पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्युदण्डको सजाय

  • १ पुष २०७६, मंगलवार १५:१९ मा प्रकाशित
  • पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

    मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।

    लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा बेन्चले २–१ को हिसाबमा मृत्युदण्ड दिइएको हो । फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ ।

    पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् । सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा चलिरहेको थियो ।

    साभार रातोपाटी

    Leave a Reply