

-वसन्त अनुभव-
घोराही, २३ मंसिर
घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको चौमासिकमा १० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । उपमहानगरको सोमबार बसेको राजस्व परामर्श बैठकमा राजस्व शाखा प्रमुख कृष्णकुमार के.सी.ले चालु आर्थिक बर्षको चार महिनामा १० करोड ७ लाख ८० हजार ३ सय ९० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो ।
सबै भन्दा धेरै मालपोत कार्यालयबाट आउने रजिष्ट्रेशन शुल्क ५ करोड ४ लाख ८३ हजार ६ सय ८४ रुपैयाँ उपमहानगरको खातामा आएको छ ।
त्यसैगरी, सम्पत्ती करबाट ९२ लाख २ हजार ९९ रुपैयाँ, मालपोत करबाट ४९ लाख ११ हजार १ सय २९ रुपैयाँ, घर जग्गा बहाल करबाट ४६ लाख ८१ हजार ८ सय रुपैयाँ सकंलन भएको छ ।
यसैगरी, व्यवसाय करबाट ६७ लाख ५९ हजार २ सय १२, घरनक्सा पास दस्तुरबाट २८ लाख ७५ हजार ९ सय ४२ रुपैयाँ, घर अभिलेखिकरण दस्तुरबाट ३९ लाख ३० हजार १ सय ६४ रुपैयाँ, चारकिल्ला दस्तुरबाट १३ लाख ३२ हजार ५ सय ८ रुपैयाँ र घरबाटो कायम सिफारीस दस्तुरबाट २७ लाख ६४ हजार २ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ ।

राजस्व परामर्श समितिका संयोजक एवं नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सबै व्यवसायहरुलाई दर्ता प्रकृयामा ल्याउन अभियान चलाउने र जनप्रतिनिधी, कर्मचारी र व्यवसायीहरुलाई कर शिक्षाको बिषयमा तालिम चलाउने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत बर्ष उपमहानगरले २१ करोड ११ लाख ९ हजार ४ सय ५८ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सोसल मिडियामा शेयर