कतारको कारागारमा रहेका ९ नेपाली लाई कतार सरकारले गर्‍यो रिहाई ।

  • १० पुष २०७६, बिहीबार २१:३९ मा प्रकाशित
  • रम्जान समर्पण
    आफ्नो घरायसी सपना साकार गराउन, बिहान बेलुका हातमुख जोर्न का लागि नेपालको बेरोजगारी समस्याको चपेटामा परेका कयौं नेपाली दाजुभाइ बिदेशीएका छन् । वैदेशिक रोजगारमा जानेहरु मध्य अधिकांश नेपाली खाडीमा काम गर्दै आएका छन् । तर खाडीमा काम गर्ने अबसरमा कयौं को सपना गर्वमा नै तुहिने गरेको तितो सत्य सबैमाझ लुकेको छैन । फल स्वरुप कसैको मृत्यु हुन्छ भने कसैको आजिबन या केही लमो बर्षका लागि जेल जिबन बिताइरहेका छन् ।
    कतारमा यस्तै समस्यामा परेका केही नेपाली दाजुभाइहरुलाइ कतार सरकारले रिहाई गरेको छ । आफ्नो राष्ट्रिय दिवसका अवसरमा कतारस्थित केन्द्रिय कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारद्वारा आममाफी सहित रिहाइ गरिएको छ । कतार स्थित नेपाली राजदुतावासले आफ्नो आधिकारिक फेसबुकपेजबाट जानकारी गराएको छ ।
    उक्त जानकारीमा जनाइएको छ यसरी आम माफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन निजहरुलाई नेपाल फिर्ता पठाउन राखिएको डिपोर्टेशन सेन्टरमै राजदूतावासबाट अधिकृत कर्मचारी खटाई ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनालाई हिजै भेटघाट गरी निजहरुको नाममा यात्रा अनुमति पत्र जारी गरिसकेको छ ।

    Leave a Reply