एनआरएनए, एनसिसि कतारको १७ औं स्थापना दिवस सम्पन्न ।

  • २९ मंसिर २०७६, आईतवार ०१:२७ मा प्रकाशित
  • रम्जान “समर्पण”

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम भब्यताका साथ समापन भएको छ ।

    १३ डिसेम्बर २०१९ शुक्रबार का दिन संस्थाका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान को सभापतित्वमा वेस्ट वेस्टर्न होटलको शभाहलमा भएको कार्यक्रम नेपाली राजदुतावास दोहा कतारका महामहिम राजदुत डा. नारद नाथ भारद्वाज वाग्ले ज्यु द्वारा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो । कार्यक्रममा नेपाली दूतावास परिवार लगाएत एनआरएनका अग्रज अभियानता, बैचारिक संगठनका प्रमुख एवं प्रतिनिधि ज्युहरु, कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरु, पत्रकार ज्युहरुले अतिथीको आशन ग्रहण गर्नु भएको थियो ।


    यसै समारोहको अवसर पारेर एन सि सि कतार ले आइ सि सि २०९-२०२१ मा चयन हुनु भएका गल्फ प्रतिनिधिहरुलाइ सम्मानित गरेको थियो । जसमा एनआरएन आइसिसि सचिवमा निर्वाचित राजेन्द्र कुमार शर्मा, आइसिसी सल्लाहकारमा मनोनीत टिबि कार्की, मध्यपुर्व संयोजकमा निर्वाचित प्रविन गुरुङ, मध्य पुर्व सह-संयोजकमा निर्वाचित राजेन्द्र अर्याल जोन, एनाआरएनए मध्यपुर्व युवा संयोजकमा निर्वाचित राज रेग्मी तथा आइसिसी सदस्यमा कतारबाट निर्वाचित रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केवि हमाल ज्यु लाई सम्मानित गर्दै बधाई ज्ञापन सहित कार्यकाल सफलताको शुभ कामना व्यक्त गरेका थिए ।


    साथै सोही कार्यक्रममा अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजका अन्तराष्ट्रिय संयाेजक प्राे. रमजान अलि मिया ज्यु अन्तराष्ट्रिय मुस्लिम समाजका बरिष्ट सल्लाहकार माेहम्मद अजिज अलि ज्यु लाई एन सि सि कतारको सल्लाहकारमा मनोनीत गरिएको थियो |

    Leave a Reply