रोल्पाको थवांग नेकपाकॊ कब्जामा, अन्यन्त्रको मत गणना भने केहि बेरमा सुरु हुने

  • १४ मंसिर २०७६, शनिबार १३:३० मा प्रकाशित

  • बसन्त अनुभब

    राेल्पाकाे थवाङ गाउँपालिका १ काे वडाध्यक्षमा नेकपाका जनकबहादुर बुढा विजयी भएका छन् ।
    देशभरका ३७ जिल्लामा भएको उपनिर्वाचन छिट्पुट घटना बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको कुरा निर्वाचन आयोगले जनाएको छ । मतपेटिका संकलन गर्ने कार्य भने जारी रहेको छ । करिब ७० प्रतिशत मत खसेको कुरा निर्वाचन आयोगले जानकारी दिएको छ । उपनिर्वाचन मुलुकभर २४७ मतदान स्थलका ५३७ मतदान केन्द्रबाट संचालन भएको थियो । कास्कीमा करिब ६५ प्रतिशत मत खसेको छ भने हुम्लामा ८० प्रतिसत मत खसेको छ । त्यस्तै रोल्पाको थवाङ गा.पा.- १ मा १२७४ मतदाता मध्ये २०९ जनाले मात्र मतदान गरेका छन । दाङ जिल्लाको उपनिर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको छ । घोराही उपमहानगरपालिका-१६ का ४४५३ मतदाता मध्ये ३२२६ जनाले मात्र भोट हालेका छन । दाङ निर्वाचन क्षेत्र नं. ३(२) मा ६८७१९ मतदाता मध्ये ४५७१८ (पुरुष- ३०१२८ र महिला- २५५००) जनाले मात्र भोट हालेका छन । घोराही उपमहानगरपालिका-१६ को वडा अध्यक्ष पदको मतगणना अहिले साझ ७ बजे बाट दाङ देउखुरी जिल्ला अदालतको मेलमिलाप हलमा शुरु गरिने र दाङ निर्वाचन क्षेत्र ३(२) को प्रदेश सभा सदस्यको मतगणना भने भोलि बिहान शुरु गरिने बताइएको छ ।

    Leave a Reply