लिन सकोस् । त्यो पनि सहुलियत मूल्यमा एउटै पसलभित्र घरायसी प्रयोगका सबै सामान पाउने भएकाले मज्जाले चल्छ । हामीलाई पूर्ण विश्वास छ कि सिनमा हल जस्तै पूर्ण माया पाउने छौं ।
    अरु के–के गर्नुहुन्छ ?
    – अहिले म गल्फको नम्बर १ रिटेलर मार्केटको जेनेरल मेनेजर हुँ । मेरो तल चार सयमाथि कामदाहररु काम गर्नुहुन्छ । एक सय जनाको हाराहारीमा त्यहींकाबासी र चार सयमाथि विदेश कामदारहरु रहेका छन् ।
    विदेश किन र कसरी पुग्नुभयो ? विदेशमै राम्रो कमाई छैन र ?
    – म शुरुबाटै एक जेहेन्दार बिद्यार्थी थिए र पढाई एकदमै राम्रो थियो । त्यतिखेर देशको परिस्थिति र द्वन्द्वकाल अनि साथीहरुको लहैलहैमा विदेश जानलाई भारतको दिल्ली पुगियो र धेरै दुःख गरेर विदेश जाने भिसा पाइएकाले त्यहाँ पुगेर पनि हामी नेपालीले सजिलो काम पाउन धेरै गाह्रो थियो र शुरुमा लेबरको काम गरियो । बिस्तारै आफ्नो दक्षता र प्रतिभा देखाएर जेनेरल मेनेजरसम्म भइयो । कमाई नि चित्त बुझ्दो तरिकाले गरियो र अहिले पनि राम्रो छ ।
    परिवारसहित उतै रमाएको मान्छे तपाई फेरि विदेशमा पनि विभिन्न सामाजिक संघ–संस्थामा हुनुहुन्छ ? नेपालमा मन रमाउला र ?
    – विदेशमा सात-आठ वर्षदेखि परिवार र बच्चाहरु पनि सँगै छन् । स–परिवार बस्न पाउँदा रमाइलो त हुन्छ नै तर वनको चरा वनैमा रमाउँछ भने जस्तै जतिसुकै सुख–सयल, राम्रो कमाइ, राम्रो सुविधा भए पनि मन रमाउने भनेको नेपालमा नै हो । मरिलानु के छ र दुई दिनको जिन्दगी अर्काको देशमा धेरै पसिना बगाइयो अरु त्यो अनुभवलाई देशमै सदुपयोग गर्नेछु ।
    विगतलाई आफूले आफैंलाई सम्झनु प¥यो भने कसरी सम्झनु हुन्छ ?
    – हजुर, परदेशमा भएर पनि विभिन्न संघ–संस्थामा आबद्ध हुने मौका मिलेको छ । र, धेरै नेपाली साथीहरुको उद्धार तथा पीडाको अवस्थामा सहयोग गर्ने मौका मिलेको थियो र अझै पनि अग्रसर छौं । र, त्यो क्रम जारी नै रहनेछ । आगामी योजना पनि नेपाल आएर अनुदान संस्था खोलेर दिन दुःखीहरुलाई सहयोग गर्नेछौं ।
    विगतलाई आफूले आफैंलाई सम्झनु प¥यो भने कसरी सम्झनु हुन्छ ?
    – बिगत सम्झिँदा के लाग्छ भने अहिलेका जति पनि उपलब्धिहरु छन् । सबै सपना जस्तै लागिरहेको छ । र, म त के भन्छु भने दृढ विश्वास, साहस, मेहनत जोखिम उठाएर जे पनि गर्न चाह्यौ भने सफलता प्राप्त गर्न सक्छौं । नयाँ तरिका र बुद्धि लगाएर काम ग¥यौं भने नेपाल जस्ते राम्रो पैसा कमाउने ठाउँ अरु हुने छैन । मैले बुबाको सपना साकार पार्नुछ । भर्खरै बुबा गुमाउँदा कतै बुबाको सपना साकार पार्न सक्दिनँ कि झै लागेको छ । बुबा गुमाएको पीडा विर्सिएर भए पनि बुबाको सपना साकार पार्न लागीपर्नेछु । बुबाले मलाई यही ठाउँमा संघर्ष गरेर हुर्काउनु भयो, बढाउनु पढाउनुभयो अब हामीले गर्ने बेलामा बुबा गुमाएकाले उहाँको सपना साकार पार्न राजगढका लागि नयाँ–नयाँ योजना भित्र्याएर सबैको मन जित्नुछ । अहिलेसम्म मलाई अगाडि बढाउन ज–जसले, जुन–जुन क्षेत्रबाट साथ दिनु भएको छ, उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।

    Leave a Reply