नव निर्वाचित एनआरएनए आईसिसी डिआरसी राजेन्द्र अर्याल (जोन)लाई साउदीमा सम्मान तथा बधाई ।

  • १३ मंसिर २०७६, शुक्रबार ०९:१८ मा प्रकाशित
  • रियाद-साउदी अरब

    रियाद स्थित रहेको नेपाली राजदुताबास रियादले एक अनौपचारीक कार्यक्रम गरी गत अक्टूबर १५/१७ को एनआरएनए विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन बाट २०१९/२०२१ कार्यकालका लागी निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याललाई बधाई तथा सफल कार्यकालको लागी शुभ कामना दिएका छन्।
    बधाई तथा शुभकामना दिने क्रममा नेपाली राजदुताबास रियादका तर्फ बाट  साउदीका लागी राजदुत प्रा.डा. महेन्द्र सिं राजपूतले सामाजीक तथा साउदी अरबमा रहेका नेपालीहरूको हितमा गरिने काम-कार्वाहीहरूमा नेपाली राजदुताबास रियादको सदैव साथ र सहयोग रहने बताएका छन्। उक्त कार्यक्रममा नेपाली राजदुताबास रियादका लागी राजदुत प्रा.डा. महेन्द्र सिं राजपूत, नियोग उप प्रमुख दिलीप पौड्याल, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी लगायत दुताबास परिवारको उपस्थिती रहेको थियो साथै नव निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका संस्थापक सदस्य राजु सैयद लगायत २०१९/२०२१ कार्यकालका लागी नव गठित एनआरएनए एनसिसी साउदीका पदाधिकारीहरूको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम नेपाली राजदुताबार रियादको सभाहलमा भएको थियो ।


    प्रवासी नेपाली एकता मंच साउदी अरबले पनि एक औपचारीक  कार्यक्रम गरी २०१९-२०२१ कार्यकालका लागी नव निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल (जोन) लाई सम्मान तथा बधाई दिएका छन्।
    शिव राज जैशीको सभापतित्व रहेको उक्त कार्यक्रममा राजु खनालले कार्यक्रम संचालकको भुमिका निभाएका थिए भने प्रमुख अतिथीको रूपमा नव निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल उपस्थिती रहेको थियो ।साथै पूर्व मध्य पूर्व सह संयोजक तथा एनआरएनए साउदीका संस्थापक सदस्य राजु सैयद लगायत नव निर्वाचित एनआरएनए एनसिसी साउदीका पदाधिकारीहरू अतितको रूपमा उपस्थित रहेका थिए।साथै उक्त कार्यक्रममा  प्रवासी नेपाली एकता मंच साउदी अरबका कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।कार्यक्रमको दौरान शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरूले अगामी दिनमा नेपाली श्रमिकहरूको हितमा काम गर्न सदैव एनआरएनए एनसिसी साउदी संग समन्वय र सहकार्य गर्न तत्पर रहेको बताए।


    सम्मान तथा बधाई दिने क्रममा जन संपर्क समिती साउदी अरबले पनि रियाद स्थित एक रेष्टुरेण्टमा अनौपचारीक कार्यक्रम गरी नव निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याललाई सम्मान तथा बधाई दिँदै सम्मान पत्र प्रदान  गरेका छन्। उक्त कार्यक्रममा जनसम्पर्क समिती साउदीका अध्यक्ष दिपक रेग्मी, महामन्त्रि सुरेश राज त्रिपाठी लगायत कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको थियो। 

    Leave a Reply