–बसन्त अनुभब–
दाङ जिल्लाकाे बंगलाचुली गाउँपालिकाको प्रदिप बासु मार्गमा एम्बुलेन्स र गाडी पुगेकाे खुसियालीमा त्यहाँका स्थानीयहरु द्वारा भब्य स्वागत गरिएको छ ।
स्थानीयहरुले आगन्तुक पाहुनाहरुलाई फूलमाला अबिर टीका लगाई दिई स्वागत गरेका थिए । बंगलाचुली गा.पा. वडा नं.३ काे बाघखाेर, कुईजा हुँदै मुलाबारी जाेड्ने उक्त प्रदिप बासु मार्गको उद्घाटन गाउँपालिका अध्यक्ष भक्त बहादुर अाेलीले रिबन काटेर गर्नु भएको थियो ।
उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष यमुना थापा मगर ,वडा ३ का अध्यक्ष शाेभाराज विश्वकर्मा , वडा नं. ४ का अध्यक्ष नारायण डाँगी,;वडा नं. ८ का अध्यक्ष गिरराज बाँठा, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अाचार्य, संचार संयोजक जीवन नेपाली, खरदार खिम के.सी. लगायतकाकाे सहभागीता रहेकाे थियाे ।