काजकिस्तानमा विमान दुर्घटना : १४ जनाको मृत्यु

  • ११ पुष २०७६, शुक्रबार २२:५८ मा प्रकाशित
  • काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

    काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो । उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

    अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

    घटनास्थलबाट उद्धार गरिएका मध्ये २० जनालाई अस्पताल भर्ना गरिसकिएको छ भने अरुको खोजी तथा उद्धार भइरहेको छ । यस दुर्घटनामा परेका ६० जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ । तिनमध्ये केही बालबालिका पनि छन् ।

    विमान अलमाटी शहरबाट राजधानी सहर नुर सुल्तानतर्फ उडेको थियो । स्थानीय समयानुसार बिहान ७ः०५ बजे विमान उडेको र ७.२२ मा दुर्घटना भएको जनाइएको छ ।उडेको केहीबेरमै विमान दुई तले भवनमा ठोक्किएपनि आगलागी भने नभएको अधिकारीहरुले बताएका छन् । संचारपार्टि.कम

    Leave a Reply