शिक्षक तथा समाजसेवी स्व. हर्कध्वज राईद्वारा सङ्कलित ‘बान्तावा शब्दावली’ पुस्तक किराँत राई बान्तावा खिम, सहिदभूमि गाउँ कार्यसमितिको आयोजनामा बुधबार पिप्लेमा परिवार, शिक्षक र स्थानीय अगुवाहरूसॅंगै लोकार्पण गरिएको छ । सहिदभूमि गाउॅंपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि बंगला राई, चन्द्रध्वज राई, प्रा.डा. टंक न्यौपाने, निराजन राई (सहप्राध्यापक तथा भाषाविद, इच्छापूर्ण राई (सहप्राध्यापक तथा भाषाविद) रहेका थिए । त्यस्तै, आमन्त्रित विशेष अतिथिमा आनन्द सन्तोषी राई (निवर्तमान अध्यक्ष, केन्द्रीय जनजाति महासंघ), अस्मिता राई (केन्द्रीय सचिव, किराँत राई यायोख्खा), उद्धव राई(अध्यक्ष, किराँत राई यायोख्खा, धनकुटा) समाजिक अभियन्ताहरू तिलक राई, पृथसिंह दाहाल लगायत थिए ।
कार्यक्रमलाई अझ स्मरणीय बनाएको पक्ष के थियो भने लोकार्पित पुस्तकमा आत्मीयता, मेहनत र सङ्कलनको रोचक कहानी बोकेर बसेकी कृतिकारकी भतिजी सुजाता राई विशेष रूपमा उपस्थित थिइन् । काकाले आफ्नो जीवन समाज, शिक्षा र संस्कृतिमा अर्पण गरेको साँचो हो । मरणोपरान्त भए पनि उहाँको सम्मानार्थ यस पुस्तकलाई आकार दिइएको हो, उनले प्रष्ट्याइन् । कृतिकारको योगदान बारे सार्वजनिक रूपमा सुनिँदा सुजाता राई मात्र होइन, उपस्थित सम्पूर्ण परिवार र सहभागीहरू भित्रभित्रै भावुक बनेका दृश्यहरू खुलेर देखिन्थे । स्व. राई केवल शिक्षक मात्र थिएनन्, जीवन सुधालय माध्यमिक विद्यालय, खोकुका नि:शुल्क जग्गादाता, संस्कृतिक अभियन्ता एवम् समाजका आदर्श व्यक्ति पनि थिए ।
उनको जीवनसाथी श्रीमती बंगला राई, छोरा अशेष राई, भाइ चन्द्रध्वज राई, भाउजू बैकान्छी राई, भतिजो इच्छराम राई, मोहन राई, अशिम राई, प्रेमबहादुर राई, भतिजी धनकुमारी राई लगायत छिमेकी, आफन्त, साथीभाइ र सांस्कृतिक अभियन्ता, स्थानीय जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको उक्त लोकार्पण कार्यक्रमले शब्द मात्र होइन, अस्तित्वको पहिचान जोगाउने संकल्प समेत बोकेको थियो । विमोचनमा स्थानीय विद्यार्थीहरूको सुन्दर नृत्यले कार्यक्रमको शोभा बढाएको थियो । पञ्चकृष्ण माविका प्रधानाध्यापक होमबहादुर राईको सभापतित्वमा स्वागत मन्तव्य सहिदभूमि बान्तावा खिमका कोषाध्यक्ष सुलुकमन राईले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्जुन राईको थियो ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ६२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, कवि लेख्छ कविता बिम्ब, प्रतीक खेलाउॅंदै, कालजयीमा दाँजिन्छ कर्मिता । २, अथाह छ शब्दसागर मोती टिप्न नचुकौँ, खेलाँचीमा नफाली नजर । ३, दिमाग बन्यो प्रविधि हात चल्छ बहानामा, मानव बुख्याचाको प्रतिनिधि । ✍️म्यामराज राई भोजपुर … १, देख्छ, पुग्छ त्यहाँ उछिट्टियो ऊ मोतीविन्दुसॅंगै, अन्धो भविष्य जहाँ । ✍️दिलचन्द क्षत्री … १, झिल्का लेखेर हेरौँ शुद्ध या अशुद्ध मिलेन भनेर नकेरौँ ! २, सिमाना काटिएको ठाउँ किन साँगुरो हुँदैछ ? म जन्मेको गाउँ ! ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, प्रतिगामीले उठायो सिर आज नेताहरूले गर्दा गणतन्त्रले पच्छ्यायो भिर। २, हुन्छ फेरि जेल लुट, फुट उस्तै विदेशकै हो खेल। ३, सङ्घीयताले गरायो फेल देशमा गणतन्त्रको अवस्था नेता विदेशका रखेल। ✍️सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, कतैबाट पापी संसार दृष्टि न हो, आहा ! छ यार । २, कोही नदेखी देख्छ मनको आँखाले होला कोही हतासिएर लेख्छ । ३, जीवन र जोवन कतै कपास जस्तै कतै गरुँगो मन । ✍️अम्बिका प्रसाद कोइराला ‘अकेला’ कानेपोखरी, मोरङ … १, एकदिन पश्चात्तापले पोल्नेछ ए दलालहरू अब ! तिम्रो पोलहरू खोल्नेछ । ✍️ दीप गोले तामाङ रौतहट … १, बनेर तिमी खास विश्वास जित्यौ तिमीले हौ मेरो प्रकाश। २, मनको डरलाई बिसाऊ गन्तव्य चुम्ने लक्ष्यमा कदमहरू अघि बढाऊ। ३, साँझमा बत्ती बल्छ कलमभन्दा किबोर्ड प्यारो मोबाइलमा संसार चल्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मनतातीर्थ ) … १, नारी सिङ्गो प्रकृति बुझ्न पर्छ सबैले बचाउन हाम्रो रीति । २, आधा आधा बाँडेर बनाउनु छ देशलाई हुन्न रिसराग साँधेर । ३, नारी हुन दीप्ति घर चलाउने परी बनाउने सबैलाई तृप्ति । ✍️कोपिला समीक्षा खार्पा, खोटाङ … १, कमिलाको प्वाँख आयो उड्यो, डढ्यो आगोमा पखेटाले मृत्यु पायो। २, जीवनमा घमण्ड नगर्नु बिस्तारै जाँदा पुगिन्छ हडबडले दुर्घट्नामा नपर्नु । ✍️चुडामणि देवकोटा पुरानो नैकाप काठमाण्डौ … १, जीवनको कथा झल्किन्छ मनको भाव कवितामा व्यथा सबै छल्किन्छ । २, आफ्नो काम गर्नु खेरो समय जान्छ उत्साह मनमा भर्नु । ३, दुनियाँको पछि नलाग्नु पुर्याउॅंदैनन् तिनले गन्तव्य काम कर्तव्यसँग नभाग्नु । ✍️पुष्पा राई बादेल, खोटाङ … १, युवाहरू सडकमा चम्केका नेपाल आमा रोइरहेकी राष्ट्रघातका विरुद्ध लम्केका। २, वायु बबण्डर चलेपछि रोक्न कसको तागत हृदयमा आगो बलेपछि। ३, धर्तीमाताले राजभक्त रोजेकी राष्ट्रघाती ब्वाँसाहरू पिपासु, उदाङ्गो बनाउन खोजेकी। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, नारी सृष्टिको खानी नगरौँ सबैलाई हेला हुँदैन कसको हानी ? २, सधैँ भावनामा डुबेर लेख्छु कविता तिम्रो हराए देख्छौ भनेर। ✍️एवाइ प्रभात धनकुटा … १, कस्तो रहेछ भीर ? चट्टानले ढाकेको सबै उस्तै छ पीर। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, फलेको हाँगो नुग्नलाई आधार तयार गरौँ सोचेको कुरा पुग्नलाई । ✍️प्रेम थापा ‘मन’ बागलुङ … १, बरु देखाऊ, कोरेर कवि बन्न नखोज अरूको रचना चोरेर। २, यहाँ मान्छे बदलिन्छ। लाटो किन नहोस् ? आफ्नोलाई प्राथमिकता दिन्छ। ✍️बेल थोकर तामाङ मकवानपुर … १, स्वतन्त्र हुनुपर्छ कवि कसैको बहकाउ नपर्ने कञ्चन भएर छवि । ✍️संगीता खरेल काठमाडौं … १, यादमा भिर पाखा ज्यान परदेशमा छ, सम्झनाले रसाउॅंछ आँखा । २, आमा पिँढीमा बसेर बाटो हेर्छिन् सधैँ परदेशी छोरो सम्झेर । ३, मूल्याङ्कन गर्छन् मेरो धनी, गरिबको तराजु , समाज मेरो सेरोफेरो । ✍️भुपेन्द्र राना मगर धादिङ … १, कविता लेखौँ मनले सुन्दर आउन भावहरू प्रशंसा गरोस् तनले। २, लेखौँ आफैँ कोरेर जुन बन्छ आफ्नो लेख्नु हुन्न चोरेर। ३, ज्ञान बढ्छ पढेर त्यसै किताब आए पुगिन्छ हिमाल चढेर। ✍️नवराज भट्ट कञ्चनपुर … १, स्वदेशको उर्वर माटो त्यागेर आज युवाहरू लागेछन् विदेशको बाटो। २, चाँडै युवा जाग स्वर्ग भन्दा सुन्दर स्वदेश बनाउन लाग। ३, हटाऊ फोहोर जालो अब देश बनाउने युवा तिम्रो पालो। ✍️बिके मुखिया ‘वाङदे’ दार्जिलिङ,भारत। … १, खुसीमा मन हाँस्दछ मन मिल्नेले जगमा मात्र माया गाँस्दछ । २, जन्मभूमिलाई माया गरौँ आफ्नै भाषा संस्कृतिसँग सदैव अगाडि सरौँ । ३, कलङ्कारीले धर्मलाई मास्दछ नक्कले बानीले आफ्नै संस्कार संस्कृति नास्दछ। ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, सृष्टिको महिमामय मन बुझ्न चाहनेले रहस्य गर्नुपर्छ घोर अध्ययन। २, बानी बसिसक्यो देख्ने पलमै परिवर्तित रूप विषय बन्छ लेख्ने। ३, हरे, राम ! घनश्याम ! तीन छक्क पार्ने महान सृष्टिको तामझाम। ✍️ज्योतिका क्षेत्री सिलगढी भारत … १, कविता सरिता बनोस् कालजयी बनेमा उत्तम यथार्थ ओकल्ने होओस्। २, गुम्दै गएको विश्वास फिर्दै आए कसो ? छिट्टै घटोस् अविश्वास। ✍️कमला देवकोटा पाल्पा … १, आखिर सुस्त बोलेर देखाउँछन् मन सारा सिस्नोझैँ गरी पोलेर ! ✍️आर्त अकुलीन … १, कविता कर्मिता अनुप्रास अब बल्ल पलायो झिल्का कवितामा आस ! २, सागरसँग दाँजेर नजर मिल्दोरहेछ साथी नचुकौँ प्रविधिको प्रतिनिधि अजर ! ✍️विवश पारदर्शी झापा … १, डुब्दै कविताको छालमा पस्कॅंदै सृजना नवीनतम रमाउनुछ छन्दहरूको तालमा। ✍️तोया नाथ चापागाईं दमक, झापा … १, वसन्तले फुलाएझैँ तिल्का तिता मिठा भावहरू पोखेर लेखौँ झिल्का। २, अभ्यास गरे बारबार सिकिॅंदो रहेछ लेख्नु गुरूको निर्देशन अनुसार। ३, सतत नमन मेरो मार्ग निर्देशक गुरुहरूलाई घुमेर सात फेरो। ✍️पुष्पा सुवेदी नेपालगन्ज, बाँके … १, पहाड, पखेरा, तराई झिल्काले समेटौ सबै कोही नहोस् पराई । २, अतिक्रमणले सीमा नाघेर खोसेर लान्छु, भन्छ ब्वाँसोहरू लोभमा लागेर । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, चाहिन्न आकाशको तारा चोखोनितो माया देऊ सजाएर दिलमा प्यारा ! २, झर्दिनँ अवश्य नाथ निरन्तर यो सासले जबसम्म दिनेछ साथ ! ३, माया कहिल्यै नघटोस् जइदिन घट्ला मेरो जीवनकै अन्तिम होस् ! ✍️वसन्त अनुभव वसन्तविहार घोराही … १, संस्कार संस्कृति जोगाऔॅं सुन्दर पहिचान हाम्रो यसका विकृति हटाऔॅं । २, गरौँ मिलेर काम होस्टेमा हैँसे गरी राख्नुपर्छ देशको नाम । ३, बुझेर मानव मर्म गरौँ स्वच्छ मनले परोपकार निष्काम कर्म । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्य विनायक २, बालकोट भक्तपुर ) … १, धेरै चाहिन्न बिज, काफी हुन्छ झिल्का उब्जाउन सब चिज । २, पोख्ने हो लेखेरै सिक्ने हो सबैले सुनेर देखेर हेरेरै । ३, शब्दभित्र छ भाव भावभित्र हुन्छ शब्द यसैमा बढ्दैछ लगाव । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल, खोटाङ … १, जहाँ पुग्दैन रवि त्यहाँ पुग्ने गर्दछन् महान् आदरणीय कवि । ✍️केसर बोहरा ‘सङ्घर्ष’ सुदूरपश्चिम अछाम ( हाल भारत ) … १, बुझ्नुपर्नेले नबुझी गर्दैन बुझ पचाउॅंछन् विद्धान्ले, बुज्रुक बन्नु पर्दैन। ✍️लोक बहादुर छेत्री लामिछाने मोदी गा पा वडा नं २ देउपुर, पर्वत … १, आफूले नै कोर्नु बदनाम हुनलाई अर्काको रचना कहिल्यै नचोर्नु। २, सधैँ नराम्रो हुनलाई गर्छौ खराब काम पछि पछुताएर रुनलाई। ३, आउ अघि बढौँ राम्रा अनि मिठा झिल्का कविताहरू पढौँ। ✍️अनिता भण्डारी ताप्लेजुङ … १, हाम्रो देश नेपाल अन्य देशको दाँजोमा सुन्दर शान्त विशाल । २, अनुपम प्रकृति जोगाऔॅं जन्मेको हो यसबाट अनेकन संस्कृतिमा रमाऔॅं । ३, देशलाई गरेर फारो विकास समृद्धिको राख्नुपर्छ सबै मिलेर ख्यारो । ✍️राजेन्द्र भुसाल ‘डिल्ली’ अर्घाखाँची … १, बुझ्नु युवाले कुरा प्रतिगमनको पछि लागे हुँदैन उद्देश्य पूरा। २, जन्मिएको आफ्नै गाउँ प्यारो लाग्छ सधैँभरि खेली हिँडेको ठाउँ । ३, बनाउँनु स्वच्छ छवि तबमात्रै हुन्छ वास्तवमा देशको प्यारो कवि। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर ) … १, नवसर्जक हुनसक्छ विद्धान् साथमा जगाउने रुचि झिल्का साँच्चिकै महान् । ✍️विष्णु पंगेनी पाण्डे वालिङ्, स्याङ्जा … १, हेरेर सामान किन्नु असली, नकली जोखेर कलियुगका मान्छे चिन्नु । २, अक्षर अक्षर तुनेर बन्दछ सुन्दर कविता एकेक शब्द चुनेर । ३, सुस्त सुस्त बोलेर भनिदेउ प्यारी झाँईकुरी मनको कुरा खोलेर । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ … १, गर्नुपर्नेछ असल काम लानु छैन मरेपछि, जोगाउन पर्छ नाम। २, समाज परिवर्तन गर्न सुधार्नु पर्छ आफैँलाई, विकृतिको खाडल भर्न। ✍️शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर … १, मुसुक्क मुस्कुराउनु पर्छ, जिबनमा पर्ने दु:ख जति सबै हर्छ। २, जानेर नजानेर भए गल्ती नगर्नु कहिले सम्बन्ध सुधारेर गए। ✍️दुर्गा आचार्य मोरङ … १, यन्त्र गर्छ काम यन्त्रै बनाउनेको इतिहास, उसकै लेखिन्छ नाम। २, मेसिनले दिएको निर्देशन मानव मान्दै जाँदा, सोच्नै नपर्दा लोसेपन। ३, रोग भित्र्याउने यन्त्र , निको पार्ने यहीँ अचम्म जादु, मन्त्र । ✍️मनोहरी पौडेल गैडाकोट १ … १, झिल्का कविता सोचेर बोकेर अनेकौँ भावना नलेख्नु कसैलाई घोचेर । २, मनको भावना फिॅंजाउॅंछु अनेकौँ कुरा खेलेर नमिले गुरुलाई लेखाउॅंछु । ✍️रमा गुरुङ्ग सालुगडा सिलीगुडी … १, मन्द मुस्कान दिनेले अहिले घात गरेछ हाँसेर बीस लिनेले ! ✍️धनमाया चौधरी कैलाली … १, भेदभाव नगरौँ हामी सबैलाई दिनुपर्छ मौका असल मान्छे छामी । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, पानी निरन्तर पिऊँ स्वच्छ पानी पिएर निरोगी बनेर जिऊँ । २, विश्वमा शान्ति खोजौं एकापसमा भाइचारा गरी सुन्दर संसारलाई रोजौं । ३, अरूका रचना नचोर्नु हृदयभित्रबाट अब आफैँले मनन गरेर कोर्नु । ✍️बिपी लामिछाने दमक, झापा … १, सहिदका आत्मा बोल्नेछ खेर गयो बलिदान गणतन्त्रे नेतालाई पोल्नेछ । २, नहोस् विलम्ब सोचौँ राष्ट्रप्रेमी नागरिक बनी असल शासक रोजौं । ३, बनोस् कलम हतियार त्यागौँ स्वार्थ मनको नबनौँ भ्रष्टको मतियार । ✍️शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर … १, मनको मैलो धुनलाई कवितामा भाव पोखेर सजिलो हुन्छ रुनलाई । २, दुख बिसाउने चौतारी कविताले दिन्छ सान्त्वना हिॅंड्नु पर्दैन भौतारी । ✍️राधा चाम्लिङ खोटाङ … १, माइतीमा चेली अटेनन् काम मात्र चाहिने दुःख कहिले कटेनन्। २, कसैको विश्वास नगर्नु आफ्नो सम्झेर त आफ्नैको भर नपर्नु । ✍️कला ढकाल झापा … १, झिल्काले सिकायो लेख्न सबैले ध्यान दिए सहज संसार देख्न । २, मनको भावना पोखेर लेख झिल्का कविता अक्षर अक्षर उनेर । ✍️बिबा तामाङ दार्जिलिङ … १, खेती वचनको गरेर जुटौँ सबै हामी काँधमा काँध राखेर । २, मनका पीडा भुलिन्छ एकार्कालाई साटासाट कुरा पीडा सबै हुत्तिन्छ । ३, आदत बदलिएको देखे मित्रहरूले हिजोआज धेरै त्यही सम्झनामा लेखे । ✍️ईश्वर साउद ‘भिक्षु’ रामारोशन गाउँपालिका छ सुदुरपश्चिम अछाम … १, महाङ्काल नगरपालिका धायौँ जनताको स्वास्थ जाँच्न, ठुलेदुर्लाङ्ग हेलपोष्ट आयौँ । २, बाटो खराब अति नागरिक सचेत नहुँदा , विकास छैन रति । ३, आएका बिरामी हेरेर डाक्टरले पठाउनु भयो, समस्याको समाधान गरेर । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, अहिलेको समय यहाँ बुझ्नै छैन कोही कमाउनै खोज्छन् जहाँ । २, नेताले कमाउॅंदा टन्न जनता चुप लाग्ने बोल्दैनन् केही धन्न । ३, पाँच वर्षे खेती नेताले हो गर्ने देखाऔॅ शक्ति चेती । ✍️राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ … १, चल्यो बतास हुरुरु सितल छायो मनमा चरी उड्यो बुरुरु । २, पंक्षीले गुँड लाएछ कदमको बोटको डालीमा चारो टिप्न धाएछ । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई -४, झापा … १, रमाएर बाँचेको मन कता कता अन्जानै सम्झिन्छ त्यो बचपन । २, मिले सहमति दिनु नमिले केही लाग्दैन सुझाव फिर्ता लिनु । ३, अवस्था बलियो पार्न साच्चै परेका ठाउँमा हुँदैन केही बार्न । ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, सकारात्मक, सोच राखौँ परिश्रमको फल मिठो फल्छन, फलहरू लाखौँ । २, पाट् पाट, जोडेर असल कार्य गरौँ घमण्डीपन सबै छोडेर । ३, कुण्ड कुण्ड पानी कलम चल्यो फेरि लेख्दैछु जानी नजानी । ✍️जानुका बास्कोटा काठमाण्डौं … १, कविताका शब्द अभावहरू कति मिठा हुन्छन् ? देखाउछ अनेक प्रभावहरू । २, कविता तब हुन्छ जब भावप्रधान भई शब्द जो बुन्छ। ३, कविता चेतनाको दियो छर्दछ प्रकाश मनमा बन्दछ जीवनकै मियो । ✍️देव मगर तिनाउ~१, कचल, पाल्पा … १, सोचेजस्तो कहिल्यै भएन थाप्लोबाट गरिब जनताको ऋणको भारी गएन। २, रसिला कुरा गर्छन् धूर्तहरूको चाल यस्तै आफ्नै खल्ती भर्छन्। ३, देशलाई दुख्दा रमाउँछन् मातृप्रेम नभएका मानिसहरू लुटेर सम्पति कमाउँछन्। ✍️अरुण कुमार भुजेल गोरूबथान … १, कविता कविले लेख्ने अन्तर्हृदयमा रहेको भावना सबैतिरको छर्लङ्ग देख्ने। २, गहिराइमा पुग्छ जब समेटेर सारा कुरा लेख्न थाल्छ तब। ३, दिमाग उसको चारैतिर अन्तर्मनबाट चलाउँदै गर्दा नपरोस् कसैलाई पिर। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका, बोस्टन … १, देखाए सिद्धान्तको पोको व्यवहारमा कतैबाट देखिएन उठाए नोटको डोको । २, देश सबैका साजा मिलेर हिँड्नु राम्रो बजिरह्यो अहङ्कारको बाजा । ३, चारैतिर आदर्श मरेको बेथिति हुर्केको देखिन्छ अराजकता राम्रोसँग सरेको ✍️प्रद्यम्न चालिसे भक्तपुर कटुञ्जे … १, साधनाले बनिन्छ कवि अरूको रचना चोरेर नबिगार्नु आफ्नो छवि l २, बोलीले दिन्छ चिनारी इज्जत खस्किन सक्छ नगरी बोल्दा तयारी l ३, ब्रह्म दृष्टिले देखेर दुनियाँ चाहार्छ कविले भावको लौरी टेकेर l ✍️बाबुराम गौतम गुल्मी … १, जीवनमा नगर्नु पाप मनलाई शुद्ध राखी भगवान्को नाम जाप। २, कर्तव्यबाट मुख नमोड्नु, दृढताको उदाहरण बन्दै दिगो छाप छोड्नु । ✍️देव स्याङ्देन कालेबुङ … १, जीवन एक उपहार सँगालेर आनन्दित अनुभूति सजाउनु आफ्नो मुहार । २, राख्नु आफूलाई कसेर दुख, सुखको अनुभूति खोतल्दै आफैँभित्र बसेर । ३, निर्माण सकारात्मक चरित्र जीवन्त बनाउॅंछ जिन्दगी करुणाले हृदय पवित्र । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, भन्नेले भन्छ नानाभाँती सुझबुझ आफैँले गर्नुपर्छ हल्लामा नलाग्नु जाती । २, भएन विधिको शासन लुच्चो फटाहाको राजले मुलुक झनझन पतन । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, सहिदहरूले शान्ति पाऊन् देशमा झैझगडा नभई , सबैमा उमङ्ग छाऊन् । २, शब्दमा भावको भाग रहेको झिल्का राम्रो कसैमा नहोस् राग । ✍️दुर्गा भट्टराई मोरङ … १, जिन्दगी भए खास स्वार्थी संसार हजुर कसैको नगर्नु आस। ✍️सानु जोशी सुदुरपश्चिम, दार्चुला … १, गर्नुहोस् दैवीहरूको आराधना नवरात्रि अनुष्ठानको लागि पूरा हुनेछ कामना । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, झिल्का लेखेर गाऔॅं सबै सधैँ मिलेर अब एकसाथ रमाऔॅं । २, गोठाले जीवन रमाइलो झ्याउरे गाउॅंदै हिॅंड्दा मिल्दा माहिलो साहिँलो । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा १४ … १, बन्न सकौँ कवि दियो बालेर चेतनाको उच्च राखौँ छवि । २, मनमा बगाउँदै सरिता सकारात्मक सन्देश छर्न लेखौँ सुन्दर कविता । ३, पोखौँ मनका भावना विश्व कविता दिवसको सबैमा हार्दिक शुभकामना । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, साहित्यको विधा कविता भाव आफ्नो पोख्ने चोरेर नदेखाउँ रमिता । २, पुग्छ त्यहाँसम्म कवि जहाँ रवि पुग्दैन चोरेर नबिगारौँ छवि । ३, कोरौँ भाव कवि कुना कन्दराका बस्तीको जहाँ पुग्दैन रवि । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी – ५, जुम्ला
