
आज
२०७६
साल
मंसिर
१८ गते
बुधबार,
तदअनुसार ४ डिसेम्बर २०१९
आजको
पञ्चाङ्ग:
तिथि: मङ्सिर शुक्ल अष्टमी, नक्षत्र: शतभिषा, नेपाल संवत: ११४० थिंलाथ्व अष्टमी, राशी: कुम्भ
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले,
लो, अ )
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को,
हा )
आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु,
डे, डो)
कार्य सम्पादनमा समस्या आउला ।
यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च
हुने योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति,
तु, ते )
विद्या र बुद्धिको विकास हुनेछ ।
पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया
प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा,
भे )
घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ
। दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ ।
बैदेशिक कार्य अघि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
)
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको
खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका
सदस्यहरूसित भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से,
सो, दा )
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन
सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान
सिक्ने मौका मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
)
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला
। एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला, तर भ्रमणले काम
सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल