नेपाल र ओमानबीच म्युजियम सम्बन्धी समझदारी

  • १६ मंसिर २०७६, सोमबार १५:४० मा प्रकाशित
  • काठमाडौँ — नेपाल र ओमानबीच संस्कृति र म्युजियमको क्षेत्रमा आपसी सहकार्य गर्ने भन्दै सोमबार मस्कटमा हस्ताक्षर भएको छ ।राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठ र ओमानका राष्ट्रिय संग्रहालयका महानिर्देशक जमल विन हसन अल मोवासीबीच समझदारीमा हस्ताक्षर भएको हो ।

    ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले समझदारीले संग्रहालय क्षेत्रमा आपसी विज्ञता, अनुभव र क्रियाकलापहरु आदनप्रदान गर्न बाटो खुलेको बताइन् ।

    ‘दीर्घकालसम्म संग्रहालयको विकास गर्न, आवश्यक सरसल्लाह र सामाजिक सहकार्य गर्ने विषय समझदारीमा केन्द्रित छ’, उनले भनिन् ।

    Leave a Reply