साप्ताहिक झिल्का लेखन अभ्यासको ६१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, तिम्रो रङ रङहरूमा सौहार्द उपस्थितिमा मिसिन्छ, देखिन्छ अतुलनीय नुमा । २, सञ्जालमा सबै काबिल निर्णयार्थ निर्णय दिन्छन् समाज बन्न मुस्किल । ३, पछ्याए राम्रो चलन कदापि हुँदैन घाटा, बरु घट्छ जलन । ✍️म्यामराज राई भोजपुर … १, रङ्गहरू पोतिनु पर्छ मेटाई दु:खको धब्बा जीवनमा खुसियाली भर्छ । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी … १, झरेका ति आँसु हेरेर भन प्रिय कसरी म हाँसूँ ? २, रोएको यो मन देखेर देशको हालत कसरी सम्हालूँ, भन । ३, देशको हालत डामाडोल भ्याएसम्म सबले खाए अहिले खोल्छन् पोल । ✍️ध्रुव श्रेष्ठ खोटाङ … १, जिन्दगी थकित भयो हारेको जिन्दगी सम्हाल्ने पियार कता गयो । ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर ) … १, उठेर आयो फेरि सिनो जनताले ढालेको जागौँ नगरौँ देरी। २, रङको भयो होली तराई, पहाड, मधेश खेल्यौँ हृदय खोली। ३, लेखौँ लागेको आफूलाई प्रतिभा हुन्छन् सबैमा प्रगतिको बाटो समाई। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, आयो दौडेर होली माया प्रेम गाँसौ खेलौँ दिल खोली। ✍️नवराज भट्ट कञ्चनपुर … १, नयनमा गहिराई अपार छर्छ घाम मुस्कानले मनको आँगनभरि प्यार। २, रङ्गिन्छु तिम्रो छायाले छुन नसके पनि स्पर्शका ती भावनाले। ३, नियम बन्दछ बन्धन खोज्छ परिवर्तन जसले हुन्छ त्यही अल्झन। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ ) … १, सकियो होली अब चैते दसैँको तयारीमा जुटौँ हामी सब। २, नयाँ वर्ष आउॅंदैछ चाडपर्व मनाउॅंदा भित्रभित्रै खर्चले ढाड समाउॅंदैछ। ✍️पुष्पा सुवेदी नेपालगन्ज, बाँके … १, जिन्दगी मैदान सङ्घर्षको आउने भएन दिन खुसी र हर्षको । ✍️सरिता सेढाई धादिङ … १, रङ्गहरू सबैले खेल्नुपर्छ जीवनमा खुसीयाली भर्न रङ्गले सुखदुःख टर्छ । २, वसन्त ऋतुको पर्व खेलौँ संस्कृतिको होली सबैले मानेर गर्व! ✍️वेदु न्यौपाने … १, तिम्रो मायाले गर्दा पागल बन्दै गए, बुझेनौ दुख पर्दा। २, स्वार्थमा चलेको कलि अर्थ रहेनछ सहयोग, जान्छन् गुण छली। ✍️शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर। … १, घमण्ड, द्वेष मासेर जीवन हाम्रो एकबारको जिउन सिकौँ हाँसेर ✍️विष्णु पंगेनी (पाण्डे ) वालिङ्, स्याङ्जा … १, उमङ्ग छाएझैँ होलीमा देशोन्नतिका लागि आवश्यक मित्रता नेताको बोलीमा । २, पाइन्छ नेपाली भन्न देश बनाउन सकिने योगदान दिए धन्न । ✍️कोपिला समिक्षा खार्पा, खोटाङ … १, सकेसम्म हृदयदेखि हासौँ नदेखाउ कसैलाई रोएर सबैसॅंग मित्रता गासौँ । २, आँखा राता नपारौँ तालि बजाउने आफ्नै बलिन्द्र आँसु नझारौँ। ✍️चुडामणि देवकोटा पुरानोनैकाप, काठमाण्डौ … १, वसन्तको बहार छायो गुराँसले वन ढकमक्क कोइलीले गीत गायो। २, वसन्तमा पालुवा फेरिँदै हरियाली छाउने तरखर लतिका सबतिर बेरिँदै। ३, कोइलीले गीत गायो वसन्तको स्वागत हेतु मनमा उमङ्ग छायो। ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, रङ्गको पर्व होली संस्कार जोगाउनुछ तिमीले दुख नहोस् भोलि। ✍️एवाइ प्रभात धनकुटा … १, एकपछि अर्को पर्व संस्कार मात्र फरक मानिन्छ गरेर गर्व । २, संस्कृति हाम्रो सम्पत्ति बेला बेला आउँछ प्राकृतिक विपत्ति । ✍️अम्बिका गिरी विराटनगर … १, सधैँ नकारात्मक क्रोध कार्ययोजना विहिन हिँड्छौ कहिले हुन्छ बोध ? ✍️प्रेम थापा “मन” बागलुङ … १, होलीले बढ्यो उमङ्ग आपसी द्वेष घटोस् दिगो प्रेम प्रसङ्ग। ✍️कमला देवकोटा पाल्पा … १, होलीको रङ जस्तै जीवनको हर आयाम फेरिएर जाओस् प्रशस्तै । २, सकारात्मक बनोस् मन सृजनामा तल्लीन बनोस् उत्साह थपिओस् झन । ✍️पुष्पा राई खोटाङ … १, सबैले खेलौँ होली उमङ्ग र सद्भावमा बेलेर मीठो बोली। २, हरियाली वसन्त आयो शिशिरको पीडा भुलाउन मनमा खुसीयाली छायो। ✍️संगीता खरेल काठमाडौँ … १, बिग्रेर मानिसको मति, ओरालो लागेको मृगझैँ रोकिन्छ कर्मको गति ! ✍️आर्त अकुलीन … १, जीवन नफालौँ खेर। नर्कमय जिन्दगीलाई तिमी पबित्र बनाएर हेर । २, जिन्दगी खरानिको रास। सबैको प्यारो बन्नु भएसम्म एकमुठी सास। ✍️बेल थोकर तामाङ बकैया – ८, बस्तिपुर, मकवानपुर … १, होलीको बेला आउनु सबैसँगै मिलेर हेर खुसी हर्षले छाउनु । ✍️साहित्य प्रेमी सुशील धनगढी … १, शिशिरले ल्यायो घमाइलो गुराँस फुलेछ बनैमा कोइलीको भाका रमाइलो । ✍️बिबा तामाङ दार्जिलिङ … १, प्रगति देखेर जल्नेसँग सावधान रहनुपर्छ हामी पलपल रङ बदल्नेसँग ! २, हुन्छन् वरपर मान्छेहरू भाँजो हाल्ने सम्बन्धमा तिललाई पहाड बनाउनेहरू ! ३, हिँडेर कर्तव्यको पथमा अगाडि बढौँ निरन्तर चढेर उन्नतिको रथमा ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ … १, हेर्दा त सानी तर साँच्चै उभित्र अनन्त छ कहानी । ✍️योजना आचार्य … १, मिठो कुरा आयो मिल्ने मिलाउने दिन होली पर्व पायो। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, प्रभुको नाम बिर्सिएला ढिला किन हुनुछ प्रभु पथमा भेला । २, जीवन फूल खिल्दछ शरणागति भएमा हामीलाई प्रभु माया मिल्दछ । ३, जिन्दगी सङ्घर्षको मेला कदापि नहोऔँ सधैँ हामी प्रभुबाट हेला । ✍️कार्की डिबी माकुम सुनवल -४, नवलपरासी … १, रङहरूमा सद्भावको सन्देश पुग्न नसकेपछि मनमा थाप्छन् हरतरहले बन्देज । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, संसार झुक्छ मायामा आमाको काख तुल्य हिमालको सितल छायाँमा । ✍️विवश पारदर्शी झापा … १, छु पर्खेर बसेको हृदयमा माया बोकेर मुटुमा छु पसेको । २, मलाई तिमी मनपर्छ किन किन तिमीतिरै यो मुटु सर्छ । ३, आँखाले नै बोल बरु इसारा बुझूँला, मनको कुरा खोल । ✍️मनुहाङ किराँती सोलु … १, लात भोको पेटमा आऊ काममा भन्ने बात पहिलो भेटमा । ✍️नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । … १, आयो वसन्त बहार चिसोलाई पर सार्दै छायो जताततै पहार l २, गुराँस फुले पाखामा अनगिन्ती चरका गीत सुनिन्छ नौलो भाकामा l ३, स्वर्गसरि लाग्छ गाउँघर गुन्जयामान छन् वनपाखा जताततै हरेक पहर l ✍️बाबुराम गौतम गुल्मी … १, हिॅंडेको छ रोजेर कर्म गर्नुपर्छ है पाइॅंदैन कहीँ खोजेर । ✍️दीप गोले तामाङ रौतहट … १, अधर्मले हारेको छिन बाँड्छौँ सबैसँग खुसी सत्यले जितेको दिन । २, आफ्नोसँग होली खेलेर मनाउॅंछौँ संस्कृति हामीले, अरूलाई दुःख नदिएर । ३, आफ्नो संस्कृत बचाऔॅं तडकभडक नगरी खेलौँ , रङहरू मात्रै लगाऔॅं । ✍️सीमा कार्की समर्पण मेलचोक … १, जल्नेहरू जल्दै गरून् छिर्के लगाउने त, चाँडै नै मरून्। २, लेखान्त नै मान्नुपर्छ हाम्रो भेटलाई त, कुरा मिलेको ठान्नुपर्छ। ३, कतै देखेको हुनुपर्छ लाग्छ मलाई तस्तै मेरा शब्दले छुनुपर्छ। ✍️कला ढकाल झापा … १, समयको शक्ति ठुलो गर्नुपर्छ राम्रो सेवा नत्र पसिन्छ दुलो । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, हृदयमा फोटो फ्रेम तिम्रो मायाले राखेँ गर्छु तिमीलाई प्रेम । २, प्रयोग गर्छन् रेती आफू मोज गर्न गर्छन् भ्रमको खेती । ३, उर्लिन्छन् उल्फैको धनले कमाएको भन्ने कसरी हुन्छ थाहा विलासीपनले । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, मनायौँ रमाइलोसँग होली आर्कोसाल के थाहा नआउन सक्छ भोलि। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, मैले कसम खाएँ माया तिमी मेरो तिमीमा म पाएँ । २, फूल जस्तै फक्रनु जस्तो दुःखमा पनि समयलाई राम्ररी पक्रनु । ३, बेरोजगारीको छ प्रहर रोजगारीको समस्याले बढ्दैछ विदेश जानेको लहर । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ … १, छाउँछ खुसी हर्ष अर्को नाम जिन्दगीको पक्कै हो सङ्घर्ष । २, त्यागेर शङ्का भ्रम सफलताका लागि नै नियमित गरौँ श्रम । ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, स्वच्छ पवित्र भावना चाडपर्व आउँछ जान्छ सबैमा सुखद कामना । २, नरहून् कालामैला मनहरू ईश्वरीय शक्तिको सौरभ मीठासमै रहोस् वचनहरू । ३, कुरा कसैको नकाटौँ सद्भावना रहनुपर्छ सधैँ आपसमा कोही नफाटौँ । ✍️घनश्याम पन्त हरिवन, सर्लाही … १, खोक्रो नारामा नेपाल समृद्ध भनेर भक्ने नेताको छैन कपाल । २, पग्लियो हिमालको हिऊँ पर्यावरण बदलिएको कारण प्रकृतिको ठग्ने निउॅं । ३, लोकतान्त्रिक गणतन्त्रको शासन जनता महॅंगीको मारमा नेतालाई अधिक रासन। ✍️बिपी लामिछाने दमक, झापा … १, सम्झना ठुलो धन बाटौँला मायाको डोरी मिलाएर दुवै तनमन । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, फुल्छ कति राम्रो लेकको वनमा लालीगुराँस राष्ट्रिय फूल हाम्रो । २, वसन्त ऋतुसँगै आउने हरियाली नयाँ पवन मनमा खुसी छाउने। ✍️साबित्री प्याकुरेल धादिङ … १, लेखेको भाग्य मेटिॅंदैन कोरेको भावीले निधारमा खोजेर नयाँ भेटिॅंदैन । २, अरूको आशा नगर दिन्छन् झुटो आश्वासन कहिल्यै नपर्नु भर । ✍️राधा चाम्लिङ खोटाङ … १, मौसम परिवर्तन हुँदै निलो आकाशमा परिणत बादलका धब्बा धुँदै। २, वसन्त ऋतु आएछ पलाउँदैछन् नयाँ पालुवा सुकेका पातपतिङ्गर झरेछ । ✍️शोभा आचार्य गौतम काठमाडौँ … १, रङ मुछिएका लोला, तराईको गर्मी यस्तो विकृति आएर होला। २, खुसियाली कति मिठो, साथ राम्रो सधैँ रमाई खाने सुधोपिठो। ✍️दुर्गा आचार्य मोरङ … १, शुभकामना यो होलीको सुन्न पाऊॅं यस्तै, तिम्रो मिठो बोलीको। २, दुई शब्द खर्च होलीको शुभकामना सबैमा दिनु सबैले पर्छ। ✍️कृष्ण शर्मा ‘प्रतीक’ मोदी – ७, पर्वत ( हाल: दुबई ) … १, होलीमा सबै रहॅंदै भाङ, धतुरो नखानू, कष्टमा बस्नुपर्ला सहॅंदै । ✍️रमा गुरुङ सालुगडा सिलीगुडी … १, होली रङहरूले छायो रमाउँदै सबै देशमा चरीले गित गायो ! २, लाउँदै पर्वहरूले बाटो सबै विदेशमा हामी बाँजो घरको पाटो ! ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, भोग्नेलाई हुन्छ थाहा दुःख सहर, गाउँको दुवैको मिश्रणमा आहा ! २, उदाउँछ भोलि गर्व नौलो बिहानी लिएर रमाउँदै रङको पर्व । ✍️शान्ति भुजेल … १, पर्दा जिन्दगीमा रात कसको विश्वास गर्नु ? आफ्नाहरूले गरेपछि घात । २, आँसुलाई पर्छ थुन्न फुर्सद छैन कसैलाई मनको पीडा सुन्न । ✍️प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत … १, दलेर एकअर्कामा रङ्ग होलीको पर्व मनाइयो सद्भाव नगरीकन भङ्ग। २, खोलेर मनको झोली संस्कार संस्कृति अनुसारको मनाइयो सबैले होली। ✍️अरुण कुमार भुजेल दार्जिलिङ, भारत … १, कति बोल्दछौ झुटो अखण्डित भन्छौ तिमी देख्दछु तमाम ठुटो । २, नमानेर बस्दा धक श्रृङ्गार नगरीकन पनि रूप देख्छ चमक । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, किसानले जोत्ने हलो गणतन्त्र आयो देशमा गरायो मुखियालाई भलो। २, किसानको काँधमा कोदालो खेतबारीमा उम्रीए बनमारा गरीबको घरमा भुइँचालो। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, किसानको हातमा कोदाली व्यवस्था परिवर्तनले फेरिएन गर्ने उकाली ओराली। २, लाग्यो डाँडामा जुन तल्लाघरे शाहिलालाई मैले व्यर्थै लगाएछु गुन। ३, स्वर्गझैँ लाग्छ गाउँघर त्यहाँको वातावरण जस्तो भेटिॅंदैन कुनै सहर। ✍️अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ ( हाल:-अमेरिका,बोस्टन ) … १, जीवनको अनिश्चित मोड बाँच्नुको छैन ठेकान पैसा कमाउने होड । २, चित्र छ विचित्र मान्छे पनि उदेकको कालो सेतो मनभित्र । ३, सत्य सत्य बोल्छु पारदर्शी मन मेरो पोल सबै खोल्छु । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ … १, फुल्यो फूल गमलामा सुगन्ध छरेर वरिपरि भवरा आए हमलामा । २, किन गर्छौ रिसराग भोक मेटाउन आज अघाएर फेरी भाग।। ✍️चन्द्रिका रिमाल न्यौपाने … १, प्रेममा परेपछि मान्छेहरू पागल जस्तो हुन्छन् त्याग्छन् बाआमा बरु । २, स्वार्थी छन् मान्छेहरू आफ्नो फाइदा हेर्छन् लडाइ दिन्छन् अरू । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई – ४, झापा … १, मनमा छैन शान्ति , वसन्त ऋतुको बहारमा, देखिन्न मुहारमा कान्ति। २, उज्यालो भयो वन गुँरास फुलेर पहाडमा, प्रकृतिको हाँसेको मन । ३, प्रकृति जस्तै हामी, निरन्तर चल्नसके त बनिन्थ्यो तब स्वामी। ✍️मनोहरी पौडेल गैडाकोट – १ … १, चिसो मौसम रोकियो चैत मासको हावा बार्दलीमा टक्क ठोकियो । २, बर्सात हुनै सकेन पालुवा ओइलियो खडेरीले परिश्रमको केही लागेन । ✍️जानुका बास्कोटा काठमाडौँ … १, बुझेर पर्वहरूको अर्थ पालन गरौँ संस्कृति तामझाम नगरौँ व्यर्थ! २, खेलौँ मिलीजुली होली ईर्ष्या, द्वेष भुलेर गुनासोहरूको गाँठो खोली! ३, बोलिराखौँ मिठो बोली घोली मुखमा मिठास हुन्छौँ हुँदैनौँ भोलि । ✍️ज्योतिका छेत्री सिलगडी, भारत … १, जुलुस र होली छक्क छन् नेता कसरी देखिन्छौँ भोलि ? २, मजै आएन होलीको सम्झेर राजाको जुलुस कस्तो होला भोलिको ? ३, आफ्नै हो गल्ती याद आएन जनताको हेरियो आफ्नै खल्ती ? ✍️शम्भु गजुरेल सिन्धुली … १, नगर अर्कोलाई गाली कमजोरी पत्ता लगाइ बजाउँलान् शत्रुले ताली। २, सुकाई व्यर्थमा घोक्रो देख्दादेख्दै सुन्दर देश बनायौ साह्रै खोक्रो । ३, गर्नुपर्छ बेलामा होस समयलाई चिन्न नसके खेप्नुपर्ला जनताको रोष । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्यविनायक २ बालकोट, भक्तपुर ) … १, ऋतुराज वसन्त आयो चारैतिर हरियाली बनाई मनमोहक दृश्य छायो । ✍️कोपिला अधिकारी गोरखा … १, हुन्छ सधैँ हार गयो कोसिस खेर सकिन लगाउन पार ✍️नन्दा धामी नौगाड, दार्चुला … १, समयले कोल्टे फेर्यो जलवायु परिवर्तन हुँदै प्रदूषणले संसारलाई घेर्यो । २, देखिने ध्रुवतारा जस्तै सबैलाई सुमार्ग डोऱ्याउने प्रकाश छर्नु प्रशस्तै। ✍️देव स्याङ्देन कालेबुङ … १, उसलाई कससैले तपाईॅं बनाओस् कि नबनओस् बनिदिन्छ आफैँ मपाइँ। २, बेग्लाबेग्लै मान्छेका ओठ छ कति पीडादायी ? सहनु परेको चोट। ✍️सतीश सिकारु तनहूँ … १, गुण लायौ अनेक कसरी बिसौँ मैले गुमाएर आफ्नो विवेक। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, वैज्ञानिक गर्देछन् प्रयास पृथ्वीमा आउनेछ सुनीता सबैलाई छ विश्वास । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, नजरको दृष्टिकोण फेर्नू, अरूलाई भन्नुभन्दा पहिला आफूलाई ऎनामा हेर्नू । २, सम्बन्धमा छुरा खोपिन्छ छल्ने, लुकाउने गरेमा शङ्खाको बीउ रोपिन्छ। ✍️रुना कर्माचार्य दाहाल चितवन … १, सुन्दर देश नेपाल भिजनबिनाको छ नेतृत्व बनाए साहै बेहाल । २, जीवन एक सङ्घर्ष पौरखी पाखुरा बजारे जीवनमा सदैव हर्ष। ३, कहाँकी हौ परी ? मदहोस हुन्छु म नहेर बिन्ती त्यसरी । ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, आर्यघाट जलाइएको लास उफ्रिॅंदै चाहियो भन्छन् गनतन्त्रमा कस्तो बकवास ? २, उहिले गएको मलामी ब्युँतिने स्वप्न देख्दै अहिले खोज्छन् सलामी । ✍️राज बहादुर बडुवाल कनकासुम्दरी-५, जुम्ला … १, सोचेको आउँदैन दिन त्यसैले अब छोडिसके अनेकथरी पिर लिन। २, आशाको दियो बाल्न आफैँ परिश्रम गरेर पर्छ कदम चाल्न। ३, स्वार्थी भावना तोडौँ उन्नति, प्रगतिको बाटोतिर अब पाइला मोडौँ । ✍️ललिता गिरी सिन्धुली … १, जोस जागर उर्जा सहने शक्ति मिलिरहोस्, क्षमता नै पुर्जा । ✍️श्रीकृष्ण धामी बझाङ … १, विभिन्न रङ घोली पर्वमा गरौँ रमाइलो आपसमा मिलाइ लोली । २, अबिर अनि रङ्ग रमाएको देख्दा हामी पराया होऊन् दङ्ग । ३, मनमा उमङ्ग छायो नयाँ पालुवा लिएर वसन्त ऋतु आयो । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, सधैँ खुसी भएर जिउने हामी सबै पीडा भुल्दै गएर। ✍️सानु जोशी सुदुरपश्चिम, दार्चुला ::::::::जय झिल्का साहित्य ! ::::::::
साप्ताहिक झिल्का लेखन अभ्यासको ५९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, प्यारभन्दा प्यार प्यार चलन बढ्यो यहाँ, मानौँ, तिनै उपहार । २, सम्मानमा चड्कन हान्यो तिम्रो मूल्याङ्कन ठिक, यात्राको दूरता धान्यो । ३, पाखुरी चलाऊ, भरमौदुर प्रविधिको सदुपयोग गर्दै, गन्तव्य नजिकिन्छ पुरापुर । ✍️म्यामराज राई भोजपुर … १, धेरै अल्छी नहुनू सफलता प्राप्त गर्न उडी आकाश छुनु ! २, फेल भइन्छ बारबार उठ्नुपर्छ लडे पनि मान्नुहुन्न कदापि हार ! ३, धनको तराजुले नाप्ने स्वार्थी दुनियाँले गर्दछ बलेको आगो ताप्ने ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही … १, मायामा नाटक गर्ने निःस्वार्थ मन भएका हुन् अकालमै मर्ने। २, पाखुरी बजार्न सिक बढ्छ मान मर्यादा त्यसैमा हुन्छ ठीक । ३, प्रतिष्ठाको कदर गर सम्मानित हुन आफैँमा पर्दैन कसैको भर । ✍️ललिता गिरी सिन्धुली … १, आँटे हुन्छ काम काम गर्न नसक्दा त्यसै हुन्छ बदनाम । ✍️ ताराप्रसाद चापागाईँ … १, मायाले पुग्दैन खाना गर्ने आफ्नै पाखुरी जिन्दगीको यस्तै पाना २, अदृश्य माया कस्तो ? नगरी बसौँ चुलबुली जिन्दगी हुन्छ सस्तो। ✍️बिबा तामाङ दार्जिलिङ … १, ताराझैँ मन चम्किन्छ गन्तव्य चुम्नका लागि लमकलमक गर्दै लम्किन्छ। २, बसौँला दिन गनेर आउँछ्यौ कि तिमी ! शीतल पाइला बनेर। ३, जसले इज्जत दिन्छ सच्चा ठहरिन्छ त्यही जसले समाज बदलिन्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ ) … १, हार कहिल्यै नखाऊ अघि बढ्न सिक नजान्ने ठाउँ नजाऊ! २, मायाले संसार चल्दैन चिन्ने गर दुनियाँ आगो नफुकी बल्दैन। ३, कर्मको फल पाइन्छ अब डोर्याएसम्म भाग्यले अगाडि बढ्दै हिॅंडिन्छ। ✍️ वेदु न्यौपाने … १, संसारको यही रित मेहनत गर्छ जसले हुन्छ उसकै जित। ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, मैदानमा झर्ने हिम्मत हुन्छ मानिसमा भए अजय विजय शतप्रतिशत। ✍️सुरेशकुमार पाण्डे … १, गरौँ कर्ममा रमाउने फलको आस नगरी सत्मार्ग सदैव समाउने । २, सत्यको जित हुन्छ न्याय जीवित भए खुट्टा कसले धुन्छ । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी – ५, जुम्ला … १, झिल्का काव्यशाला आयो निरन्तर साहित्यको खेतीमा मनमा खुसियाली छायो । ✍️श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर … १, म भुइँको धुलो , मै धुलो हुनाले तिमी बन्यौ ठुलो । २, ठुलो या सानो दुवैको हुन्छ काम पाथी या मानो । ३, जुन स्थायी हुँदैन त्यतै तानिन्छ मान्छे भनेको कुराले छुँदैन । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल, खोटाङ … १, भरसक नपरोस् छुट्नु हिॅंड्दै गरेको पाइला हुँदैन कहिले टुट्नु। २, सॅंगसँगै जीवन कटाउॅंला दु:ख पीडा अभाव मिलेर नै घटाउॅंला । ३, उकाली ओराली गर्दै हिॅंड्न रमाइलो हुन्छ चौतारीमा सुस्केरा छर्दै । ✍️कला ढकाल झापा … १, छोडेर नराम्रो बानी असल काम गरेर बन्नु छ स्वाभिमानी । ✍️प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत … १, अरूलाई कहिल्यै नरुवाउनु आफूलाई जस्तै सबैलाई महॅंगो आँसु नचुहाउनु। २, चिसोले कठ्याङ्ग्रियो हात जाडो हरायो भनेको मौसमले गर्यो घात। ✍️चुडामणि देवकोटा पुरानोनैकाप, काठमाडौँ … १, समय बित्यो सोचेर तितो पलको यादले दुखाउँछ काँडाझैँ घोचेर । २, आफ्नो पराई चिनायो कठिन परिस्थिति आएपछि वारपारको निसाफ छिनायो । ३, कमजोर मनस्थितिले हारिन्छ आफैसँग गर्न मुकाबिला हरेक अवसरलाई सारिन्छ। ✍️ पुष्पा राई बादेल, खोटाङ … १, युवाहरू छ भागिरहेको सुनको कचौरो बोकेर नेताहरू आज मागिरहेको । ✍️दीप गोले तामाङ रौतहट … १, पूर्वाग्रहको बनायौ दुलो काममा योजनाविहीन छ कसरी मान्नु ठुलो ? ✍️प्रेम थापा “मन” बागलुङ … १, देशको अवस्था देखेर आधुनिकताको नाममा विकृति चेतना खै पढेर। २, अनुदानले चलाउॅंछ देश देशभित्रको आय भ्रष्टाचारमा नेपालमा यस्तो परिवेश। ✍️एवाइ प्रभात खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा … १, मन राम्रो खुलेको नराम्रो व्यर्थ चिन्तामा नित्य प्रभु भुलेको। २, बचौँ इर्ष्या फालेर नराखौँ कसैले यहाँ घमण्डको डङ्गुर पालेर । ३, नराम्रो मान्छे फुलेको पवित्र मन यहाँ गङ्गामा सधैँ धुलेको । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, काममा बाधा भयो सोचेको कति भएन अधुरै रहेर गयो । ✍️कमला देवकोटा पाल्पा … १, रोजी सही बाटो हिॅंड्नुपर्छ सधैँ हामीले मिल्नेछ सफलताको पाटो। २, नगरे कसैलाई छल मेहनत गरेमा सधैँ मिल्छ मिठो फल। ३, मरिन्छ भन्ने डर यहाँ कोही कसैको पर्नु हुन्न भर। ✍️अनिता भण्डारी ताप्लेजुङ … १, परिश्रमीलाई पारिन्छ तल सोचेर बस्छ ठगाहा बिनाकाम हरेक पल । २, खरानी अथवा धुलो जीवन यो जगत्मा प्रेम रहेछ ठुलो । ३, मान्छेले गरिरहन्छ खती प्रकृति थपेर दिन्छिन् मासेर गर्छ प्रगति । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, छ अरू कुन बा आमा भनेका जिउँदा देवता हुन | २, वृद्धाश्रममा नछोड लगेर आशीर्वाद मिल्नेछ सदा सेवा जाँदैन खेर | ✍️सरिता सेढाई धादिङ … १, मनमा अनेक तरङ्ग, पृथ्वीको गतिले होला, जीवन पार्छ भरङ्ग। २, कहिले बाढी पहिरो, कहिले भूकम्प आउँछ, पार्छ चोट गहिरो । ३, भौतिक संरचना महङ्गा, नबनाउनु पसिना पोखी, हुन्छ हृदय चङ्गा । ✍️मनोहरी पौडेल गैडाकोट – १ … १, सभ्य प्राणी मानव किन तिमी आजभोलि ? बन्दै गयौ दानव। २, सत्य नसुन्ने कस्तो मान्छेको दुई कान बन्यो च्याउ जस्तो । ✍️बिके मुखिया, वाङदे दार्जिलिङ, भारत … १, छोडेर जान्छ समय अवसर पर्खेर नबस्ने पुगिन्छ बगाउॅंदै भय । ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, हृदयमा सजाऔॅं झिल्कालाई मिठा भावना भरेर सुन्दर दिव्य बनाई। २, मिलेर कविता लेखौँ पवित्र माया जोडी अरूलाई आफ्नै देखौँ। ✍️कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार, स्याङ्जा … १, शिवरात्रिमा मन्दिर जाऊ ईश्वरको दर्शन गरेर , शुद्ध खाना खाऊ । २, बेलपत्र ईश्वरलाई चढाऔॅं राम्रो हुन्छ तिमीलाई , भस्मको टीका लगाऔॅं । ३, शिवरात्रिमा मन्दिर धाई इश्वरलाई खुसी पारौँ , गाजा धतुरो चढाई । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, कुरा अरूको सुन्नु निर्णय गर्नु पर्दा आफ्नै मनले गुन्नु । २, स्वार्थी लम्पट देखिने असुर हुन् अजिङ्गर भ्रष्ट्र नाम लेखिने । ✍️विवश पारदर्शी झापा … १, प्रदूषणमा नाम लेखायौ छेपारालेझैँ रङ्ग फेरेर आफ्नो चरित्र देखायौ ! ✍️आर्त अकुलीन … १, शत्रुलाई मित्र ठान्नुपर्छ विष होइन अमृत सबैतिर छर्न जान्नुपर्छ। २, लगिॅंदैन केही मरेर सबका सहयोगी बन्नु असल कर्म गरेर। ३, फलेको हाँगो नुहिन्छ नचढ घमन्डको धुरी विनाशको खाल्डोमा पुगिन्छ। ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, समय छ बलवान् समयमै गरौँ फत्ते हात आफ्नै महान् । २, उमेरमै पाखुरी चलाऊ बुढेसकालमा सकिन्न गर्न समयमै अघि बढाऊ। ३, दूर छ फल टिप्न थालौँ समयमै गरेर हुन्न अलमल। ✍️अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका, बोस्टन … १, आएछ कस्तो याम रहेन विश्वास कसैमाथि पलपलमा हुन्छ बेइमान । ✍️विष्णु पंगेनी पाण्डे वालिङ, स्याङ्जा … १, शुभ बिहानीको प्रभात उज्ज्वल भविष्यको कामना सङ्घर्षको रहोस् बात । २, आँशुले माग्दैन नासो जति दुःखी होस्, बचत गरेर हाँसो । ३, कोरेर एउटा पत्र प्रेमको नाउँमा तिमिलाई देख्छु सपनीमा यत्रतत्र । ✍️किराती हाङ तिम्रो ( बिसु हाङ राई ) विराटनगर … १, सत्यको बाटो तगारो झुट बोल्ने बानीले जीवन बन्छ अँध्यारो। २, सम्बन्ध सुमधुर बनाउनु, काँधमा काँध मिलाई सहयात्री बनी रमाउनु। ✍️देव स्याङ्देन कालेबुङ … १, ठण्डी मौसम हराउॅंदैछ वातावरण हुँदैछ न्यानो आकाश खुलेर रमाउॅंदैछ। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, सङ्कटमा काँध हालेको सजिलोसँग भुल्दा रहेछन् चिसो चुल्हो बालेको । २, अरूलाई खराब सोच्ने तिम्रो बानी रहेछ सत्य नबुझी कोच्ने । ३, रहेन सम्बन्ध हाम्रो मतलब छैन मलाई जतिसुकै बने चाम्रो । ✍️पृथक प्रकृति झापा … १, मन मिले चमत्कार प्राण नै सुम्पिन्छन् खटपट भए बलात्कार । ✍️खुनराज कोइराला सिद्धलेक-३, धादिङ … १, कस्तो रहेछ गाँठो बेसी नबोल है भन्ला सबले बाठो। ✍️निमा छिरिङ भोटिया जलढका, कालेबुङ … १, सङ्गीतले कसलाई छुन्न? झ्याउरेभन्दा पनि मिठो अरू भाका हुन्न। २, सिकारुका हुन् सिर्जना जानी नजानी कोर्दैछु मेट्न मनको तिर्सना । ३, जात धर्म भनेर लड्दैछन् हेर दाजुभाइ गोटी अर्कैको बनेर । ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, आगो लागे हुरुरु आफ्नो अर्का नभनी कुदेर जाउँ खुरुरु। ✍️ज्योतिका क्षेत्री सिलगडी, भारत … १, नहुँदोरहेछ मात्र कुराले, व्यवहारमा उतार्नको लागि काट्नुपर्छ जाली छुराले। ✍️लोक वहादुर छेत्री लामिछाने मोदी – २, देउपुर, पर्वत … १, हेर साथमा गएर सबै हराउने मायामा जातपातमा त्रास भएर । २, जन्म आमाको कोखमा आकाश यो धर्ती नगर हेला स्वदेशमा । ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’ मादी – ५, सङ्खुवासभा ( हाल धरान ८ सुनसरी ) … १, पकाऊ सब्जी छिटोछिटो, नुनखुर्सानी, बेसार हाल , खाउँ बनाई मिठैमिठो । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट – ७, नवलपुर … १, फरक देखियो चाल हिजोआज उसको हिॅंडाइको आफन्तीमा गरिने सवाल । २, आकाश र धरती माया लाग्छ उस्तै उही दया चरीप्रति । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका – ६, अछाम … १, भ्रष्टहरूले देश लुटे जनता ऋणको बोझमा दीनदु:खी मज्जाले भुटे । २, गरीब देश हैन नेताले सुशासन नदिॅंदा जनताले पाएनन् चैन । ३, पिण्ड खानेहरूको शासन खोक्रा नारामा देखिएन जनता बचाउने रासन। ✍️बिपी लामिछाने दमक, झापा … १, सूर्यले किरण छर्यो अन्धकार भाग्यो पर आलस्य भुइँमा झर्यो । २, नयनको गहिराइमा लुकेको सपना बनेर आउँदा शिर छैन झुकेको । ३, बाधा आयो अगाडि फाइदा उठाउन लाग्छन् आफन्त नै पछाडि । ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, स्वार्थले मात्र देख्यो आफ्नो अनि पराई खोटो भविष्य लेख्यो । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, देखेर काम गरौँ छ सबै अधुरो समाजमा सन्देश भरौँ । २, देश बिग्रॅंदै गयो भष्ट्राचार र गरिबीले राज्य दलाली भयो । ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, बसे लेउ लाग्छ आराम नगर्नू, धेरै श्रमले भाग्य जाग्छ। २, कसैको भर नपर्नु आफैँलाई विश्वास गरी सधैँ अगाडि सर्नु। ✍️अरुण कुमार भुजेल दार्जिलिङ, भारत … १, आफैँ जस्तो सोचेर मिथ्या नबोल्नु कतै नभन्नु कसैलाई घोचेर । २, विकासको नाममा विनाश छैन अपराधीलाई कारबाही प्रजातन्त्रको नगरौँ आस । ३, अतिक्रमणले सीमा नाघेर अस्तित्व बचाउन अब खोस्नुपर्छ हुँदैन मागेर । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, वासन्ती हावा भुरूरू पटझर याम मेटाउॅंदै गुराँस फुल्छ खुरूरू। २, रमाउन्दै गाउॅंछन् वनचरी वसन्ती हावा चुमेर छम्छमी नाच्छन् मनपरी। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, हिमाल पहाड तराई राख्नु भाइचाराको सम्बन्ध यसैमा सबैको भलाइ । २, सपना छन् हजार जिन्दगीको छैन भरोसा सफरमा मरुभूमि बगर । ✍️सुरेश विश्वकर्मा डोटी … १, रोगले च्याप्यो अति हरेस खाएको छैन भएपनि कछुवाको गति। २, कसैको दाँजोमा नलागौँला तर रोकिने छैन कलम समाउने औँला। ३, भमरा लोभ्याउने फूल बन्न नसके पनि डुल्छन् पुतलीका हुल। ✍️कोपिला अधिकारी गोरखा … १, बनेर पुनीत बेलपत्र छरिन चाहन्छु भोला तिम्रो पाउको यत्रतत्र l २, गरेर सोमबारे उपासना तिम्रो आलयमा गएर निरन्तर गर्छु आराधना l ३, प्रणाम गर्दछु बारबार अप्ठ्यारो परिस्थितिमा गर्नुहोला झर्को नमानी उद्धार l ✍️बाबुराम गौतम गुल्मी … १, रात छिप्पिएपछिको बात एकान्तको फाइदा उठाउन दिएर गयो आघात। २, कतिपय जालसाजहरूले लुटेर लग्यो सम्पूर्ण कमाएको मृत्युको धम्कीले धुतेर । ३, देखाउॅंछन् लालचको कुरा मन दौडिन्छ उतैतिर चलाउँछ भित्री छुरा । ✍️दिल ठकुरी दार्जिलिङ … १, समय कति बलवान् महोदय ! पर्खॅंदैन कसैलाई समाजमा देखाऊ महान् । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई – ४, झापा … १, यो धर्ती कर्मथलो इमानदारसँग गरौँ सेवा हुन्छ सबैको भलो। २, बुझेर त्यो मर्म सबै एकजुट भएर गरौँ असल कर्म। ३, बदली हाम्रो फेस जुटेर परिश्रम गरौँ बन्छ आफ्नै देश । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६, सङ्खुवासभा … १, लक्ष्मीले दुःख भेटिए वैदेशिक रोजगारले गर्दा मनका अशान्ति मेटिए । २, मातृस्नेहले घर मन्दिर गुरुसँगको साहित्य सिर्जनाले जीवन नहुने जन्जिर । ३, लोकगीत नेपालीको चिनारी आफ्नै संस्कृति पर्वमा रमाउँदा हुन्न अँध्यारी । ✍️भगवती दवाडी झापा … १, अभावले गाँजेर आउने बढ्ने कसरी अगाडि , सम्झॅंदा दु:ख लाउने । २, यता हावापानी आएर बिगार्न लाग्यो बाली मानका दु:ख लाएर । ✍️दुर्गा आचार्य मोरङ … १, घमण्ड नगर धनको खरानी हुन सक्छ बन असल मनको । २, झुटो वचन टिक्दैन बाँचिरहन्छ सत्य जहाँ इमान्दार रुपैयाँमा बिक्दैन । ✍️राधा चाम्लिङ खोटाङ … १, अरूको गल्ती देख्नेले लुकाए आफ्ना पार्टीको सच्चिएका भनी लेख्नेले । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, हाम्रो अनन्त यादगार खुट्टा छुनुहोस् बुजुर्गका गरेर सादर नमस्कार । ✍️संगमानंद पत्रकार चूरु, राजस्थान, भारत … १, सुध्रेन बानी कचरो मूर्खले शासन चलाए देश भयो अभमरो । २, तितेकरेलो हुन्छ गुणकारी ओखती गुणले भरिपूर्ण भ्रष्टाचारी देशलाई भारी। ३, फर्सी देख्दा राम्रो खोक्रो आदर्श जस्तै शासन व्यवस्था हाम्रो। ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, नदेउ ओठे जबाफ विवेक बन्धक भए देखिन्छ केवल रबाफ । २, बाँचौँ भई स्वाभिमान कमाउन इज्जत प्रतिष्ठा त्यागौँ सर्वत्र अभिमान । ३, परोपकार पवित्र कर्म निष्काम सेवा गर्नु हो मानव धर्म । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ) … १, बचाऔँ हाम्रो धरा रोपेर बिरुवा वरपर सबैतिर बनाऔँ हराभरा । २, सफासुग्घर छैन कतै वातावरण प्रदूषित हुन्छ फालेपछि फोहोर जताततै । ३, अचम्म देख्नु परेको सहयोग गर्दा मान्छे सम्झिन्छ चाकरी गरेको । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, नरुवाऊ है आमालाई मेहनत गरी देखाऊ खुसी मिल्छ मामालाई। २, आमाको वचन नकाट बुझेर पाइला चाल्नु दिएको चिनो नसाट। ३, फुटेको भाँडा नचलाउनु फेरि टुक्रेला नि मन कसैको नगलाउनु। ✍️राजेश्वरी राजोपाध्याय ललितपुर ::::::::जय झिल्का साहित्य ! ::::::::::
