गीतकार लोकराज अधिकारी उत्कृष्ट गजलकार अवार्डद्वारा सम्मानित

  • २१ मंसिर २०७६, शनिबार ०९:३९ मा प्रकाशित
  • -वसन्त अनुभव-

    चर्चित गीतकार लोकराज अधिकारी उत्कृष्ट गजलकार अवार्ड जित्न सफल हुनु भएको छ । गीतकार अधिकारी “भए पनि अफगान छाती भरी दुख्छ देश, अस्ट्रेलिया या जापान छाती भरी दुख्छ देश ” गजलबाट उत्कृष्ट गजलकारका रुपमा प्रभु पे आठौं म्युजिक खबर म्युजिक अवार्ड २०७६ बाट सम्मानित हुनु भएको हो ।

    दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मिपुरमा बुवा ओम प्रसाद शर्मा र आमा शुभद्रा देवी अधिकारीको कोखबाट जन्मिनु भएका अधिकारीका संख्यात्मक रुपमा सयौं गीतहरु रेकर्ड भइसकेका छन ।

    सानै देखि साहित्य र संगीतमा रुचि भएका अधिकारी राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि थुप्रै अवार्ड र सम्मानबाट सम्मानित भइसक्नु भएको छ । दाङमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउनु भएका अधिकारी पेशाले संचारकर्मी हुनुहुन्छ ।

    उहाँका तिम्ले पराई ठानेपछी, मर्छु बरु छट्पटीमा, रुपै मोहनी, आज म धेरै मातेर आए लगायत दर्जनौ कर्णप्रिय एवं चर्चित गीतहरूले गीत संगीतमा रुचि राख्ने नेपालीहरुको मन जित्न सफल भएका छन ।

    Leave a Reply