रम्जान “समर्पण”
नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउन साउदी अरबमा कार्यरत नेपालीहरुसंगको सहकार्य गर्दै साउदी अरबबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या वृद्दि गर्ने उद्देश्यले नेपाली राजदूतावास रियादले यहां क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई राजदूतावासमा निमन्त्रणा गरी गत मिति २०७६/०८/१३ (तदानुसार २९ नोभेम्बर २०१९) गते शुक्रबारका दिन एक अन्तर्कृया कार्यक्रम गरेको छ ।
दुताबास रियादका महामहिम राजदूत श्री महेन्द्र प्रसाद सिंह राजपुतको संयोजकत्वमा राजदूतावास परिसरमा भएको कार्यक्रममा विभिन्न ३५ नेपाली संघसंस्थाका ७० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति र उपस्थित प्रतिनिधिहरुलाई स्वागत एवं सम्वोधन गर्दै महामहिम राजदूतले भ्रमण वर्ष २०२० सफल बनाउन साउदी अरबमा रहेका सम्पूर्ण संघ संस्था, बुद्दिजिबी, सामाजिक अभियन्ता तथा सम्पूर्ण नेपालीहरुबाट महत्वपूर्ण योगदान पुग्ने भएकोले यस राष्ट्रिय अभियानलाई सफल बनाउन राजदूतावासले नेपाली समुदायसंग हातेमालो गरी अगाडि बढ्नको लागि उक्त कार्यक्रम गरिएको र यस कार्यमा सबैको साथ सहयोगको लागि पनि अनुरोध गर्नु भयो । पर्यटन प्रवर्द्बन सम्बन्धी सामाग्रीहरुको उत्पादन, वितरण, भेटघाट एवं सामाजिक माध्यमको प्रयोगबाट साउदी नागरिकहरुवीच नेपालको पर्यटकीय सुन्दरता र महिमाको प्रचार गर्नु आवश्यक रहेकोमा महामहिम राजदूतले जोड दिनुभयो । कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरुले अन्तरकृया कार्यक्रममा आफूहरुलाई निमन्त्रणा गरेकोमा राजदूतावासलाई धन्यवाद दिदै भ्रमण वर्षलाई सफल बनाउन उपयोगी हुने अनुभव र सुझावहरु प्रस्तुत गर्दै नेपालको पर्यटन प्रवर्द्बन र भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानलाई सफल बनाउन राजदूतावासले अगाडि सारेका सम्पूर्ण योजना र कार्यक्रमहरुमा सहयोग र सहकार्य गर्ने प्रतिवद्बता व्यक्त गर्नुभएको थियो । भ्रमण वर्ष २०२० को शुरूवातमा पर्यटन प्रवर्द्बन सम्बन्धी प्रचार प्रसारका सामाग्रीहरूको उत्पादन र वितरणमा प्राथमिकता दिनुपर्ने र राजदूतावासले सामाग्रीहरूको आवश्यकताको आंकलन, राजदूतावासको साधनस्रोतको अवस्था लगायतका विषयमा शीघ्र तयारी गरेर समुदायसंग औपचारिक समन्वय गरी अगाडि बढ्न उपयुक्त हुने सुझाव उपस्थित सम्पूर्णबाट अनुरोध गरियो ।
स्मरण रहोस् यसै सन्दर्भमा राजदूतावासले मिति २०७६ कार्तिक २२ मा गैरआवासीय नेपाली संघ साउदी अरबका प्रतिनिधिहरु तथा मिति २०७६ मंसिर ६ गते नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली एकता मञ्च साउदी अरबका प्रतिनिधिहरुसंग छूट्टाछुट्टै छलफल गरी भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेको थियो ।
भ्रमण वर्ष २०२० र नेपालको पर्यटन प्रवर्द्बनका सन्दर्भमा राजदूतावासले आयोजना गरेका यी कार्यक्रममा राजधानी रियाद र वरिपरि तथा अन्य टाढाटाढका क्षेत्रहरु हायल, दम्माम, जुवेल,खोवर, हासा तथा कसिम लगायतबाट संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।