साप्ताहिक झिल्का लेखन अभ्यासको ५८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, निसानामा चेतना खुले तिम्रो रहर बन्थ्यो, सबैको हृदयभरि डुले । २, प्रकृति बाँच्ने आधार मानवमा मानवता भएमा, राम्रो देखिन्छ व्यवहार । ३, सरकारले नचाउॅंछ नाचल्लो उसैको कर्कश धुनमा, तालीले भ्याउॅंदछ उपल्लो । ✍️म्यामराज राई भोजपुर … १, नमानी कुनै डर, नबिर्से आफ्नो बाटो फर्केर आउनु घर ! ✍️आर्त अकुलीन … १, मायाले बेरेछ झन्झन घरबारबाट उम्कनै गाह्रो जालझेल सारा बन्धन । २, फसियो माया जालमा बाधा सिर्जना कोर्न नातिनातिना छन् साथमा । ३, तीर्थव्रत आकाशको तारा आवास छोड्न पाइन्न हातखुट्टा बाँध्यो सारा । ✍️भगवती दवाडी … १, मानिसमा चेतना हुन्छ भन्छन् सर्वश्रेष्ठ छौँ हामीलाई कसले छुन्छ? २, चेतनाको दियो बाल मनभित्रको कालो मैलो तुरुन्त अब फाल। ३, चेतना सदा खुलाऔॅं आफूलाई मानवता देखाउन हृदय त्यतै डुलाऔॅं । ✍️अर्जुन प्रसाद चौलागाई हाल – अमेरिका, बोस्टन … १, बोल्दा धेरै सोचेर आत्मा दुख्छ सबैको नबोल्नु प्याच्च घोचेर। २, रुन्छ सबैको मन नहेप देखेर गरिबी के काम धन ? ✍️चुडामणि देवकोटा पुरानो नैकाप काठमाडौँ … १, मेसो हराउँदै गयो हामी भ्रममा थियौँ आज उदाङ्ग भयो । २, गहिरो खाडल पर्यो यस्तै छ परिस्थिति पाउनेले खल्ती भर्यो । ३, बुझ्नु पर्ने कुरा जनताको चाहना अझै कहिले हुने पूरा ? ✍️पुष्पा राई खोटाङ … १, जब बिग्रिन्छ मति अहङ्कार बढ्दै जान्छ सुरु हुन्छ अधोगति । २, मान्छेको लालची मन सन्तुष्ट हुन्न कहिल्यै सदैव दरिद्र चिन्तन । ३, डोराउॅंदैछ हामीलाई जता ? डलरमा बिक्ने प्रवृत्ति दरिद्र हाम्रो मानसिकता । ✍️ज्ञानबहादुर क्षत्री, सन्धिखर्क – २, अर्घाखाँची … १, कुरा काट्दै नाचेर के पाए शत्रुले ? हिँडेकै छु बाँचेर । ✍️सरिता सेढाई धादिङ … १, नेपालको अन्तर्राष्ट्रिय बेइज्जत ठुला नेताहरूले गर्दा सुध्रेन हाम्रो आदत । २, वैदेशिक सहायता खाने नेताहरूले किन नबुझेको देश कतातिर लाने ? ३, वैदेशिक ऋण मागेर झ्वाम नपार आफैँ पुरै सीमा नागेर । ✍️बिपी लामिछाने दमक, झापा … १, उजाड भयो वन छैन बिरुवा रोप्नु रित्तियो नेपालीको धन ! ✍️धनमाया चौधरी कैलाली … १, अप्ठ्यारोमा छ देश सम्मान गरौँ यहाँले नबदलौँ आफ्नो भेष । ✍️दीप गोले तामाङ रौतहट … १, कतिसम्म लाचार बनेको छैन समाजको दृष्टिकोणमा, भ्रष्टाचारीलाई राम्रो भनेको। २, विकृतिको बाटोमा हिनेर आफ्नै इज्जत धरापमा, भ्रष्टाचारीलाई विश्वमा चिनेर। ✍️शंकर कार्की थाहा – ३, मकवानपुर … १, सुन्दैन जनताको कुरा देश लुटेराहरूले गर्दैन जनताको माग पूरा। २, पर्दैन माछा जालमा हिँड्नु हुन्न कहिल्यै सुरिएर अरूको तालमा। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐॅंसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर ) … १, वास्ता कसैले गर्दैन आफूभित्र भएको देशभक्ति त्यसै कहिल्यै मर्दैन। २, रोकियो विकासको गति निराशा छाउन थाल्यो पलाओस् सबैमा मति। ३, घामले उज्यालो फैलिन्छ जीवन रमाउँछ रङ्गमा प्रकृतिको गोदमा खेलिन्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ ) … १, आफैँ जग चल्दैन प्रभुको इच्छाबिना यहाँ नडराएमा छायाँले छल्दैन। २, मनुष्य योनी सफल पार्ने प्रयास गरौँ बनौँ नागरिक असल। ३, मात्र दियो बल्दैन चाहिने तेल बाती मृत्यु शाश्वत टल्दैन । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, हावाकै भरमा चल्यो हल्ला बनेर चौतर्फी हल्लाकै दीप जल्यो । २, समुन्द्रको नापतौल भएन यकिन गर्नसक्ने गरी कसैमाथि विश्वास रहेन । ३, कुरा घुमेको देखियो देश विदेशमा चौतर्फी यहि बटुलेर लेखियो । ✍️ईश्वर साउद ‘भिक्षु’ रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम … १, सरकारको नीति कस्तो गाह्रो भो गरिबलाई कडा फलाम जस्तो। ✍️निमा छिरिङ भोटिया जलढका, कालेबुङ … १, ढाकछोपमै छ रटान भ्रष्टकै पछि लाग्दै के गर्छौ बखान ? ✍️प्रेम थापा “मन” बागलुङ … १, हामीले पराईलाई खप्ने स्वतन्त्रता हाम्रो सपना सधैँ अरूको जप्ने । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३ … १, हटाऔॅं अज्ञानताको जालो शिक्षित बनाऔॅं देश अब तिम्रो पालो। २, प्रजातन्त्र आयो देशमा लुटेरा घुमेका देखिन्छन् आज बहुरूपीको भेषमा। ✍️बिके मुखिया वाङदे, दार्जिलिङ, भारत … १, उठौँ लागी परौँ मिलिजुली हामी सबैले प्रकृतिको रक्षा गरौँ । २, अरूको अगाडि हाँस्छन् हुँदा खाने मानिसहरू आँसु पिएर बास्छन् । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा … १, सपना सबै अधुरो सोचे झैँ रहिनछ जिन्दगी नै अपूरो । २, देशलाई खोक्रो बनाउन झोले, झ्याम्टे सामन्ती अगाडि बढ्छन् सघाउन । ३, उखान टुक्का नसुन सोझासिधा छन् जनता सपना पनि नबुन। ✍️कला ढकाल झापा … १, समयको निरन्तर यात्रा यहाँ बुझ्न नसके हुन्छ जीवनको जात्रा। २, आफूले आफैँलाई चिन्नुपर्छ भाव त्यागेर विकृतिको असल मार्ग हिँड्नुपर्छ। ३, जन्मेर एकदिन मरिन्छ यथार्थ तितो जीवनको बाँचुञ्जेल केही गरिन्छ । ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, फूल फुल्यो वनैमा बास्ना चल्यो हरर आनन्द छायो मनैमा। २, प्रकृतिको देन हाम्रो देखिन्छ चारैतिर हरियाली हेरिरहूँ लाग्ने राम्रो। ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६, संखुवासभा … १, सरकार ठिक्क टिकाउन जनचाहना बुझ्दैनन् कसैले उद्धत परनिर्भरता सिकाउन । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला … १, मानव जीवन पाए आफूलाई नचिनी यहाँ कसरी मनमा सजाए ? २, मानवमा दानव शक्ति छैन कर्तव्य मनभित्र उसैको गर्छ भक्ति । ✍️बिबा तामाङ दार्जिलिङ … १, जिन्दगी चलिरहेछ चलोस् नसोच कसैको बारेमा दिनहरू आफैँ ढलोस् । २, माया बाँडौँला आधा नछुटिने गरेर कहिले गाउॅंला प्रेमको गाथा। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, चञ्चल हावा तातो राजनीतिक गोरेटोमा धुँवा सत्ताको जानलाग्यो सातो। २, धन्दा अनेक चलाउने जनताको ढाड भाँचेर व्यापारमा पैसा कमाउने। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, अपराधी ढोँगीहरू सत्तामा मोज गरिरहेछन् ढुकुटी रित्याएर तलब भत्तामा । २, ज्वरो सॅंगसॅंगै रुघाखोकी फैलियो देशभरि भाइरस राष्ट्रिय रोग बोकी ! ✍️विवश पारदर्शी झापा … १, समयको जग चल्दा। सोचेको प्रक्रिया ढल्दोरहेछ , मानव अहम् जल्दा। ✍️टिकाराम पुन … १, जरुरत छ मेल बलियो एकताको लागि नखेलौँ झुटो खेल । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, आलु, गुन्द्रुक बनाई स्वाद फेर्छौँ मुखको , खान्छौँ जिब्रो पड्काई । २, जहिल्यै सागलाई पखालेर सुकाउँछौ घाममा हामी , राख्छौँ गुन्द्रुक हालेर । ३, आँखामा चस्मा नबेर भिटामिन प्राप्त पाए , साग खाऔॅं धेर। ✍️सीमा कार्की समर्पण मेलचोक, पर्सा … १, जागिरको विज्ञापन खुले पैसा कमाउनको लागि , सारा अफिसतिर डुले । ✍️श्रीकृष्ण धामी बझाङ … १, चलेको रहेछ लुकामारी साखुल्लेताभित्र छन् छद्मभेषामा गणतन्त्रको उपलब्धि कुटामारी। २, अझैसम्म झोलेहरू उफ्रिन्छन् बेहोसी अझै मस्तमा दिनहरू आइसक्यो कुप्रिन्छन्। ३, युवाहरू बिजुलीसँग चम्केका आउँदैछन् दिनहरू कठोरसँग अझैसम्म साँढेहरू लम्केका। ✍️घनश्याम पन्त हरिवन, सर्लाही … १, अर्काको खेदो खन्नेहरू कहिले अगाडि बढ्दैनन् जहिले मपाईं बन्नेहरू । ✍️विष्णु पंगेनी पाण्डे वालिङ्, स्याङ्जा … १, सलल बगेझैँ गण्डकी सपना बगेको देख्दा जिन्दगी ठानेँ बन्धकी l २, सपना सदैव अधुरो देखेपछि लाग्यो जिन्दगी रहेछ साँच्चिकै बबुरो l ३, सत्यको पछाडि लाग्दालाग्दै आधा उमेर खस्कियो सपनाको पछि भाग्दभाग्दै l ✍️बाबुराम गौतम गुल्मी … १, जिन्दगी तिम्रो फूल मेरो बिझाउने काँडा कसरी भएछ भुल । २, संसारको खुसी बन्नु मरेर पनि भोलि व्यर्थै बाँचे नभन्नु । ३, आकाशको तिमी तारा चम्कनु ज्वलन्त बनी प्रशंसा गरून् सारा । ✍️बिसु हाङ राई विराटनगर … १, डुबुल्की मार्न मन आध्यात्मिक रसको खड्कुलो किन्न चाँहिदैन धन ! २, अब मध्यान्ह भइसक्यो लोभको झोली उसले झन् किन कस्यो ? ३, एकले अर्कोतिर देखाउँदा हो भन्दै पत्याउछु आफैँले थाहा नपाउँदा । ✍️दीपा गुरुङ समभाव दुबेकोल, खोटाङ … १, हत्केलाले सूर्य छेकिॅंदैन त्यसै मर्दैन देशभक्ति दशा लागेको देखिॅंदैन । २, देश रोएको बेला रमिते बनेर नाच पर्नेछौ परिस्थितिको फेला ! ३, पाखण्डीमा धर्म हुँदैन अपराधको ओछ्यानमा सुत्दैछौ तिम्रो चिता रुँदैन ! ✍️ऋजु दिल्पाली इटहरी – १, हलगडा, सुनसरी … १, तपाईॅंको महिमा विशाल हामी सबै अज्ञानी रक्षा गर्नुहोस् महाकाल । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, यता निलो आकाश माघको हुस्सु जितेर मसक्क हेर्ने विश्वास । २, मन अमिलो हुँदा जीवन बिलिनु लाग्थ्यो चिसो रातमा रुँदा । ३ वसन्त शान्त बस्छ पालुवाको छ पर्खाइसहित शिशिर कक्र्याएर कस्छ । ✍️कमला पौडेल … १, हुन नपरोस् कहिले कुनै कुराको दासी स्वतन्त्र हुन्छु जहिले । २, छोडेर विगतको कुरा जिउनुपर्छ वर्तमानमा साथी गरेर सपना पूरा । ३, कसैको घिनलाग्दो स्वार्थ थाहा पाएपछि मैले लुकाउन सकिनँ यथार्थ । ✍️पृथक प्रकृति झापा … १, कस्तो हो समाज खालि आफूले मात्रै गर्न खोज्छ राज। २, हुन्छन् समस्याका खात गर्दै यावत् कुराहरू देखाउॅंछन् व्यर्थ औकात। ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका – २, सल्मा, जाजरकोट … १, ज्ञानको ज्योति जलाउँदा अन्धकार भाग्छ मनको, सपनामा उज्यालो छाउँदा । २, जीवनको अर्थ रोज्दा सत्यलाई आत्मसात् गर, आफैँलाई बुझ्न खोज्दा । ३, पर्खालले बाटो सर्दैमा आकाशमा घाम रोकिँदैन, साहसको भर पर्दैमा। ✍️नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर … १, जनताको मन जल्दैछ निर्जीव सरकार सत्तामा देशमा आगो बल्दैछ । २, दिनरात नभनी जुटेर भर्दैछ विदेशको ढुकुटी तीर्थधाम फटाफट लुटेर । ✍️राधा चाम्लिङ खोटाङ … १, स्वतन्त्रता के गर्नु? परिन्छ फेरि जालमा, प्रजातन्त्रलाई रूप फेर्नु। ✍️लोक वहादुर छेत्री लामिछाने मोदी – २, देउपुर, पर्वत … १ , ज्यान खोक्रो बनाई धेरैले भरिसके धोक्रो दिनदिनै अति सताइ । २ , अब रह्यो ज्ञान जिन्दगी सबै रित्याए बरु लिनु ज्यान । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, कालो कौवा करायो बिहान आगनको छेउमा मन मेरो डरायो । २, झ्यालैमा बसेर हेरेको झल्झली आउँछ सम्झना मायाले पटुकी बेरेको । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई ४ झापा … १, दु:खमा भएन साथ तमासा हेर्दै बस्यो आज ठोक्दैछ माथ ! २, मुटुमा हानेर छुरा दूर जाँदा निष्ठुरी रहे सपना अधुरा ! ३, भरियो हृदयको रह अनवरत बग्दा आँखा पोखियो मनको बह ! ✍️वसन्त अनुभव वसन्तविहार, दाङ … १, पर्यो पीडा झेल्न आँसुमा डुबेको जिन्दगीमा छोडेन दैवले खेल्न। २, मानवले मानवता नबुझ्ने अस्तित्व आधार खोज्दा भए परेली रुझ्ने । ३, देशमा छैन रोजगार खान लाउनकै समस्या सधैँ गरिबलाई भार । ✍️ललिता गिरी सिन्धुली … १, अब फागुन लाग्यो घामको ताप बढ्दै शिशिरको जाडो भाग्यो। २, हेमन्तको घाम घमाइलो घामछाँया जस्तै जिन्दगी हाँसीखेली बनाउनु रमाइलो। ✍️देव स्याङ्देन कालेबुङ … १, प्रकृति बाँच्ने आधार मानवीयता जोगाई राखौँ हुन्छ राम्रो व्यवहार। २, सबैमा चेतना छरौँ क्षणिक छ जिन्दगानी मानवीय व्यवहार गरौँ । ✍️कोपिला अधिकारी सिरानचोक, गोरखा … १, कसैको भरमा पर्दिन आफ्नै इच्छाले जिउने कसैलाई मनमानी गर्दिन । ✍️रमा गुरुङ सालुगडा सिलीगुडी … १, हिमाल जले जल, दाउरा जले खरानी जलमग्न जमेर भल। २, छोरो गर्छ चकचक टकटक सासु गर्छिन् ससुरो गर्छन् कचकच। ३, हिमाल टल्क्यो टिलिक्क झिलिक्क बिजुली बत्ती देखा पर्यो मिलिक्क। ✍️ज्योतिर्पाल सिलगडी – भारत … १, नबिगारौँ आफ्नो मति रिसमा रिस बढ्नेछ त्यसैले सुधार गति। २, दु:खमा देऊ, साथ आखिर मरिलानु के ? गर माया अगाध। ✍️दुर्गा भट्टराई मोरङ … १, कसैलाई मुठी दिने आफन्त भने भरिपूर्ण, कसैलाई चुटी लिने। २, विश्वास कतैबाट छैन कस्को भरपर्नु आजभोलि! आफ्नो सरकार हैन । ✍️ वेदु न्यौपाने … १, किन मन फाट्यो ? गोफ्लेगाला चाउरी परे , उमेरले नेटो काट्यो । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट ७, नवलपुर … १, काफल पाक्यो वनैमा वसन्तको फल हो खुसी छायो मनैमा। ✍️कमला देवकोटा पाला … १, वनमा न्याउली करायो खोलामा थुनिन्थ्यो दुवाली माछाका हुलहरू हरायो । २, बिहानी गौथलीको चिरबिरमा फूलेका छन् लालीगुँरास माथि अक्कारिलो भिरमा। ✍️श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर … १, ठुलाबडा सबै सरकारी छोई साध्य छैन बजार फलफूल तरकारी । २, भान्सामा चुलो बल्दैन भोको पेट भएपछि कोदालो त्यसै चल्दैन । ✍️जानुका बास्कोटा काठमाडौँ … १, आमा पहिलो साथी सन्तानलाई सर्वस्व ठान्ने भगवान्भन्दा हुन् माथि । २, गर्छिन् कामना चिरायु आमाको लागि सबै सन्तान हुन् प्राणवायु। ३, राख्ने एकसुत्र बाँधेर सधैँ परिवारलाई हाम्रो माया, प्रेमले साँधेर । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, हृदयमा प्रकृति सजाऔॅं संरक्षण गरौँ वातावरणको, वनपैदावार जलस्रोत बचॅाऔॅं । २, सही संरक्षण छैन रोपौँ अधिक रुख मूल कहिल्यै सुक्दैन । ३, समयले हामीलाई पर्खिॅंदैन सचेत भएमा हामी , बाढी पैह्रो फर्किॅंदैन । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, तातो आगोको रापमा आमाको प्रेम झल्किन्छ पाकेको श्रमको तापमा । २, आत्माको अमूल्य उपहार पाइॅंदैन वस्तु बजारमा खोजेर पनि बारम्बार । ३, सम्बन्ध हुँदैन गाँसेर भावना मिल्नु पर्दछ जीवन बितोस् हाँसेर। ✍️पद्मा काश्यप पाण्डे मोरङ … १, एक्लै हिॅंड्न रमाउँछु मनसॅंग खेल्न पाउँदा भावनाहरू बटुलेर समाउँछु। २, सत्यको बाटो सम्मान ज्ञानको थैलो भरिभराउ असत्यको बाटो नोक्सान। ३, झुक्याई हात तान्यौ नेपाल आमाको छोरीलाई धारिलो हतियारले हान्यौ। ✍️राजेश्वरी राजोपाध्याय ललितपुर … १, नयाँ पालुवा पलायो कुहुकुहु गर्दै कोइलीले वसन्त ऋतु बोलायो । २, पाखा, पखेरा पहाड नाङ्गिन्छिन् बोटबिरुवा वनमा देखिन्छ धरा उजाड । ३, मुटुमा छुरा रोपियो अपवित्र हातबाट जब सिन्दुर सिउँदोमा पोखियो । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
साप्ताहिक झिल्का लेखन अभ्यासको ५७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, माया अभिन्न अङ्ग देखाउन चाहेर नदेखिने, हृदयले पाउॅंदछ तरङ्ग । २, हामीभित्र बन्छ संसार तिमी ममा मिलेपछि बिनाकपट गरे व्यवहार । ३, सागरदेखि सगरसम्म फैलियो फूलको मगमग बास्नासरि, विश्वासमा खुल्यो मियो । ✍️म्यामराज राई भोजपुर … १, संसारलाई नियालेर हेर्दा मन तरङ्ग भएछ महिले सास फेर्दा । २, हामी मिले घर थोरै अगाडि पछाडि हेर्दाहेर्दै भए पर । ३, मन शान्त राखौँ प्रणय दिवसमा खाजा मगाएर थोरै चाखौँ । ✍️ वेदु न्यौपाने … १, नक्कली फूलले नहान मायाको पोको मनमा माया सस्तो नठान । २, मायाको सुन्दर संसार पक्का प्यार गाँसिदेऊ मजबुत बन्नेछ घरबार । ✍️रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर … १, अनायास रसाउछन नयन तिम्रो सम्झनाले होला, घाउ निको भयन। २, तड्पाउनु किन यति के बिगारे तिम्रो ? बिगार्यौ मेरो मति। ✍️कृष्ण शर्मा प्रतीक मोदि – ७, पर्वत राम्जा (हाल दुबई ) … १, कसिलो बनोस् माया जिन्दगी बनाउने दरो हुन एकार्काको छाया । २, दुई दिने चोला चिन्ता गर्ने किन ? कसलाई के होला ? ३, रापिएको जिन्दगी प्रेमिल कसिलो हुने गरी बन्दैछ दिनप्रतिदिन शिथिल । ✍️ईश्वर साउद ‘भिक्षु’ रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम अछाम … १, चर्चा हुन्छ मायाको औँठा छाप फरक दायाँ र बायाँको । २, कोइलीले गीत गाओस् । प्रेम सद्भाव भुवनमा, झाँगिदै झाँगिदै जाओस् । ३, बुझ्नु पनि कसरी ? बासुरीको धुन यहाँ, सुनिॅंदैछ थरी थरी । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल, खोटाङ … १, मायामै अडेको संसार देखाउन कति नमिल्ने याद आइरहन्छ बारम्बार। २, मायाको पखेटा ठुलो जति तन्काए तन्किने सिगार्ने आफ्नै चुलो। ३, माया बुझ्नु कसरी? एकैनास भयो भने याद घरी घरी । ✍️अर्जुन प्रसाद चौलागाई सुनापति – १, रामेछाप ( हालः-अमेरिका, बोस्टन ) … १, चर्चा सबैको हुन्छ मानवले बुझ्दैन यहाँ दु:खमा दिल रुन्छ । २, मानवले लेख्छ कथा कलमलाई थाहा हुन्न लेखकभित्रको एउटा व्यथा। ३, कलमको तागत हेर पत्रिकामा तिम्रो चेहरा नगर्नु पढ्नलाई बेर। ✍️सोमनाथ लुइटेल ‘रवि पाल्पाली’ पाल्पा … १, हिॅंडौँ प्रेमको बाटो आफ्नै देशमा फल्छ सुन विदेशको साटो। २, भए युवा देशविहीन देश पुग्यो भिरमा सोचौँ त एकछिन। ३, सपना भए पतन पसिना बिक्न छाड्यो सर्वमान भयो धन। ✍️सुरेशकुमार पाण्डे दाङ, घोराही १८ … १, मर्छु बरु झुक्दिन हुँ म नदी पारिलो घामले सुक्दिन। ✍️देवी पन्थी … १, हुँदैन बस्न नकारी अप्ठ्यारो भए बोक्नुपर्छ सबैले जिम्मेवारीको भारी । २, असल काम गर्नेको कमी छैन यहाँ समाजमा नाम छर्नेको । ✍️सरिता सेढाई धादिङ … १, प्रेम आफैँलाई गर्नु आफ्नै भरोसा परेर आफैँमा खुसी भर्नु । २, खुसी खोसेर लिन्छन् अरूमा नपर्नु भर जीवनभरि पीडा दिन्छन् । ✍️पुष्पा राई खोटाङ … १, भेटघाट लाखौँ हुन्छ मेरो रोजाइ तिमी, नछाडे मन रुन्छ। २, सबैलाई सम्झने भए प्रेम दिवस गयो, पर्खाइमा जिन्दगी गए। ✍️शंकर कार्की थाहा – ३, मकवानपुर … १, सहयोगी हात बढाऊ मायाममता र दानले इज्जत प्रतिष्ठा कमाऊ । २, लुच्याइँ, फट्याइँ छोडेर रोजौँ सद्गुण सेवा जगमा मानवता जगाएर। ३, धनले मात्र हैन बन मनले धनी नत्र नाम रहँदैन। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ ) … १, अदृश्य हुन्छ माया भरोसा छैन कसैको माया होस् काया । २, सबैलाई प्रेमले हेर नबस भएर काँडा प्रेमले छुनु एकफेर । ✍️बिबा तामाङ दार्जिलिङ … १, छैन केही अमर माया पिरतीको कुरा छोडेर गर्छन् समर । २, दुई दिनको चोला मायामा रमाउन नजानी दम्भमा जाकिएको होला । ३, मान्छेको जीवन खास बाँच्न जाने सबैले जाँदैन खेर विश्वास । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, मन मुटु खोलिदेऊ कति चुप बस्छौ ? अब त बोलिदेऊ । २, प्रेम दिवसको नाममा देखावटी माया देखाउॅंछन् नफस्नुहोस् यस्ता काममा । ३, गहभरि छ आँसु देखावटी रूपमा मात्र कसरी म हासूँ ? ✍️हिरामाया श्रेष्ठ … १, कस्तो राम्रो दरबार छाडा संस्कृतिले नेपालीको बिग्रेको छ घरबार । २, छैन यिनमा सास लुटेरै देश सिध्यायो कसरी गरौँ विश्वास । ✍️ दीप गोले तामाङ रौतहट … १, परेली झिम्क्याई मुस्कुराउँथ्यौ नजिक आउन खोजेपछि तिमी भुतुक्कै लजाउँथ्यौ। २, बहाना बनाएर पधेँरामा गाग्री मस्काएर बस्थ्यौ मलाई पर्खिएर अँधेरामा। ३, जवानीका अङ्गहरू चम्केका हेराइमा मौनताको सीमा मेरा नजरहरू लम्केका। ✍️घनश्याम पन्त हरिवन, सर्लाही … १, प्रेमको मिठो बहार मिलेर दुई जोडी सजाऊ हाम्रो संसार । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, कसैको शरण पर्दिन सत्य वचन बोल्नलाई म पछाडि सर्दिन । ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, बुझिनसक्नु नेपालको राजनीति देश विकाश नहुने अचम्मको देखियो गतिविधि । २, निराशमा गरिब, दुःखी महॅंगी बढेको देखेर विकास छैन जनमुखी । ३, भ्यागुतो उफ्रिन्छ पोखरीभित्र संसार उसकै भनेर देख्छ चारैतिर विचित्र । ✍️बिपी लामिछाने दमक, झापा … १, तिमिले भन्छ्यौ माया। मायाले खान पुग्दैन, अॅंध्यारोमा सकियो छाया। २, स्वार्थी भयो दुनियाँ । सोझो औॅंला सकियो, ब्रह्मलुट गर्दै ‘भुनियाँ’ । ३, छउन्जेल सबै मेरी छैनन् गेडी जहाँ , हिॅंड्छन् बन्द गरी । ✍️टिकाराम पुन टिपु सल्यान … १, मानिसको प्रेममा भङ्ग प्रभु प्रेमले भर्नेछ मानिस जीवनमा रङ्ग । २, कुकर्मले बेकार हँसाउनु सन्तोषी परम् सुखी अनायासै किन कराउनु । ३, दण्ड आफ्नै ढङ्गले चरित्र कस्तो हुनेछ जस्तो यहाँ सङ्गले । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, नगर तिमी कर नजानेको त्यो गाँउमा हुँदैन कुनै भर। २, धन हो मैला नराख समातेर तिमी अरूको धनको थैला। ३, मनको मिठो कुरा चिप्लो छैन मेरो नचलाऊ तिमी छुरा। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, समर्पण र त्याग मूल सिद्धान्त मायाको समयको हो माग ! २, दुई धड्कन एक सफल हुन्छ मायामा साना कुरा एकेक ! ३, काँडा होइन फूल माया हो संसारमा जीवन सृष्टिको मूल ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही … १, प्रेम प्रगाढ बनाऔॅं सम्बन्ध जीवन्त रहोस् आपसमा खुसीयाली मनाऔॅं । २, मायाले अडेको सन्सार नबनाउनु कसैले पनि धन कमाउने भन्सार । ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर ) … १, बाहिर घुम्न जाँदा पेट हुन्न गडबढी , घरबाटै खाना लाँदा। २, कहिलेकाहीँ पिजा खाऔॅं ठाउँ अनुसारको आभूषण, पहिरिएर घुम्न जाऔॅं । ३, ईश्वरको गर्दा ध्यान बढ्छ आत्मा शक्ति, गुरुबाट लिँदा ज्ञान । ✍️सीमा कार्की समार्पण मेलचोक, पर्सा … १, बन्नु सधैँ राम्रो असल कर्म गर्नु कर्तव्य हो हाम्रो। २, होइन कसैको संसार गरेर काम नराम्रो नबन यसरी लाचार। ✍️काजल न्यौपाने भोजपुर … १, जीवन चञ्चल छाया सुन्दरता खोज्दा अड्किन्छ, बगिरहने प्रवाहमय माया । २, अश्रु खस्यो गालामा मायाको न्यानोपन सम्झी, आँखा पर्यो मालामा । ३, तिम्रो मौनताको मन आँखाभरि पढ्न खोजेँ, झल्झली देखेँ धन । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । … १, पाश्चात्य सभ्यताको उपहार नेपालीको गलपासो भइदियो झाँगिदै छ सदाबहार। २, मायाको परिभाषा बुझ्नुपर्छ सम्बन्ध जुनी जुनीको समर्पणको झरीमा भिज्नुपर्छ। ३, एक अर्काको हात सधैँ मिली रहोस् दुख सुखमा साथ। ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, फेरि नगर्नु गर्यौ पानीमाथि ओभानो बनी भ्रम पनि छर्यौ । ✍️प्रेम थापा “मन” बागलुङ … १, साँचो माया लगाउनेले गर्दैन कहिल्यै घात बाबा आमा पाउनेले । ✍️सावित्री प्याकुरेल धादिङ … १, नेताले बेचिन्छ भन्दैछ नेपाल, भारत राज्यको उनन्तिसौँ प्रान्त बन्दैछ ! २, नेपाली खेदाउने अठोटमा षड्यन्त्र भारतीय भित्र्याउने बहुमत पुर्याउन भोटमा ! ✍️विवश पारदर्शी झापा … १, जीवन फूल भन्छन् सोचेर पाइला चालौँ आफ्नैहरू दुश्मन बन्छन्। २, पैसाले दुश्मन बनाउँछ बन्द हुन्छ बोलीचाली मूर्खले उपस्थिति जनाउँछ। ✍️चुडामणी देवकोटा पुरानो नैकाप, काठमाडौँ … १, माया पिरती लाउन पर्दैन थियो उहिले गुलाफ बोकेर धाउन। २, कस्तो समय आयो ? प्रेम दिवस भन्दै गुलाफ बोकी धायो। ३, मायाले जितिन्छ काया लगेमा कुप्रथा भित्र्याउँदै रित्तिन्छ संसारमा माया। ✍️अरुण कुमार भुजेल गोरूबथान, भारत … १, भावनामा नजिक रहनु साहित्यिक भाषामार्फत अब मनको कुरा कहनु। ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, फूल दिने दिवस नौटङ्की भित्ता रङ्ग्याउने एक्लिन पार्क्ने विवश । २, प्यारो देशको माटो सिॅंचिनु छ पसिना खाएर खोले आँटो । ३, छैन चुस्नेको कमी श्रम पसिना जनको रमाउॅंछन् उल्टै जमी । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी – ५, जुम्ला … १, मायाले संसार जितिन्छ मनमुटाउ भएमा घरको सारा संस्कार मिचिन्छ l २, अन्त नलगाउनु नजर अन्तर्भेद खुल्यो भने परिवार बन्छ बगर l ३, ल्याएर खुसीको बहार जीवन सार्थक बनाऔॅं सजाएर आफ्नै संसार l ✍️बाबुराम गौतम गुल्मी … १, बाहिर चिटिक्क टल्कने लुकेको हुन्छ कहानी भित्र आगो सल्कने । २, मुखले ठिक्क पारेर चिल्लो बोलीले चिल्याउॅंदै पुर्याउॅंछ सधैँ टारेर । ✍️राधा चाम्लिङ खोटाङ … १, गरिबको माया सस्तो भनिदेऊ, ए हजुर ! धनीको मन कस्तो । २, कसुर नयनको थियो आखिर सजाय त जिन्दगीले जिम्मा लियो । ३, धेरै अभाव भोगियो मनको बह झिल्कामा शब्द शब्दमा पोखियो। ✍️कला ढकाल झापा … १, प्रकृतिको सुन्दर रचना गर्नुहुन्न कसैले खेलाँची नहोस् देखावटी थपना । २, नपार्नु दुनियाँ भयभीत जिउने अवस्था बिथोली सभ्य जिन्दगी विपरित । ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, प्रेम सधैँ मनाउनु हैन एकदिनको दिवस प्रेमिल सदा जनाउनु । २, देखावटी माया चाहिन्न एकदिन फूल दिॅंदैमा मायाको अर्थ पाइन्न। ✍️दुर्गा आचार्य मोरङ … १, सिरिर्र चल्यो बतास साउती मार्यो कसैले देखियो ऊ हतास । २, भुनभुन गर्छ भमरा फूल मुस्कुराउन थाले झुले डाली लहरा । ३, जीवन कर्कलाको पानी बुझ्न सकिएन भने निरर्थक बालुवामा लगानी । ✍️शुक्रराज कुँवर धरान – १० … १, जिन्दगीमा ठुलो माया नभए जीवन अधुरो निराशा आफ्नो छाया । २, हुन्न केही डर हुँदा आपनत्व साथमा लाग्दैन अरूको भर। ३, धनै हातको मैला किन धेरै चाहियो ? नराख लुकाएर थैला । ✍️दुर्गा भट्टराई मोरङ … १, जताततै अत्याचार भयो देवभूमि कसरी भनौँ ? इज्जत स्वाभिमान गयो । २, लोभले भयौ गोठालो इसारा भुल्यौ भने समाउँछ मालिकले कठालो । ३, भए पो जान्छ ! छैन लाज सरम अब के लान्छ ? ✍️ऋजु दिल्पाली इटहरी – १, हलगडा, सुनसरी … १, मायाले मायाको चिनो, दुःखमा साथ दिए, पुग्छ बोले मसिनो । २, खासमा संसार यस्तै , स्वार्थमा अडेको माया, कर्कलाको पानी जस्तै। ३, मिठा मिठा कुरा, क्षणिक हुने किन? जीवन बिताउदा अधुरा। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, गरेर देशमा शासन सबै समान नहुने, नियम भयो उल्लङ्घन । २, लाएर छाप जातको गरेर शासन सोझाको गरौँ मानवीय बातको । ३, आस लाग्दै आयो सबै शिक्षित भएर सही धुन गायो । ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’ मादी – ५, सङ्खुवासभा ( हाल धरान – ८, सुनसरी ) … १, लागेर लामो लर्को चोर औॅंला ठड्याइ नगर गाली चर्को । २, सधैँ महॅंगीको मार कति बोक्ने जनताले ? गरुङ्गो त्यो भार । ३, देखियो बुद्धि छोटो भनाइ गराइ फरक रहेछ विचार खोटो । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर ) … १, पिरतीको सुन्दर फूल फुलेर आज चारैतिर बहन्छ प्रेमिल मूल ! ✍️आर्त अकुलीन … १, अचम्मको छ कुरो डुबे भने मायामा हुन्छन् अति सुरो । २, छर्नुपर्दैन मायाको बीउ सदुपयोग भएन भने बरु फाल्छन् जीउ। ✍️ कोपिला अधिकारी सिरानचोक, गोरखा … १, भन्छौँ प्रेम गरम मत दोधारमा परे हो कतै भ्रम । २, बनाएर जान्छौँ उधारो मायामा गोली मारी दासी सिकारीले तारो। ✍️चन्द्रकली राना मगर प्युठान … १, मन नगरी दायाँबायाँ, एकबारको सुनौलो जीवनमा, लगाउनु चोखो माया। २, गरी भलो काम, छोडी जाने संसारमा, अमर राख्नु नाम। ✍️देव स्याङ्देन कालेबुङ … १, फूलको हत्या गरेर मनाउॅंछन् पर्व प्रेमको विकृति विसङ्गति छरेर। २, मौलिकता मासेर पहिचान तेल पेलेर बालुवा दगुर्नु नछामी कान। ✍️बिमल पोखरेल धरान – १७, पटनाली … १, सबथोक खोज्छन् राम्रो आफ्नै मुखको बोली हुन्छ तर चाम्रो। २, शब्दले आँसु झर्छ तानतुन पारी फाटेको मन आफैँले टाल्नुपर्छ। ३, देखाउन फोस्रो हाँस्नुपर्ने तिलाञ्जली दिएर आफ्नो इच्छा बाँचेर गर्ने । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, सम्बन्धमा आउँछ दरार दाजुभाइ आफ्नै फुटेमा कसरी बन्छ घरबार । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई – ४, झापा … १, लड्नुपर्छ कुरीतिमाथिको समर सभ्यताको जग बसालेर बन्नुपर्छ अनन्तसम्म अमर । ✍️हितमान छन्त्याल ‘सहोदर’ पोखरा , कास्की … १, लोकगीतहरू धमाल गाउँदै होलीमा नाच्न आउनु बाँसुरीसँगै डम्फु बजाउँदै । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, माया जिउने आधार कर्तव्य पूरा गरेमा , लक्ष्य हुन्छ साकार । २, बाँडेर सकिॅंदैन माया रोकिॅंदैन कहिल्यै समय सदैव घाम छाया । ३, विश्वास हृदयमा हुन्छ निस्वार्थी मायाले सधैँ धर्ती आकाश छुन्छ। ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, जलेर छाती खरानी मुटु जल्न सकेन शीतले पखाल्यो बिहानी। २, सम्झनाहरू जब बल्झियो जिन्दगी निरासित बन्छ अतितसित आफैँ तर्कियो। ३, रमाउँछौ हामी फगतमा बलिदानको महत्व रहेन सिमाना रङ्गियो रगतमा। ✍️दिल ठकुरी … १, उनी जब आउॅंछे गुराँस आफैँ हाँसे कोइली गीत गाउॅंछे । २, काफल के कम ? फुल्छ तिम्रै साथमा वसन्त अति मनोरम। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा १४ … १, मन हुन्छ प्रसन्न कलकल बगेको पानी पिउँछु जब टन्न । २, बस्छु बाटो हेरेर कतैबाट नहोस् धोका राख्छु मायाले बेरेर । ३, कस्तो साथ पाएँ चिन्न नसकेर आनीबानी दु:ख हन्डर खाएँ । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, आमाको रोजाइ पक्का जिन्दगी सफल बनाउन जानिफकार हुँदा धक्का । २, प्रसुती पीडा नबल्झाऊ बेहोसमा पनि तिमीले जिउँदै मुटु नसल्काऊ । ३, धित नमर्ने गीत गाउँछन् उहिलेका कलाकार अहिले नसुहाउने रित। ✍️राजेश्वरी राजोपाध्याय ललितपुर
साप्ताहिक झिल्का लेखन अभ्यासको ५६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, कर्मठ पाखुरीमा सुतेर डाहा गर्छौ तिमी, फलदायी फल देखेर । २, बोल्नु, गर्नु अलग दुई ध्रुव चुम्बकका, बनाऔॅं पहिले जग । ३, बिनादोष टोक्नु किन ? बैगुनीलाई गुन लगाऔॅं, हुनसक्छ नसकेको सम्हालिन । ✍️म्यामराज राई भोजपुर … १, धनले मन तानेपछि मायाको के अर्थ ? तिम्रो चलखेल जानेपछि। २, रहेन भाग्यले जुराएको तिमीले बाटो मोडिहाल्यौ, व्यर्थै किन कुराएको। ✍️कृष्ण शर्मा ‘प्रतीक’ मोदि – ७,पर्वत, (हाल: दुबई ) … १, तिमीले कुरा बुझिनौ म मात्र बोलिरहेँ कुनै जबाफ दिइनौ। २, जबाफको छ खाँचो मसँग केही छैन तिमीसँगै छ साँचो। ३, सिकौँ हुन कर्मठ काम पूरा हुनलाई गरेर हुन्न हठ। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका, बोस्टन … १, गर्नुछ आफ्नै कर्म पिछा नलाग्नु अरूको मानवता मान्छेको धर्म । २, जीवन खुसी हुन्छ आफैमा रमाउन थाल्नु प्रार्थना तब सुन्छ । ३, हरेक बाटोमा भेटिन्छ वास्ता नगर्नु कसैको अनावश्यक मन रेटिन्छ । ✍️पुष्पा राई खोटाङ … १, भ्रष्टाचार जताततै बढ्दैछ सदनमा बस्नेको मन कतातिर आज गढ्दैछ ? ✍️कला ढकाल झापा … १, भयो जिन्दगी धराप वर्षदिन बोलिनन् श्रीमती लाग्यो उनैको सराप। २, पैसाले बनायो पराई तिमीले दिएको चिनो लगाई रहेछु नहराई। ✍️चुडामणी देवकोटा पुरानोनैकाप, काठमाडौँ … १, सुनिॅंदैन दु:खीको आवाज सपथ खाएका हातहरू बिक्छ दौलतमा समाज। २, तिमी बहिरो नबनिदेऊ अन्यायीको आवाज सुन सत्य तथ्य भनिदेऊ। ३, सत्यका गाथाहरू देखिदेऊ बनेर दुर्बलका आवाज इतिहास तिमीले लेखिदेऊ। ✍️सतीश पण्डित भानु – ६, चुम्हदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ ) … १, आफ्नै पर्नु भर सफल हुन्छ पक्कै हटाउनुपर्छ लाज डर । २, फैलिन्छ भ्रष्टको जालो लोभ अनि लालचले गराउँछ मन कालो । ३, निरन्तर मेहनत गरौँ सपना पुरा गर्न सधैँ अगाडि सरौँ । ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, बगेको खोला फर्किन्न जीवन छोटो रहेछ कसैसित बोल्दा झर्किन्न । २, अल्छी नबन्नु कहिले गर्नेले साहित्य सिर्जना चेतना छर्दछ जहिले। ३, चिसोले बिरामी बनायो नौलो सिर्जना गर्न हालमा जाँगर हरायो । ✍️भगवती दवाडी … १, लगाम लगाएर जिन्दगीलाई गर्दैछु लामो यात्रा पीडाको ढोल बजाई। २, सुख मिल्ने आसमा उडिरहेछ यो मन बादल जस्तै आकाशमा। ✍️सरिता सेढाई धादिङ … १, उनेर काव्य सारा चम्किन्छ कवि मन बनेर सुन्दर तारा। ✍️ताराप्रसाद चापागाईँ धुनिबेसी … १, खै देशको माटो आमा चिनेनौ तिमीले भत्कायौ स्वाभिमानको बाटो ! २, झुट्टा आरोप खेपेर सकिँदैन सहेर बस्न अन्याय अत्याचार चेपेर ! ३, जिन्दगी सधैँको फिका हैकमवादको दलदलमा बस्छु पिउॅंदै आँसुका ढिका ! ✍️ऋजु दिल्पाली इटहरी – १, सुनसरी … १, यस्तै छ चलन , आफैँ गर्न नसकेपछि अनि हुन्छ जलन । २, कर्म पथमा लाग्नुपर्छ । सफलता पाउनु, नपाउनु भाग्यले निर्धारण गर्छ । ३, अविरल रूपमा बगिरहन्छु । कहिले खोला त , कहिले नदी बन्छु । ✍️दीपा गुरुङ समभाव दुबेकोल, खोटाङ … १, लेखौँ सकरात्मक कुरा तब मात्र हुन्छ साहित्यकारको यात्रा पूरा। २, बुद्धि कहिल्यै नगिराऔॅं यद्यपि गिरेको भए आफैले सोचेर फिराऔॅं। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३, खोटाङ ( हाल भक्तपुर ) … १, हार गुहारको कथा सुन्दा लेख्छ मन मनभित्र दुखी व्यथा । २, जितको हार भएको देखियो हिजोआज यहाँ दु:ख, कष्ट भोगेको । ३, स्वाभिमानीको आयो कुरा गर्दागर्दै फरक भयो शिर पाउ पूरा । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम … १, सेवा हो कर्म गर्नुपर्छ हामी सबैले पाइन्छ सधैँ धर्म । २, देश हाम्रो आमा गरौँ सेवा सधैँ सपना बनाऔँ लामा । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, भनेर मात्र नहुने अचम्म रहेछ मन अरूको कुराले नछुने । ✍️प्रेम थापा “मन” बागलुङ … १, बैगुनीलाई गुनले गालौँ पथभ्रष्ट व्यक्तिलाई उकास्न आजैदेखि कदम चालौँ । २, सियो बनेर पस्छन् थोरै सम्हालिन सिकेपछि मर्यादामा छुरा धस्छन् l ३, जमाना छ उल्टो ज्ञान दिन खोज्नेलाई पारिन्छ छोपेर गुजुल्टो l ✍️बाबुराम गौतम गुल्मी … १, कति भयो मैला नगरी कसरी भनूँ भरिएको छैन थैला। २, कति दिने धन भयो भनी तिमी हेरौँ होला मन। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ, भारत … १, कर्म गरौँ सेवा आश नगरे पनि पाइनेछ अवश्य मेवा । २, मौसमको भर हुन्न छिनमै बदलिन्छन् फेरि पत्थरको मुटुलाई छुन्न । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५, जुम्ला … १, दुष्टले थाप्दछ जाल त्यसैले सजग रहौँ बुझौँ उसको चाल। २, समय नआउने फर्केर आएका समस्या आफै कतै जाँदैन तर्केर । ३, प्रभुलाई नबिर्सौँ कलीमा अहङ्कारीको रहन्छ ताल विश्वास किन बलीमा । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, रमाउन भनेर कमायो चालिस काटुन्जेल सम्ममा रोगै रोगले समायो ! २, जीवन फक्रेको फूल जस्तै परिस्थिति आएपनि हाँस्न चाहिँ नभुल ! ३, आँगनीमा बिस्कुन सुकाई बनाउँला परिकार भनी जिउनुपर्छ दुःख लुकाई ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, झुल्के घाम उदायो यो उदाउँदो घामसँगै मलाई धेरैतिर कुदायो। २, घाम लाग्यो घमाइलो डाँडाकाँडा पनि देखिए अति सारै रमाइलो। ३, नपरोस् लुटेराका आँखा यो तपोभूमि नेपालको यति सुन्दर भिरपाखा। ✍️सतीश सिकारु चुँदी, तनहूँ … १, आफैँ ढुकुटी भर अरूको भरमा नपरी स्वयम् परिश्रम गर । २, आफू श्रम नगर्ने प्रगति र उन्नति अरूको देखेर जलिमर्ने ? ✍️विवश पारदर्शी झापा … १, कागको फुल चोर्ने कोइलीको बुद्धि हेर आफ्नै घर फोर्ने। २, बकुल्लाको सेतो रूप व्यवहार छ कालो धक्कु लगाउॅंछ खुब। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, चलेको चलन राम्रो आफ्नो संस्कृति असल सरल भाषा हाम्रो। २, खुसीले गरौँ आराम कठिन छैन कुनै सजिलो हुन्छ काम। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, नशालु तिम्रा नयन हजारौँ मान्छेको भिडमा तिमी मेरो चयन । २, मुसुक्क हाँसेको चित्र कुँदिएर बसेको अति हृदयको कोमल पत्रभित्र । ३, धुम्म भयो गगन हरायो सपना सबै आएन कुनै लगन । ✍️शुक्रराज कुँवर धरान – १०, सुनसरी … १, बिताउॅंछु दिन गनेर ए प्यारो मान्छे ! तिमी आउॅंछौ भनेर । २, अकाशमा जून तारा पृथ्वीमा मात्रै तिमी मेरो एउटै सहारा । ३, झिल्कामा तिमी आउॅंछौ सुस्तरी कानमा आई प्रीतिको गीत गाउॅंछौ । ✍️ध्रुव श्रेष्ठ खोटाङ … १, घाम लाग्ने सबेरै जमिन तात्यो छिटो तराईमा गर्मी धेरै। २, शितल कपडा लाऊ गर्मी रोक्नको लागि , धेरै चिसो नखाऊ । ३, घामले अनुहार जल्छ मध्यान्नमा काम गर्दा, शरिर हाम्रो गल्छ । ✍️सीमा कार्की समर्पण मेलचोक, पर्सा … १, हिमालमा धान झुलाउँछन् गरेछन् अहिले प्रगति तराईमा काँस फुलाउँछन् । २, युवालाई विदेश डुलाउँछन् पारिवारिक समृद्ध ल्याउँदै वृद्धवृद्धालाई आश्रममा भुलाउँछन् । ३, मान्छे नेपालमा भयो देश विकास गर्न पैसा विदेशमा गयो । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, सक्छौ भने तिमी फूल रोपी दिनु, सुन्दर हुन्छ जिमी । २, फूलको बन माली । सफलता तिम्रै हातको, दुनियाँमा बज्छ ताली । ३, सके मण्डपमा सजाउॅंला एउटा फूल मेरो, नसके चितामा चढाउॅंला। ✍️टिकाराम पुन टिपु सल्यान … १, कसैसँग छैन डाहा हिउँदमा सुकौरो खोला कसरी मार्ने पाहा । २, सत्यको विजय हुन्छ निस्वार्थ कर्म गर्नाले ईश्वरले अवश्य सुन्छ । ३, बैगुनीलाई गुणले मार्नु देखासिकी नगरौँ भन्छु बिस्तारै पाइला सार्नु । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, तिम्रा लागि फूल साँचेर राखेको छु जताततै भमराको हुल । २, माया प्रेमका कुरा मिठो हुन्छ हजुर बुढा हुन भुरा । ३, म नेपालकी चेली मलाई डाँडाकाँडा प्यारो सुन्दिन विदेशको नालीबेली । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ … १, म छैन प्यासी मात्र भाइचारा हो फेरि नठान्नु दासी । २, स्वतन्त्रता र स्वछन्दता अलग कुरा भए अनुशासनमा हुन्छ सुन्दरता । ३, नियम कानुन ऐन नपाए जनताले भन्छन् ठुल्ठुलालाई मात्र चैन । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, उसैले घात गर्छ जसलाई विश्वास गर्यो अनि मन मर्छ। २, जीवन घाम छाया मुखमा हुँदैन महोदय मनमा हुन्छ माया । ✍️सावित्री प्याकुरेल धादिङ … १, कर्म गरे धर्म नगर्नु मन पोली बुझिदिनु अरूको मर्म । ✍️बिबा तामाङ दार्जिलिङ … १, भावनामा नजिक रहनु साहित्यिक भाषामार्फत सबै मनको कुरा कहनु। ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, जातपात सबै सहेर, एकदिन पर्खेर हेरौँ समान हुने भनेर । २, खराब बानी लागेर सम्मान हुन गारो संविधान फितलो भएर । ३, अब अवश्य बुझिसकेर साथ नदिएर सहनु अवश्य आँखा खोलेर । ✍️भोलामान बर्देवा ‘बैरागी माइलो’ मादी – ५, सङ्खुवासभा (हाल धरान – ८, सुनसरी ) … १, सबैको भलो चिताऊ छोटो छ जिन्दगानी हाँस्दै खेल्दै बिताऊ। २, खाडल खन्ने गर्छौ अरूलाई धराप थाप्दा आफै त्यसमा पर्छौ। ✍️अरुण कुमार भुजेल गोरूबथान, भारत … १, राखेमा सबैलाई दिलमा पक्कै मिल्छ आशीर्वाद पुगिन्छ सफलताको मञ्जिलमा । ✍️सुरेश विश्वकर्मा डोटी … १, जनतामा सुशासनको चाहना अद्भुत क्षमताका राजनेता युवालाई स्वीकार्ने आफ्नोपना । २, अधोगति शासकमा देखियो आजित जनताहरू सडकमा युवाशक्तिको भविष्य लेखियो। ३, सडेको गिदीले भ्याएन शासन एक्काईसौं शताब्दीको सदनमा उँघेकोले सुहाएन। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, रहुन्जेल पाखुरीमा बल हिम्मत जाँगर जुटाई माटोमा गर्नु मलजल। २, बगेको खोला फर्कन्न कर्ममा ढिलाई नहोस् समयले कहिल्यै पर्खन्न। ३, मानव रूपी चोला असल कर्म गर्नु जीवन सफल होला। ✍️सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, सृजना धर्तीमा रोपौँला भित्री मनको पीडालाई साहित्यिक भाषामा पोखौँला । २, आँसु झार्नु हुँदैन साहसी बन्नु सिक्नुहोस् कसैको मानले छुँदैन । ✍️राधा चाम्लिङ खोटाङ … १, सितलु वरपिपल छाया, झरनाको कञ्चन पानीझैँ चोखो हाम्रो माया ! ✍️आर्त अकुलीन … १, बल हुन्जेल काम दु:ख नगरी बसे कसरी खान्छ माम । २, असल काम गरौँ असाहयको सेवा गर्न कसैको भर नपरौँ । ३, पढेर बनौँ महान् कोसिस गर धेरै तर नदेखाऊ बलवान् । ✍️रमा गुरुङ सालुगडा सिलीगुडी … १, अर्जन गरेको ज्ञान अक्षरमा सीमित भए, के रहन्छ मान ? २, कुरो मात्रै हरियो व्यवहार अन्धकारमा डुबेछ, खोक्रो आश्वासनमा परियो । ३, साँघुरो दृष्टिकोणको साटो उदार दिल बनाए सफा बन्छ बाटो । ✍️नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । … १, तिम्रो अत्याचार रोक, स्वतन्त्र बाँच्न देऊ, जनताको सपना बोक। २, अन्यायको बाटो नदेख। स्वाभिमान उठ्न देऊ, अधिकारको बाटो नछेक। ३, आवाज दबाइ नथिच। सत्यमाथि जित्न देऊ, निष्पक्षता फेरि नमिच। ✍️शैलेन्द्र … १, वारि रह्यो वरपिपल पारि बसेका रहेछन् आफ्नै छायामा सितल। २, माया नौलो हुँदैन माया लाउन केहीले पनि जगत्मा छुँदैन । ३, पर्छ पीर कतिको ? नौलो माया छउन्जेल छुरी धसे जतिको । ✍️वेदु न्यौपाने … १, अमिल्दो हुनुहुन्न जोरीपारी आपसमा मिलीजुली बोक्दा हलुँगो भइदिन्छ भारीतारी । २, साँधमा बगेको पानीढलो वरपर सबैलाई आवश्यक नगरौं बेकारमा खिचलो । ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, तपाईले पढनुपर्छ धेरै आइपुगेको छ इम्तिहान उठनुहोस् बिहान सबेरै । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, मनमा माया भएर मैले बोलाए इसाराले लसक्क छेउमा गएर। २, मलाई सकेनौँ बुझ्नलाई ढिलो भयो आखिर हिॅंड्ने बिलौना गाई। ✍️दुर्गा आचार्य मोरङ … १, कर्म नै धन चलाउ पाखुरा माटोमा सधैँ लगाएर मन । २, बुझ देशको माटोलाई नहिॅंड बिल्टुवा बनी सम्झ बारीको पाटोलाई । ✍️दुर्गा भट्टराई मोरङ … १, के लेखौँ भएको झिल्का कविता आज मन अन्तै गएको । २, साँझै पर्यो आज हेर झिल्का कवितामा के होला राज ? ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, छैन टाढा भएको तिमी बदलिनु रहेछ, लाग्दैन दुख गएको। २, कुर्नुपर्ने समय कुरेर प्रतीक्षा धेरै गरे, आएन समय जुरेर। ✍️शङकर कार्की थाहा ३ मकवानपुर । … १, तिमीले बोलेको कुरा नबनोस् कसैको पनि मन रेट्ने छुरा। २, पीडा आँसुले धुन्छ व्यथा लुकाएर बाबा बिनाआँसु पनि रुन्छ। ✍️अनमोल राई … १, गुट अनि फुट होइन शक्ति आर्जन चाहना केवल ब्रम्हलुट । २, बनेर पदका भोका नाटक, नौटङ्की देखाई नदेउ जनतालाई धोका । ३, देखिन्छ निरङ्कुशताको गन्ध कारण सत्ता उन्मादको नबनोस् बिष मन्द ! ✍️जयनारायण नेपाल इलाम, (हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर ) … १, हामी गोर्खाली वीर, आफ्नो स्वाभिमानमा जिउने, झुक्दैन कहिले शिर। २, खानु मिठो खीर, बाँचुन्जेल हाँसखेल गरौँ नराखी मनमा पीर। ✍️देव स्याङ्देन कालेबुङ । … १, आफूले आफैलाई चिनौँ अरूलाई बाटो देखाउन पहिले सत्मार्ग हिडौँ । ✍️विष्णु पङ्गेनी पाण्डे वालिङ्, स्याङ्जा … १, पुष्पको सुवास पिऊँ जिन्दगी भाँचेर हैन हाँसेर आनन्द लिऊँ। २, मन्दिर मन्दिरमा पुगेर भेटिन्न ईश्वर ढुङ्गामा नियाल्छ साथ रहेर । ३, पैसाले मान्छे बिगार्ने नपत्याए हेर सत्तामा बथान देखिन्छ दार्ने । ✍️चूडा निर्भीक गोरखा … १, जोगाएर राखौँ बन सुन्दर वरदान प्रकृतिको हाम्रो राष्ट्रको धन। २, यत्रतत्र फोहोर नफालौँ वातावरण स्वच्छ राख्ने सबैले बानी बसालौँ । ✍️बिके मुखिया दार्जिलिङ, भारत … १, तिम्रो आगमन बहार थामिदेउ हात मेरा जित्नेछ आँट संसार। २, कस्ले चोर्यो दिल बसमा छैन आजकल बेखबर कता मन्जिल। ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, बाल्यकालको चञ्चले बानी राम्रो लाग्छ सबैलाई नौलो शब्दका खानी । २, लाग्छ उसैसँग जाऊॅं निर्दोष आँसु तिम्रा काखमा राखी समाऊॅं । ✍️धनमाया चौधरी कैलाली … १, अरूको देखासिखी गर्ने फुर्तिफार्ती गर्दै यहाँ भ्रमको खेती छर्ने । २, भौतिक खुसी खोज्ने तृष्णा मानिसले मेटाउन अनावश्यक वस्तु रोज्ने । ३, देखाउन खोज्छन् फुर्ती बुझ्दैन्न मानिसको चाहना कहाँ हुन्छ पूर्ती । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, गर्छन् किन तानातान ? आखिर कुरा नबुझेरै भैदिन्छ फेरि हानाहान। २, माया छ अपार गुन आमा हजुरको थपिदै जानेछ लगातार। ३, झुक्दैन सत्य कहिले अवश्य थाहा होला भेट्छ तथ्य जहिले । ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका – २, साल्मा, जाजरकोट … १, धर्मलाई व्यापार बनाए, गहिरो ज्ञानविनाका यहाँ , भाषणमा पैसा खन्याए। २, सबै राजा महाराजा, बन्न छ प्रतिस्पर्धा , बजाइ भजनमा बाजा। ३, ग्रन्थका महिमा घटे, नीति श्लोक फाट्टफुट, भजन बनाए रटे। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, कहालीलाग्दो व्यथा झेल्दै बाँचेकी आमाको चिच्चाहट मार्नु डोजरले पेल्दै। २, घरमा एक्लै हुँदा कुनियतले मामा आए चिच्याएँ उसले छुँदा ३, आगोको नजिक नपर्नु पग्लेर बिछट्टै होला ओरालो तिर नझर्नु । ✍️राजेश्वरी राजोपाध्याय ललितपुर … १, घामपछि बित्यो रात बुझौँ सबैले यसलाई सुखसॅंगै दुखको बात । २, कर्मले जीवन सजाउनु भाग्य कुर्नु हुन्न सत्यमार्गले धन कमाउनु। ✍️भुवन विश्वकर्मा असम, भारत … १, मिठो पाइरहूँ पोषण हुन्थ्यो भने उज्यालो, प्रजातन्त्रले गर्दैछ शोषण । ✍️लोकबहादुर छेत्री लामिछाने मोदी गा पा – २, देउपुर, पर्वत … १, वसन्तको सुगन्धमा फूल दुःख कष्ट हटोस्, मनमा छैन भुल । २, दुई तीन चार सफलतामा छैन मेरो कदापि पनि हार । ✍️श्रीकृष्ण धामी बझाङ … १, तिम्रो सकियो पालो सिलाएर के गर्छौ ? थोत्रिएको पुरानो टालो । २, कहिलेसम्म चाहिन्छ सत्ता ? खाएर बसे हुन्छ खान्छन् सबैले भत्ता । ✍️जानुका बास्कोटा काठमाडौँ … १, हात समाउन आऊ यति माया गर्दा किन खोज्छौ भाउ । २, खुसीले रमाउनु पर्छ नत्र कतिपय रहरहरू मनमै गुम्सिएर मर्छ। ३, वचनको घेरा तोडी गर्नुहुँदैन गलत कर्म सही गन्तव्य मोडी । ✍️ललिता गिरी सिन्धुली, हाल काठमाडौँ … १, तरेलीमा परेली साँधौँ पवित्र प्रीति गाँठो निस्वार्थि बनेर बाँधौँ । २, दुबो माला उनेर पहिराई दिनु सरकै नबस्नु हेला सहेर । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, गरेको दुःख देख्दैनन् रिस गर्छन् सफलताको , सत्य हत्तपत्त लेख्दैनन् । २, नदी बगिरहन्छ निरन्तर जोडिॅंदैनन् दुई किनार जानेको दूरीको अन्तर । ३, बैगुनी सुध्रिन गाह्रो फाइदा मात्र लिएर दुःख दिन्छन् साह्रो । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, कुर्सी शक्तिको खेलमा बग्दैछ प्यारो देश आँसु आँसुको भेलमा । ✍️कालिका त्रिपाठी पन्त … १, तिम्रो बोली वचन छुराभन्दा रहेछ तिखो दुख्यो मेरो मन । २, रहेछौ तिमी बेसारे आफ्नो स्वार्थपूर्तिका लागि गर्छौ कुरा चेपारे । ३, बेइमानी आफूलाई जनाए जनताको रगत चुसेर शासकले महल बनाए । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, आँसुको ताल बन्यो यता मेरो जिन्दगी तिमी हाँस, भन्यो । ✍️चन्द्रकाली मगर नौबहिनी – ३, प्युठान
साप्ताहिक झिल्का लेखन अभ्यासको ५५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, हिउॅंदको जवानी चढ्यो आगो कति ताप्नु ! ज्याकेटको भाउ बढ्यो । २, असल कर्म गर टाढाको हुन्न शत्रु, मुख बाइरहन्छन् वरपर । ३, सरस्वतीको आशीर्वादमा शिक्षा लिन्छन् मेहनतमा शिष्यले उपहारमा पाउॅंछन् तितीक्षा । ✍️म्यामराज राई भोजपुर … १, नघोटेसम्म यी हाड चिसो हुन्छ चुल्हो लाग्दैन मुखमा माड ! २, चिन्ता अनि तापले नछाड्ने भयो कहिल्यै लक्ष्मीको यो श्रापले ! ३, भाग्यले दिएन साथ सराप्दै छु जिन्दगी ठोक्दै आफ्नो माथ ! ✍️वसन्त अनुभव घोराही- १४, वसन्तविहार … १, ढुक्कसँग श्रम गरेमा काम लाग्छ आखिर आफैलाई दुख परेमा। २, यस्तै छ जिन्दगानी तर चल्नुपर्छ जसोतसो सहेर घाम पानी । ३, सबै साथीसङ्गी भुलिन्छ सहकार्य गर्न नसके अझै महॅंगी चुलिन्छ । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, शिशिरले बिदा लिएर नौलो पालुवा फेर्दैछ वसन्तले दस्कत दिएर । २, छाउँदै उत्साह उमङ्ग हरियाली छ बनजङ्गलमा प्रकृतिले भर्दछ रङ्गविरङ्ग । ३, श्रीपञ्चमीको मौसम आयो अन्न ख्ववारा गर्न खेतीमा उत्साह छायो। ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, चढ्दैछ हिउॅंदको जवानी कति हिटर ताप्नु? शरीरलाई गर्छ हानी। २, कर्ममै हुन्छ फल अपराधिक कार्यले गर्दा नराम्रो हुन्छ हरपल। ३, सिकौँ असल हुन मरेपछि जाँदैन केही बाँचुन्जेल पर्दैन रुन। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमरिका, बोस्टन। … १, काम पुजा मित्र सुख्ख कहाँ खोज्छौ फल्छ त्यो पसिनाभित्र। २, पोरखले चिनायो संसार भयो साहित्येको खेती किताबका बने दरबार। ३, सबैका आफ्नै विचार तिमी कस्तो देख्छौ देख्छु सरकार बिमार। ✍️सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, खुसीले दिऊँ बधाई थपिए सात सङ्ग्रह शुभेच्छा टुक्का कवितालाई। ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी … १, चिसोले कठ्याङ्ग्रियो हात चिसो हरायो भनेको मौसमले गर्यो घात। २, कसका गोरु बलिया जुधाउॅंथ्यौँ स्कूलको चौरमा हामी आफैँ हलिया। ३, गोरु घुमाउॅंथ्यौँ खलोमा अहिले थ्रेसर ट्र्याक्टर जिन्दगी गयो हलोमा। ✍️चुडामणी देवकोटा पुरानो नैकाप काठमाडौँ … १, दिनभर काडेर पसिना खुवाउनु छ बालबच्चालाई केही मिठा मसिना। २, रिसराग वैरभाव त्यागेर आत्मा शुद्ध राखी भगवानलाइ भजौँ एकफेर। ✍️सरिता सेढाई धादिङ … १, पुर्खाका धरातल धस्किॅंदैछ नयाँ पिॅंढीमा यहाँ अर्कै पहिरन पस्किॅंदैछ। २, नभत्काऊँ बुबाको घर पुरानोको महत्व बुझेर नयाँको हुँदैन भर। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, दुखीहरूको सेवा गर्नु स्वर्ग जाने तरिका मात्र घाटमा सर्नु । २, सबैको गुजारा चल्छ मेहनत गर्दै जाँदा बिउले धेरै फल्छ। ३, पैसाले हुँदैन सान देखिने काम नगरे हुँदैन कहिल्यै मान। ✍️नवराज भट्ट कञ्चनपुर … १, छैन यिनको काम नगरी भात पच्दैन यी दलालहरू छलछाम । २, संसार म घुम्दैछु त्यो लक्ष्यमा पुग्न शिखर म चुम्दैछु। ३, देशलाई धोका दिॅंदैछ नालायक देशद्रोही भ्रष्टाचारीहरू जीवनभर सुविधा लिॅंदैछ । ✍️दीप गोले तामाङ रौतहट … १, हिउँदमा पानी परेन किसानको मनमा प्रकृतिले वास्तवमा खुसी भरेन। २, न्यानो नभई चिसो समयमा नुहाउन नसकेर शरीरमा मयालको लिसो। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐॅंसेलुखर्क – ३, खोटाङ हाल भक्तपुर … १ चिसो मात्र बढ्दैछ लाउने लुगा नभएकोले खोकी झन् गढ्दैछ। २ पानी पर्नै सकेन हिउँदे बाली सुकेर बजार भाउ कसेन। ३ एकताको सन्देश बोकेर विश्वमा हिॅंड्ने नेपाली हत्या हिंसा रोकेर । ✍️कला ढकाल झापा … १, अभाव पानीको भयो। सुक्खा लाग्यो पानी, दुनियाँ बिचल्लीमा गयो। २, गर्मी मौसम लाग्दै । विषालु किराको डर, लामखुट्टे आउँछन् जाग्दै। ✍️टिकाराम पुन सल्यान … १, साहित्यको एक कला जगमगाउँदै अघि बढोस् झिल्काको हरेक शृङ्खला । ✍️प्रेम थापा “मन” बागलुङ … १, भाग्य पक्कै चम्किन्छ दाहिने प्रभुको साथमा अहङ्कारी मानिस गम्किन्छ । २, परिन्छ माया जालमा संसारमा समय आएपछि अज्ञानी अज्ञानताको तालमा । ३, जगमा सुख फर्किन्छ पर्दछ दुःख सहनु आस्थावानको बाधा तर्किन्छ । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, किन गर्यौ घात भनेर भन्नु सक्छ तिम्रो पर्यो हात। २, डुलाउॅंछु मनको कुनाभित्र कसरी भनूँ तिमीलाई कति राम्रो मित्र ? ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, सुन्दर मेरो देश हराभरा छ वरिपरि नेपाली मेरो भेष । २, सहिद मेरा पुर्खा देशभक्त सन्तान हामी बनौँ नयाँ पुर्जा । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, उमेरले जवानी छेकिन्न गोठालोमा मात्रै नभेटौँ समयको बाँध छेकिन्न । ✍️खुनराज कोइराला सिद्धलेक – ३, धादिङ … १, चिसो मौसम बढ्दैछ , बाटोमा देखिने बटुवाको मुटुभित्र के गढ्दैछ ? २, देश बनाउने रहरले लागे युवा रमाएर काट बिस्तारै जहरले। ✍️दुर्गा आचार्य मोरङ … १, चिसो चुलियो अब दमको ख्याल राखौँ वृद्धा आमाबा सब। ✍️बिबा तामाङ दार्जिलिङ … १, तराईमा बढ्यो शीतलहर हिमालमा जाडो हिउँ गुमराहमा जन कहर । ✍️राज बहादुर बडुवाल जुम्ला … १, नगर घमण्ड धनको लैजान्न मरेर जाँदा चर्चा सफा मनको। ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, परिवर्तन स्विकार्नै पर्छ जसले समयलाई चिन्दैन ऊ पछिपछि सर्छ । ✍️डा. देवी पन्थी … १, उठ्यो हातमा ठेला शीतलहर पर्यो तराईमा, तोरी उखल्ने बेला । २, किसानले खेती लगाई बेच्छन् बजारमा सुर्तीजन्य , तमाखु चुरोट बनाई । ३, आयु घट्छ हेर हानी पुग्छ शरीरलाई, धूम्रपान मद्यपान गरेर । ✍️सीमा कार्की ‘समर्पण’ मेलचोक पर्सा … १, उ मरेर गएछ सन्तान हैन उस्को सम्पति टुहुरो भएछ । ✍️ध्रुव श्रेष्ठ खोटाङ … १, रगतको बगाए खोला निरङ्कुश विरुद्ध लडेर रणभूमिमा त्यागे चोला। २, सहिदले दिएको बलिदान भ्रष्टाचारी घुसखोर नेताले कहिल्यै राखेनन् मान । ३, जनताको निम्ति मरे उदाहरणीय काम गरी भवसागर सहजै तरे। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, लेख्छु झिल्का कविता कोही अल्लि सरल कोहि तिता मीठा । २, लेख्न रहर लाग्छ फुर्दैन फुर्सदको बेला समय हुँदा भाग्छ। ✍️सावित्री प्याकुरेल धादिङ … १, परिश्रम गरेको पल आखिर सबैको लागि मिठो हुन्छ फल ! ✍️आर्त अकुलीन … १, अहङ्कारको ज्वाला निस्केको सत्ताबाट बिमुख भएपछि भावनाट्य हेर जिस्केको । २, सत्यलाई पन्छाएर मित्र सकिन्न बढ्न अगाडि आजको यो समाजभित्र । ३, अभिव्यक्ति र चरित्र देखिन्छ सधैँ ढुलमुले सिद्धान्त आदर्श पवित्र ? ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, धन कमाउने चाहना जिउनेआधार यही सबैको एउटै सपना। २, इमान्दारितालाई देऊ साथ धन बनोस् साथी इज्जतले रहोस् माथ। ✍️सतीश पण्डित भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ ) … १, झिल्का मन पर्छ अरु भन्दा बेग्लै कलम यसैमा सर्छ । २, ऊ कुदेर आयो छैनन् उसका कोही माटो टिपेर लायो । ३, म कुरी बस्छु तिमी आउनु है भेट्न कम्मर कस्छु । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ … १, पैतालामा माटो लाग्छ हिँड्दा हिँड्दै जिन्दगीले चौतारीको बास माग्छ। २, मनको हावा सुसाउँछ याद आउँदा प्रियसीको कोपिला त्यो टुसाउँछ। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, एउटी केटी कालीकाली आँखा झिमिकझिमिक पार्दै, यतै आउन थाली । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट – ७, नवलपुर … १, चिसोबाट बचौ सबै स्वास्थ्यलाई न्यानो बनाई नकारात्मक नसोचौ कबै । २, जाडोको यौवन आएछ जताततै चिसो बढ्नाले जनजीवनमा कष्ट छाएछ । ३, हिमालमा हिउँ पर्छन् जाडो धेरै भएमा गरिब रोगी मर्छन् । ✍️राधा चाम्लिङ खोटाङ … १, आउँदैन यो बारम्बार मिहिनेत गर्नुहोस् पक्कै पन्छाउन सकिन्छ हार। २, उद्देश्य एक लिनुपर्छ सत्य साबित गरेर अरूलाई दोष दिनुपर्छ। ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, जाग्दछ प्रेम मनमा पराई लाग्दैन कोही प्रेमी अति जीवनमा । २, फुले ऐॅंसेलु काफल, खुले अमृत ढोका, प्राकृतिको दान बल । ✍️भुपेन्द्र राना मगर धादिङ … १, हाँसिदेउ एकचोटि मुसुक्क लजालु ओठ खोली बसिदेउन मनमा टुसुक्क । २, खुसी लाग्यो देखेर भयो मन हल्का तिमिलाई मैले भेटेर । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई – ४, झापा … १, अनमोल धन संस्कृति जगेर्ना गरौँ सबैले जगाएर चौतर्फ जागृति l २, निद्रा हराएको रात पीडा पोख्न खोजेको गरेन निष्ठुरीले बात l ३, पोखेमा सुषुप्त कला कालजयी बन्नेछन् पक्कै झिल्काका हरेक शृङ्खला l ✍️बाबुराम गौतम गुल्मी … १, जनता विवश यहाँ, राजनीतिको भुमरीमा परी विकास गए कहाँ ? २, नेतालाई भेट्न साह्रो, जब चाहिन्छ जनतालाई, अनुमति पाउन गाह्रो। ✍️देव स्याङ्देन कालेबुङ … १, झिल्कालाई बधाई दिनुहोस् आत्मा साथ गरी एकार्कामा शुभकामना लिनुहोस् । २, बधाई दिने सफल आफ्नो मन मुटुमा देशैभरि फैलिॅंदै पलपल । ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’ मादी – ५ सङखुवासभा (हाल धरान – ८, सुनसरी) … १, जाडो धेरै बढ्दैछ जतिसुकै लुगा भए खोकी भने गढ्दैछ । २, हाम्रो सुन्दर देश हरियाली वरिपरि हुँदा लाग्छ राम्रो भेष । ✍️दुर्गा भट्टराई मोरङ … १, मनमा सधैँ डर यो देशमा गणतन्त्रको भएन कुनै भर । २, थुनेर जनताको मुख कठोर भई बस्दा के होला सुख । ३ अतिले हुनेछ खति तोडेर स्वार्थको घेरा सुधार आफ्नै मति । ✍️जयनारायण नेपाल इलाम (हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर ) … १, अजम्बरी कोही छैन संसारमा कर्मको खेती नभोगी मर्ने हैन। २, घृणालाई मायाले बेर अरूलाई भन्नुभन्दा पहिले आफूलाई ऐनामा हेर। ३, धनको पछिपछि नजर कुकर्म गर्न मान्छे रतीभर मान्दैन डर। ✍️रुना कर्माचार्य दाहाल चितवन … १, सबैजनाले पर्छ मनाउनु वसन्त पञ्चमी उत्सव पर्छ अज्ञानताले हटाउनु । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, छ मान्छे विवश, अन्याय सहन यहाँ , जानेरै छ सकस । २, बसेर खान पर्ने, विलासी भयो मानव, प्रणाली कायम नगर्ने। ३, हचुवा जिन्दगी यहाँ , चलाउॅंछन् दमनकारी बनी, समानता आउँछ कहाँ ? ✍️मनोहरी पौडेल गैडाकोट १ … १, प्रत्यक पाइलाको अर्थ हुँदैन व्यर्थ जानु नहोऊन् कटै अनर्थ। २, सेवा गरौँ निस्वार्थ नराखौँ स्वार्थ कुनै नहोऔॅं स्वार्थी किमार्थ । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, सरस्वती देवीको भक्ति विशेष यो वसन्तपञ्चमीमा, आओस् ज्ञानको शक्ति । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, वसन्त बहार आयो नाङ्गिएको वृक्षमा फेरि नयाँ पालुवा पलायो । २, ऋतुकाल हो वसन्त सञ्चार नयाँ चेतनाको राख्छ सदा जीवन्त । ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, सरस्वतीले ज्ञान छर्ने खुसी मनमा बोकेर, शिक्षा सबै भर्ने । ✍️श्रीकृष्ण धामी बझाङ … १, अभागी यो खप्पर जता जाऊँ उतै लाग्छ सधैँ ठक्कर । २, छैन ऊ इमान्दार मन दुख्छ साह्रै सम्झिँदा कपटी व्यवहार । ३, छैन सरम लाज पारदर्शी लुगा ज्यानमा कता जाँदैछ समाज ? ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
साप्ताहिक झिल्का लेखन अभ्यासको ५४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, छिटोमिठो सबैको बनोस् बदरमा हैन सदरसॅंगै वाह ! लोकले भनोस् । २, भ्यागुतोको गर्जाइ कुवामा संसारको शक्ति अथाह निमेषमा बदलिन्छ धुँवामा । ३, हरकर्मको बन्छ बही बनेर एउटा लेखाजोखा रोजाइ परोस् सही । ✍️म्यामराज राई भोजपुर … १, गरे असल काम इज्जत अनि नामसँगै कमाउन सकिन्छ दाम। २, कथा भयो दन्त्य कहिले हुन्छ देशमा भ्रष्टाचारको जरैदेखि अन्त्य । ३, देशमा सुख छाउँछ विकास अनि समृद्धि जहिलेदेखि जनताले पाउँछ । ✍️भोज विवश मगर गैँडाकोट -३, नवलपरासी पूर्व … १, चन्द्रमा पनि लजाउँछिन् हेरेर मुहार तिम्रो निशाले सिट्ठी बजाउँछिन् । ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, परिश्रम जीवनको सार जीवन बन्छ मिहिनेतले नत्र भविष्य अन्धकार। २, जलाऔॅं श्रमले अन्धकार सकिन्छ जित्न पक्कै यो भौतिक सन्सार। ३, फलको आस नगरी श्रम गरे निरन्तर चम्किन्छ नाम जीवनभरि। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, चिसोमा सम्झना आउँछ हरेक रात दिनमा न्याउलीले गीत गाउँछ । ✍️धनमाया चौधरी कैलाली … १, पर्दैन शृङ्गार गर्न तिम्रो ओठमा लाली प्राथमिकता पेट भर्न । २, गर सदुपयोग समय खन्न बरु खेतबारी बनाउन जीवन सुखमय । ३, घटाउन आयात व्यापार नगरी फजुल खर्च बढाउन समृद्धिको आधार । ✍️देव मगर तिनाउ – १, कचल, पाल्पा … १, देखायौ पीडाको चित्र सहन साह्रै मुस्किल वचनको घाउ मनभित्र। २, रहरहरू बोकेको थिएँ आफ्नाले खुट्टा तान्दा कठोर निर्णय लिएँ। ✍️चुडामणि देवकोटा पुरानो नैकाप, काठमाडौँ … १, फुट्यो आँसुको मुल अर्कैले टिपेर सजायो, मन परेको फूल । २, सुकेर जाँदैछ खोला बढ्नेछ पानीको अभाव सबै काकाकुल होला । ✍️भुपेन्द्र राना मगर धादिङ … १, वसन्तको आँगनमा फूल दुःख कष्ट भागोस् , मनमा छैन भुल । २, छैन मनमा हर्ष महिना फेरियो पछि, आयो नयाँ बर्ष । ३, काँटेपछि रगत रातो धेरै घमण्डी नगर्नु , किन एक जातो ? ✍️श्रीकृष्ण धामी बझाङ … १, सबैभन्दा ठुलो नाम गरे संसार चिनाउने, पर्दैन कमाउन दाम। २, नगर घमण्ड कहिले सबै जान्छन् एकदिन, कीर्ति राख्नु पहिले। ✍️शङ्कर कार्की थाहा – ३, मकवानपुर … १, धेरै नबसौँ हाँसेर खुसी मनमै राखौँ पीडालाई सकभर नासेर। २, परिस्थितिले ज्ञान सिकाउँछ बेसरी स्वार्थी नहुनु यसले इज्जत बिकाउँछ। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, गर्नु राम्रो काम लोभलाई त्याग्न सके संसारमा रहन्छ नाम। २, नदेखाऊ पिरको चित्र समाधान गरिदिॅंदैन कसैले लुकाऊ आफ्नै मनभित्र । ३ नबगाऊ आँसुको धारा दु:खलाई सुखमा बदल तब पाउँछौ सहारा । ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क – ३, खोटाङ (हाल भक्तपुर ) … १, देश बनाउन जुटौँ आमा रुन्छिन् धरधरी पुग्यो अब उठौँ । २, पहरामा फुल्यो फूल प्यासी भयो मन फुटाऔॅं विकासको मूल । ३, हुन्न गफको तालमा छोरा जन्मिए कुकृत्य बेचिॅंदैछिन् त्यही जालमा। ✍️टिकाराम पुन टिपु सल्यान … १, मनको मिठो कुरा कसरी भनूँ तिमीलाई कसले हान्यो छुरा। २, कस्तो भयो भूल ? किन भने त्यसलाई कहाँको हौ मूल। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, सकारात्मक सन्देशयुक्त पढौँ देशको मान राख्नलाई सहमतिले अघि बढौँ । ✍️प्रेम थापा “मन” बागलुङ … १, छायो सर्वत्र शीतलहर माघको चिसो रात उद्भिद प्राणीहरूमा कहर । २, माघको महिना मिनपचास भुईॅं कुहिरोको राजमा ढाकेर तुसारोको रास । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, नबस अँध्यारोमा पियारी किन विमुख जीवनमा ? राख्नुपर्छ यौवनलाई सियारी। २, आऊ दिलमा बस्नलाई फुस्रो मुहारमा अन्धकार लालीकिरिम पाउडर घस्नलाई। ३, जाडोमा लुगलुगी कामेर किन विरक्तिएकी मायालु अङ्गालोमा कसौँला थामेर । ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, आगो लगाएर कम कसरी हुन्छ साथीहरू आगोकै अधिक दम ! ✍️आर्त अकुलीन … १. राखौँ सोच सकारात्मक तब हट्छ हाम्रो भित्री तहको नकारात्मक। २. कर्म गर्दाको बही जस्ताको तस्तै बन्छ खोज्न नजाऔॅं जहीँकहीँ। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका, बोस्टन। … १, बर्बर आँसु झारेर के पायौ तिमीले मलाई एक्लै पारेर | ✍️सरिता सेढाई धादिङ … १, देख्छु आआफ्नै सन्सार कसैले काट्नै नसक्ने आफ्नै सोचको भन्सार । २, उद्देश्य निश्चित हुनुपर्छ निरन्तर लागिपरे साथी बाधाअड्चन आफै टर्छ । ३, अर्कोको भर पर्दा थाक्लान् ती पाइलाहरू तलमाथि धेरै गर्दा । ✍️दीपा गुरुङ समभाव दुबेकोल, खोटाङ … १, भन्दछु झुटो नबोल व्यापार छ यसैको राजनीतिमा चल्छ मोलतोल । २, आफू नै नअघाएसम्म छाडिँदैन कुनै पद मान्नुपर्दैन कसैले अचम्म। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, लगाएर मात्रै हुँदैन मनमै नभएको प्रेमलाई जबर्जस्तीको मायाले छुँदैन। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, तराईमा चल्छ शीतलहर बाढी पीडित प्रताडित बन्ने प्रकृति कहर । २, भेटिन छोडे ज्ञानी कलियुग न पर्यो कहाँ खोज्नु ध्यानी ? ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५, जुम्ला … १, आमाको न्यानो काख भए पुग्छ मलाई चाहिन्न सम्पत्ति लाख। २, बाबुको बलियो काँध सुरक्षा कवच मेरो विपत्तिको अभेद्य बाँध। ✍️बिके मुखिया दार्जिलिङ, भारत … १, देखेर सवार राजैको सुरु गाउँदेखि सहरमा जाऊॅं लाग्यो आजैको । २, फूल पनि काँडा लाग्छ हिजोआज मलाई हुँदैछ संस्कृति छाडा । ३, भिर पाखामा हाम्रो प्रकृतिको मुहान भेटिन्छ प्रकृतिले भरिभराउ राम्रो । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, छैन खाने चारो, जनता आहत भइसके, तात्न थाल्यो पारो। २, लुट्नसम्म जता लुटियो, भोटको भयो खेती, जनता आफै फुटियो । ३, जनता भयौ कस्तो, छानेर नेता पाइएन, भोटर भयौ सस्तो । ✍️शैलेन्द्र पण्डित तनहु – १, तनहुँ … १, शितलहर बलवान् भयो सहनु गाह्रो चिसो बटुवारे एक गयो। २, नकारात्मक विचारले अशुद्ध जिन्दगी धमिलो नबनाऔॅं सकारात्मक सोचले चित्तशुद्ध। ✍️बिबा तामाङ दार्जिलिङ … १, नानाथरी भन्दै अलापेर हुँदैन आफैँ नबढी नेतालाई केवल सरापेर ! २, जानेको बुझेको राम्रो के हुन्छ जन्मभूमिप्रति अहम् कर्तव्य हाम्रो ! ३, कामहरू थाती राखेर नबसौँ हात बाँधी अर्काको मुख ताकेर ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही … १, इतिहास नियमित पढौँ पुर्खाहरुको रगत पसिना सम्झेर अघि बढौँ । २, तिनीहरू समृद्धि भनिरहेका आशामा गयो जीवन विमानस्थलमा लास गनिरहेका । ✍️रवि पौडेल दक्षिण भारत … १, मनमा चोट दिएर हिॅंड्ने आँट बनाई भाग्य अर्को लिएर। २, आँसुको भेल रोकिन्छ सोचेको थिएन यसरी अपत्यारिलो गरी ठोकिन्छ। ✍️दुर्गा आचार्य मोरङ … १, हे! प्यारो मित वैरभाव किन व्यर्थै लगाऊ मिठो प्रीत। २, सोचौँ सबैको हित कसैको बिगार नगर्ने बनाऔॅं एउटा रीत। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, जाऊ अघि कुदेर काम गर्नु धेरै , हुन्न बोली बोलेर । ✍️जनक बिसी दक्षिण भारत कोचिन … १, पवित्र मन डगमगाउँछ अहितकरी भावना आएकोमा सुगन्धित फूल मगमगाउँछ। २, भवसागर शरणागति विधि जगमा सदाचारिता भाव मनुष्यको अमूल्य निधि । ३, दुःखी अज्ञानवश कराउँछ आखिर पर्दछ सहनु, विवेकहीन मानिस बरबराउँछ। ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, समयको गरौँ सदुपयोग गरेनौ भने जोकोहीको जीवन हुन्छ बिजोग ! ✍️सुरेश बि सि … १, परिश्रमले अन्न उब्जाउॅंछ दिॅंदैन ईश्वरले त्यसै मेहनतले जीवन बचाउॅंछ । ✍️जानुका बास्कोटा काठमाडौँ … १, दिन भयो राज कुहिरो शित हटी घाम लाग्यो आज। २, छोडि सातै काम परालको गुन्द्री बिच्छ्याएर बस्छु तापी घाम ✍️पुष्पा सुवेदी नेपालगन्ज, बाँके … १, कर्मले गोरेटो खनौँ देखासिखी नगरी कसैको आफ्नै भर परौँ । ✍️विष्णु पङ्गेनी पाण्डे वालिङ, स्याङ्जा … १, गर्मी चढ्दैछ बिस्तारै अनेक रोगले सताउँछ बच्न गाह्रो साह्रै। २, रमाइलो थियो बालापन जिम्मेवारी बढ्दै गयो तनावमा छ जीवन। ✍️सावित्री प्याकुरेल धादिङ … १, एकनास हुँदैन उन्नति आफै विचार गर्नुहोस् सन्ध्यामा सुर्यको गति। २, यो मान्छेको जात थोरै प्रगति गरेपछि बिर्सन्छ आफ्नो औकात। ३, बनाउँदैन आफ्नो घर बिगार्छ घर अर्काको कस्तो बैगुनी बाँदर। ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका – २, साल्मा, जाजरकोट … १, सहनु पनि कति ? दुराचारी नेताको कुकृत्य भइसक्यो अब अति l २, खोलेर चेतको घडा भ्रष्टाचारी नेताको विरुद्ध हुनुपर्यो जनता खडा l ३, देश बनाउन जागौँ प्रतिगामी भ्रष्टको विरुद्ध एकजुट भएर लागौँ । ✍️बाबुराम गौतम गुल्मी … १, लगाउनु आफ्नो बल, परिश्रम र सत्कर्ममा, पाउनु मिठो फल। २, नगर्नु कसैलाई छल, सद्बुद्धि र विवेकले, समस्याको निकाल्नु हल। ३, छेपारोको जस्तै चाल, धन कमाउन अगुवाले, बुन्छ चारैतिर जाल। ✍️देव स्याङ्देन कालेबुङ … १, तल बेँसी आऊ माया मलाई भेट्न अन्त्त कतै नजाऊ । २, डाँडापारिको त्यो घाम मलाई आज बोलायो गरौँ उतै काम । ३, नेपाल देश राम्रो सगरमाथा शिर भएको संसारैले भन्छन् राम्रो । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ … १, हुँदैन एकता जुटेर विचार मिल्नु पर्छ मर्दैन गोहो कुटेर । २, जनताको मन नजलाऊ सक्छौ सुकर्म गर सक्दैनौ केही नचलाऊ । ३, इज्जत किन्न पाइॅंदैन स्वाभिमानी नेपाली हौ भ्रष्टचार गरेर खाइॅंदैन । ✍️ऋजु दिल्पाली इटहरी – १, सुनसरी … १, जीवन सुखदुःखको खेल आऊ हातेमालो गर्दै तरौँ जोखिमको भेल। २, भो, नदुखाऊ घाउ बरु दर्द घटाउने मलम बनेर आऊ । ✍️कोपिला अधिकारी सिरानचोक – ७, गोरखा … १, चल्दैछ यहाँ बतास मान्छेको जात पर्यो गर्छ सधैँ हतास । २, सुधार गरौँ बानी केही गर्नु छ ? जीवन कर्कलाको पानी । ३, जीवन छ धराप लुट्ने कहिलेसम्म अब कति खानु सराप। ✍️दीप गोले तामाङ रौतहट … १, मान्छे मोबाइलमा अल्झिन्छन् भेटघाट नजिक बनाउन केवल स्क्रिनमा देखिन्छन्। २, सम्बन्ध सानो बनायो प्रत्यक्ष भेटघाट छैन यसैमा मान्छे रमायो। ३, हरायो जिन्दगीको कथा स्मृति स्क्रिनमै बन्द हाँसो न व्यथा । ✍️सतीश सिकारु चुँदी, तनहूँ … १, बरु यथार्थ लुकाऊ मुखले ठिक पारेर मेरो मन नदुखाऊ । २, तिम्रो साथ हुँदा दु:ख सबै भुल्थेँ मायालु हातले छुँदा । ३, सपनीमा तिमीसँगै हुन्छु ब्युँझिॅंदा साथमा हुन्नौ आँशुले मुख धुन्छु । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी , मोरङ … १, कसरी जाडो काट्ने ? काम गरेर निरन्तर बरियोको डोरी बाट्ने । २, बिहानआगो तापेर हरेक बेलुका चिसोबाट बँच्न सिरक खापेर । ३, स्वस्थानी परमेश्वर माताको बेलुका कथा सुनेर भक्तिभाव मिठो आमाको । ✍️भगवती दवाडी झापा … १, सुन्दर स्वच्छ पानी देश नेपाल राम्रो हाम्रो आँखाको नानी! २, झलमल आकाशमा तारा धर्तीमा हावाहुरीले धुलो उडाइ ल्यायो सारा। ✍️ वेदु न्यौपाने … १, भन्दै धन पापी मर्न खोज्छ मान्छे धनकै धोक्रो थापी । २, भुँडी पाल्ने देखी त्यो फुँडी गाल्नेसम्म चल्छन् धनै टेकी ! ✍️विवश पारदर्शी झापा … १, नेपालीको बढ्यो सान साहित्यकार गीता उपाध्यायले पाउँदा पद्मश्री सम्मान l ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, झिल्का लेखौँ साथी निरन्तर अभ्यासले लेख्दा पुगिन्छ धेरै माथि । ✍️दुर्गा भट्टराई … १, निमुखालाई धसेर भाला देखिन्छ यहाँ सजिएको अपराधीको गालामा माला । २, जनताको आवाज थिचियो राजनीति भागबन्डाको खेलमा विकासनिर्माण जहिले मिचियो। ✍️रुना कर्माचार्य दाहाल चितवन … १, हाम्रो देशका नेताहरू सधैँ रोइलो गर्छन् छक्क पर्छन् अरू । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई – ४, झापा … १, वर्तमान अति प्यारो फर्केर आउॅंदैन अतीत नखोज्ने जानीजानी अप्ठ्यारो । २, मित्रता सम्बन्ध गाँसेर निभाउनु सक्नुपर्छ सदा विकार छाडी बाँचेर । ३, साथ छुट्यो हाम्रो तिम्रो भलो चाहन्छु जीवन होस् राम्रो । ✍️पृथक प्रकृति झापा … १, समाधान होइन बल पाथीभरा विवादको समाधान हुन्न गरेर छल । २, सबथोक होइन दाम समाजमा भाँजो हाली नगर बलको काम । ३, गर निष्ठाको खेती स्वार्थका लागि निहित नचलाऊ जनतामा रेती । ✍️जयनारायण नेपाल इलाम (हाल सूर्य विनायक २, बालकोट, भक्तपुर ) … १, मनमा चल्छ बतास सोचे जस्तै नभए नहुनु आफैँ हतास । २, सके काम चुन्न लक्ष्यमा पुगिन्छ पक्कै यात्रा अधुरो हुन्न । ३, खुसीले जोडेको नाता बस्नु मर्यादा राखेर ननाघ्नु कहिल्यै हाता । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, आफ्नो मिसाऊ पसिना बनाऔॅं देश बलियो केही छाडौँ चिना। २, मातृत्व भूमिको माया मनमा सजाएर राखौँ बद्लिन्छ देशको काया। ✍️सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, शीत राति झर्छ नलाउँदा न्यानो कपडा , चिसोले मान्छे मर्छ । २, बारीमा लगाएको बाली जनावरले खान पाउँदैन, काँडे तारको जाली । ३, सुर्ती हिउँदे बाली सबैले लगाउँछन् तराईमा, बस्दैनन् कोही खाली । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, वसन्तमा फूल फुल्छ सुवास अति मोहक चुलबुल मन भुल्छ । २, सुभाव जगाऔॅं मनमा सेवा गरौँ दु:खीको सुकृति छाऔॅं भवमा । ✍️हरिगोपाल न्हुच्छेँप्रधान बनेपा – १४, साँगाबजार, काभ्रे
साप्ताहिक झिल्का लेखन अभ्यासको ५३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, फैलिए सुगन्ध जगतैभरि रहरमा स्पर्श भएर फूल, काँडा सरोबरी । २, चोरीऔॅंलाले मलाई करारमा बाँकी औॅंला हेर ! को परिरहेछ दरारमा ? ३, सञ्जाल बन्यो धोक्रो मोहर पनि हुनसक्छ जगन्नाथ आफैँ खोक्रो । ✍️म्यामराज राई भोजपुर … १, बिर्सिए सवैले भेष कहाँ रहन्छ मित्र तिम्रो मौलिक देश ? २, यो खुल्ला आकाशमुनि चिसो छ साथी ताप बालेर धुनी । ३, मैले तिमीलाई भेटाएँ दिलमा सम्हाली राख्दा हजुर आफैलाई हराएँ । ✍️ध्रुव श्रेष्ठ खोटाङ … १, फेरि भ्यालेन्टाइन आयो नव प्रेम जोडीहरूमा हर्ष, उमङ्ग छायो । २, भ्यालेन्टाइन डेको नाममा कोही कतै नलागून् नराम्रो गलत काममा । ३, कत्तिको जोडी छुटिन्छ यहि मौका छोपी अझ इज्जत लुटिन्छ । ✍️हिरामाया श्रेष्ठ गजुरी – १, धादिङ … १, फैलियोस् सुगन्ध सधैँभरि जीवन रहुँन्जेल वास्ना नमेटियोस् कसै गरी। २, फेरि झिल्का लेखेँ वरिपरि भएका सारा जब मैले देखेँ । ३, बस्छु म रमाएर सदा आफू यहाँ खुसी निकाल्छु धेर। ✍️अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ (हालः-अमेरिका,बोस्टन) … १, फैलियोस् सुगन्ध जगत्भरि चलिरहोस् अटुट जीवनमा मेटाउन प्यास पानीसरि । २, चलोस् सुगन्धकै वासना पलपल साटिरहन पाइरहूँ कर्म तप साधना । ३, पाउ राख्न भकारी सुगन्धित जीवनको अन्तसम्म फैलिनुमै छ हितकारी । ✍️देव मगर तिनाउ-१,कचल,पाल्पा … १, सुगन्धको बास्ना चलाउनु देशैभरि सबैको पहुँचमा नेपाली विश्वमा कहलाउनु। २, कर्म गर्दागर्दै धर्म सबैलाई बराबर मान कसैमाथि नपरोस् मर्म! ३, भ्रष्टाचारीहरूले गरे जालझेल देशमा हुँदारहेछन् पटमूर्ख! सत्ताधारीले गरेका मेल। ✍️ वेदु न्यौपाने … १, उत्याउलो हाम्रो समाज जातीय विभेद सधैँ दुष्टले जमायो राज। २, सबैमा कुराको पोको कुरैकुरामा ज्यान पाल्ने सबैमा भयो धोको। ३, कसरी गराउँछौ उपचार नागरिक अचेल देशमा व्यवस्था आफै बिमार। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, मनमा डरको छाया बाँच्ने आधार रहेछ हित्तचित मिलेको माया। २, विचारले खोज्छ किनार जहाँ भेटिन्छ सान्त्वना त्यहीँ नयाँ सन्सार। ३, मनभरि छ विचार सुख र दु:खका छल्किन्छन् शब्दका धार। ✍️सतीश पण्डित भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, बेच्न सक्तैनन् दुख पैसाको पछाडि लागिरहन्छन किन्न सक्तैनन सुख । ✍️केपि गौतम … १, मनमा चोट लाग्दा भविष्य अन्धकार हुन्छ परिवारदेखि टाढा भाग्दा। २, परदेशिन पर्यो कमाउन एक्लै हुँदा बाहिर कहिले सकिन रमाउन। ३, मनको घाउ चर्किॅंदा लाग्छ सधैँ आफ्नो प्यारो गाउॅं फर्किँदा। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, बुझ्दैन केही कुरा सम्झाउन खोज्छु तर पछाडिबाट हान्छ छुरा । २, यो कलियुग हो फुर्सद छैन सोच्न मान्छे छ को ? ३, चीनमा छ खासा कस्तो भो समाज दुनियाँको हेर तमासा ! ✍️दीप गोले तामाङ रौतहट … १, कोपिला नटिपौँ फूलको ढकमक फुल्न दिउँ समिक्षा गरौँ भुलको। २, लेकमा फुल्यो धॅंगेरो मौरी भॅंवरा रसमा भुरभुर गर्दैछ भॅंगेरो । ✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ … १, बिर्सन सकिन्न माया तिमी पहिलो प्रेम, जतिसुकै लाग दायाँबायाँ । २, सकिन मैले भुल्न तिमी परिवर्तन भयौ, थालेपछि अर्कोतिर डुल्न। ✍️शंकर कार्की मकवानपुर … १, हातैमा छ डाडु जसरी बाढे पनि अघि आउँछन् साढु । ✍️प्रेम थापा “मन” बागलुङ … १, आफ्नै हुन्छन् कथा कथाकै थुप्रो बोकेर बित्ने गर्छन् बेथा। २, समाज कता जाँदैछ विकृति र विसङ्गति कसले खनी खाँदैछ। ३, विकासको बाटो खन्ने मुखिया छन् देशमा समृद्धि आयो भन्ने। ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी … १, जतिसुकै घृणा गर म हिम्मत बढाउँछु कहिल्यै हट्दिन पर। ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्वे … १, बाँधिएका छन हात समाजमा चलेको रीति वर्ग विभाजित जात! २, संस्कृति, संस्कार, धर्म मानिसले टाउको समाती भन्छन् जीवनको कर्म ! ३, मठ ,मन्दिर पाठ जति धर्म अपनाऔॅं जानुपर्ने छ मसानघाट ! ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, कस्तो लाग्यो डर मनले मनलाई डरायो चाहियो तिम्रो भर। २, तिम्रो कस्तो चाल सबैलाई आफ्नो बनायो यस्तै छ माल। ३, तिम्रो हाम्रो कुरा भन्नु कसैलाई मिलेन सुने हान्छ छुरा । ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ, भारत … १, सधैँ वैरभाव किन ? क्षणभङ्गुर छ जिन्दगी सामुछ मर्ने दिन ! २, नगर्नु झुटो तर्क सजिलो हुँदैन मृत्यु पुर्याउँछ दम्भले नर्क ! ३, सर्वत्र छायो अत्याचार न्याय बिक्रीमा छ रुँदै बस्छ सदाचार । ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) इटहरी १ सुनसरी … १, जुँगा छोपेर गर्यो तिमीले बहस हामीसँग त्यसैले जालमा पर्यो । २, बिर्सेर आफ्नो औकात उडान भर्न खोज्दा बाँधिदियौँ तिम्रा हात l ३, सुन्दैनौँ तिम्रो बिन्तीभाउ जबसम्म लगाउन छोड्दैनौ कड्किॅंदै जुँगामा ताउ l ✍️बाबुराम गौतम गुल्मी … १, नाकमा कालो नपोत्नु अरूमा हिलो नछेप्नु जीवन बन्छ सुन्दर। ✍️कमला देवकोटा पाल्पा … १, बिमारीको खाना जाउलो शरीरको शक्ति कमले, उपचारमा गयो ताउलो । २, अनिलले ल्यायो तापमा, महॅंगीले पार्यो पीरमा, ठग्नेहरू पर्लान् महापापमा । ✍️जी.वि. प्यूठान (हाल – घोराही -१४ दाङ ) … १, चिसो बढ्दैछ ज्यानमा राहत नपाउने पीडित कोही छैन ध्यानमा । ✍️राज बहादुर बडुवाल कनकसुन्दरी-५,जुम्ला … १, आफनै गाउँ राम्रो जतासुकै गए पनि स्वर्ग नेपाल हाम्रो। २, विदेश जान्छन् खुरुरु चाडपर्व जब आउॅंदाखेरि मोबाइलमा रुन्छन् धुरुरु। ✍️सविता भट्टराई जनकपुरधाम … १, आस्थावान्लाई सहज लाग्दछ मैलो बेकार मनको कुबुद्धि सबै भाग्दछ । २, असम्भवमा कृपा माताको पक्का गहिरो सम्बन्ध गाँसिन्छ यहाँ नाताको । ३, सुकर्मसँग भाग्य जाग्दछ दिव्य ज्ञानीले जगमा तनको माया त्याग्दछ । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, देख्थे बाक्लो बोक्रो अझै छोडेको रहेनछ पल्लाघरे साइलोले कोक्रो । २, बोकेर हिॅंड्दा धोक्रो गाह्रो भयो एकदमै त्यसैले फुल्यो घोक्रो। ३, नबुझी गर्दा काम अगाडि बढ्न मुस्किल हुन्छ उल्टै दुर्नाम । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल खोटाङ … १, जनता ढाँटने काम गर्छ जो जसले आखिर हुन्छ बदनाम । २, माया अनौठोको हुने एकदिन बोल्न नपाउँदा मन धेरै रुने। ३, बुढेसकालमा डर लाग्ने छैन कोही साथमा सहारा कोसँग माग्ने ? ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर … १, जाडोमा उराठ लाग्यो, वनभोज खेल्ने सल्लाहले, मनमा जाँगर जाग्यो। २, मुटुमा माया अल्झियो, तिम्रो तस्बीर देखेर, सम्झनाको घाउ बल्झियो। ३, एकान्त जुनेली रात, आयो तिम्रो याद, दिलमा पऱ्यो घात। ✍️देव स्याङ्देन कालेबुङ … १, काँडालाई फूल भनेर अँगाल्छ दुनियाँ कठैबरी पागलपनको प्रेमी बनेर । २, मायामा नहोस् खोट बिछोडको पीडा बोकी खप्न नपरोस् चोट । ✍️विवश पारदर्शी झापा … १, उसले यस्तै सिकायो काम केही गरेन आफ्नो कुरा बिकायो । २, कुरा बुनेर माल सुन्छौ कुरा गफी यस्तै छन् चाल । ३, फुलाङ्गो रोपेर खाली आफैँ बिगार्ने काम हाम्रो बेकामे ताली । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, कुरेर बस्छन् वर्षभरि मान्छन् माघीको पर्व मनाउॅंदै रमाइलो गरी । २, पाए मिठो खान्छन् मिलेर एकजुट भई नपाए अन्तै जान्छन् । ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, पत्थरमा खोजेँ पालुवा आफैँलाई निराश बनायो माटो थिएन बालुवा । २, जीवन आफ्नो थियो दोष अरूलाई थोपर्दा भाग्यले धोका दियो । ३, बेलैमा बुझ्नुपर्ने कुरा काम आफूले नगरे हुँदैन सपना पुरा । ✍️पुष्पा राई खोटाङ … १, माघीमा खाइयो ढिक्री मेला र महोत्सवमा धेरै भयो बिक्री । २, हुन्छ माइतीको आस माघ महिना चेलीबेटीलाई जबसम्म हुन्छ सास । ✍️धनमाया चौधरी कैलाली … १, सम्बन्धमा भयो वारपार समस्या बुझ्न नसकेर भयौँ दुई किनार। २, शङ्का हुन्छ मायामा अन्यथा सोच्नु पर्दैन रुखको शीतल छायामा। ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, घृणामा पनि आउँछ मन च्यातेर हेर्दा तिम्रो तस्बिर पाउँछ। २, बाँच्ने कोसिस गर्दैछु भित्ताको तस्बिर हेरेर लामो स्वास फेर्दैछु। ३, जत्ति नै कुरा गरे पनि भए सपना सबै अधुरा। ✍️कला ढकाल झापा … १, बादल फाटेर घाम गाउँ सहरमा सबैले गर्न सजिलो काम ! ✍️आर्त अकुलीन … १, फाट्दैमा एउटा पानो सकिन्न जिन्दगीको किताब न भइदिन्छ सानो ! २, सपना ठुलो पालौँ लागिरहौ निरन्तर कर्ममा समय खेर नफालौँ ! ३, जो हाँस्नसक्छ हारमा तिलाञ्जली दिॅंदै आँसु मानिन्छ महान् संसारमा ! ✍️वसन्त अनुभव दाङ … १, धनीको घरमा मगमगाएको झोपडीको हालत खराब जाडोले रातभरि जगमगाएको। २, ठुलाबडा बाफिलो भोजनमा शितलहरमा कठ्याङ्ग्रिएको झोपडी अभावभित्र नमिठो रोदनमा। ३, पुग्दैनन् कन्दरामा आँखाहरू मौसमका पीडाहरू खपिरहेका जर्जरमा पर्छन् पाखाहरु। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, हे ! प्यारो मित वैरभाव किन व्यर्थै लगाऊ मिठो प्रीत। २, सकिन्छ राम्रो गर अरूले गरेको काममा भाजो हाल्न नसर। ३, सोचौँ सबैको हित एकाअर्कामा हातेमालो गर्दै गाऔॅं एकताको गीत। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत। … १, मानिएको सही श्रम उपासना शब्दहरू पनि राखनुहोस् सृजना क्रम । २, सम्भावना छ अपार यी झिल्का कविताहरू लेख्नुहोस् दुई, चार । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, हिउँदको मौसममा वनमा एकान्त प्रेमी मान्छे आनन्द छाउँछ मनमा । २. मनको पीडा बुझ्ने कोही छैन संसारमा आँसुले परेली रुझ्ने । ३. बिर्सन खोज्दा विगत भइदिन्छ झन् ताजा प्रयास गर्नु फगत ✍️साबित्री प्याकुरेल धादिङ … १, उसैको सङ्कट हर्छ ईश्वरको विश्वास गरी, जसले पूजा गर्छ । २, निरोगी हुन्छ ज्यान फलार खाएर मात्रै स्वस्थानीको लिऔॅं ज्ञान । ३, निभाउन सकिन्छ अभिभारा ईश्वरमा ध्यान लगाऔॅं , कष्ट मेटिन्छ सारा। ✍️सीमा कार्की समर्पण मेल चोक पर्सा। … १, आफ्नो जिम्मेवारी अब निभाइदेऊ मलाई नगर धेरै मनपरि । २, पन्चेबाजा घरमा बजाएर यसपालिको हिउॅंद बोलाउॅंछु सिउॅंदोमा सिन्दूर लगाएर । ३, जन्मघर लाइ छोडेर जाँदैछु म यसपालि पराईसॅंग नाता जोडेर । ✍️जानुका बास्कोटा काठमाण्डौं … १, आउँछ अविश्वासको भेल बुझ्नुपर्छ है सबैले परिवारमा हुँदा बेमेल | २, आफू अनुशासनमा रहनुपर्छ सम्बन्ध दिगो बनाउनलाई दुईचार कुरा सहनुपर्छ | ✍️सरिता सेढाई धादिङ … १, गर्दै गर्दा राज अपर्झट बिग्रेको देखियो काम र काम । २, नेताका कुरा मिठा सुन्दा दुनियाँलाई बनाउने चाहिने पैसाका बिटा । ३, पराईभन्दा पनि जवानी बढी डर आफ्नैको गल्ति जब जानीजानी । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, आँखाले परेली बाट्यो तिम्रो बाटो हेर्दाहेर्दै उमेरले नेटो काट्यो ! ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, बनको काँडा तिखार्नु पर्दैन भन्दछ सबैले शब्दहरू धेरै निखार्नु । २, पर्दछ मन डुलाउनु आकाश पाताल घुमेर झिल्कामा मन भुलाउनु ? ✍️मोती सुब्बा … १, झुलुक्क झुल्कियो झिल्का साहित्यिक आनन्द दिलाउँदै बेथिति जतिसक्दो मिल्का । ✍️लक्ष्मी रिजाल कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल … १, पुजन गरौँ ईशको तर्न भव सागर हटाई विष रिसको। ✍️तोया नाथ चापागाईं दमक, झापा, नेपाल … १, फैलियो बासना एकताको जुट्नुपर्छ नारी जगत्मा फाल्नुपर्छ दुष्कर्म व्यथाको। २, प्रकृतिकी साधना नारी उठौँ जागौँ एकतामा फाल्नु कुकृत्यका झारी । ३, नारी सचेतना फैलाउन हातेमालो गर्दै बढ्नु जीवन बुटी पैलाउन। ✍️टिकाराम पुन टिपु सल्यान … १, आउॅंछन् जान्छन् जीवनमा दुखका दिनहरू महोदय ! नलागोस् खोट तनमा । २, आत्तिनु हुन्न कहिले दुखको बेला मानिस होसियार हुनु पहिले । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, नामको लागि हैन जनताको कुभलो चिताए स्वतन्त्र निष्ठावान् बनिॅंदैन । २, जनतासॅंग काम गर्नु खान लाउन पुगोस् सबैको आँखामा पर्नु । ३, जातपात कतै नभनी नभनी सानो ठुलो बेइज्जती, बेइमानी नगनी । ✍️भोलामान बर्देवा ‘बैरागि माइलो’ धरान – ८, सुनसरी … १, मानवता असल कर्म दुखीको सेवा गर्नु हो ठुलो धर्म । २, गरेर अरूलाई गाली नकारात्मक सोच राखी नपारौँ दिमाग खाली। ३, अतिले हुन्छ खती बेलामा होस पुराई सुधारौँ आफ्नो मति । ✍️जयनारायण नेपाल इलाम ,हाल सूर्य विनायक न पा २ बालकोट ,भक्तपुर … १, सोच्छ देख्न पाइन्न जताततै धुवाँ, धुलो फोहोर चीज चाहिन्न २, वातावरण सफा गरौँ खाली पाखा डाँडामा रुख बिरुवा भरौँ । ३, लालीगुराँस छन् पाखाभरि डाँफे, मुनाल नाच्दै अब नेपाल स्वर्गसरि । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, किन अचम्म लाग्छ ? सदा सदाको समय कोसिस सॅंगसॅंगै भाग्छ। २, गर्नु सम्मान आदर सानाठुला सबैलाई हामीले , नगर्नु कसैलाई अनादर । ✍️दुर्गा आचार्य मोरङ … १, पहरा त्यो रसायो , फूल फुल्यो बगैचामा , चमेली फूल बसायो । २, तारे भीरको खर , गाईभैँसी भोकै छन् , काट्न लाग्छ डर । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट ७,नवलपुर … १, बदलियो संसार धेर सामन्जस्य नहोला त्यसै आफूलाई बदलेर हेर। ✍️कोपिला अधिकारी … १, चञ्चल बेलगाम मन जान्छ उडेर दूर छोडेर एक्लो तन। २, नेता करोडौँको गाडीमा युवा भाग्य खोज्दै पुगेका छन् खाडीमा। ३, सभ्य बन्ने रहरमा मानवता हराएको देख्छु आजभोलि हाम्रो सहरमा। ✍️ बिके मुखिया दार्जिलिङ,भारत। … १, जहाँ इन्कार सत्यको , घर समाज राष्टमा, सजिलै देखिन्छ फत्यको। २, भन्छन् कलियुगको अन्त्य, हुन्छ झुटको खेतीले , कथा रहेन दन्त्य। ३, भोग्दै जानु पर्दा, ज्ञानको भकारी भरिने, सङ्घर्षले निखारिने गर्दा। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, चुसाइ दुःखको कारण चुसाहाको मुख नटाल्दा हुन्न दु:खको निवारण । २, नहोला दिन एकनास अजर हुँदैन जस्तोसुकै अनित्य जीवन खास । ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, मार्यो यो मायाले अॅंध्यारोमा तर्साउॅंछ भन्छन् सधैँ आफ्नो छायाले। २, मिठो बोल सधैँभरि एकमुठ्ठी सासको चोला पाइन्न घरी घरी । ३, देउ सम्पत्ति हुँदा मर्दासँगै जादैन केही यो कालले छुँदा । ✍️दुर्गा भट्टराई मोरङ … १, छैन हावा बलमा जुन जनताले खेलेको फसेका छन् दलदलमा । २, असत्य साँचो हुँदैन जनताको शिर नुहेको गलत कामले छुँदैन । ३, दलभित्र सन्तुष्टि रहेन सत्तामा पुग्दा कुर्लनु विनासत्ता स्वाद भएन । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, काँडा जस्तो फूल हुँदैन जीवनमा कहिल्यै त्यसैले नगर्नु भूल । २, हुँदैन छल्न ढाट्न लामो छ जीवन गाह्रो हुन्छ काट्न । ३, सधैँ आफन्तको हेला जीवनको काम छैन् कालको परोस् फेला । ✍️ललिता गिरी सिन्धुली … १, सुगन्धको बास्ना हरायो कसरी भनौँ सगरमाथामा नेपालको झण्डा फर्फरायो। २, चोर्न पल्केको बिरालो दुधको कराई खाली त्यही लाग्छ पिरालो । ३, काम छैन सज्जनको कसैले पनि बुझ्दैनन् पीडा भरिएको मनको। ✍️लक्ष्मण देउवा डोटी … १, स्वस्थानीको भाव साह्रो बुझौँ बुझाऔॅं अर्थ स्थानको महिमा साह्रो । २, सारा स्वजन सान लडौँ देश खातिर गाऔॅं मुक्ति गान। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, तराई पहाड हाम्रो प्रकृतिले सुन्दरता खन्याउनाले नेपाल स्वर्गभन्दा राम्रो । २, ढिँडो सिस्नो खाऊँ कर्म जता गरेपनि नेपाली भन्न पाऊँ । ३, गुन्यु चोली लाउँदा गर्वले फुल्छ छाती नेपाली भन्न पाउँदा । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, लौरो बनाउन रोपेको उम्रेछ विषाक्त वृक्ष हतियार बन्दै खोपेको। २, अपमान नसहेकै राम्रो हावाले पात हल्लाउँछ कपटीको बोली चाम्रो। ३, खै ! कता हराए चाँदी जस्तो हिमाल ? भन्दै आमा कराए ! ✍️राजेश्वरी राजोपाध्याय ललितपुर