• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: मन्दिरा सेढाईं

झिल्काकार मन्दिरा सेढाईका चोटिला झिल्काहरू

  • २४ पुष २०८०, मंगलवार ००:०२ मा प्रकाशित
  • झिल्काकार मन्दिरा सेढाईका सुन्दर झिल्काहरू
    १)
    सबैमा नमस्कार अर्पण
    गर्छु स्वच्छ मनले
    भएर साहित्यमा समर्पण !
    २)
    नरम वचन सारै
    कोइली लाज मानी
    झस्काउँछौ तिमी एकतारै !
    ३)
    छैन घरमा मानु
    भाग्यमानीले पाउँछन् काम
    बेरोजगारले कता जानु !
    ४)
    लोभ पापको घर
    चोरेर खान पल्केकालाई
    लाग्दैन इज्जतको डर !
    ५)
    नगर ठुला कुरा
    असल कर्म गर
    सपना हुन्छ पूरा !
    ६)
    कर्मले नाम लेखिन्छ
    डोकोले छोपेको लाज
    नियालेर हेरे देखिन्छ !
    ७)
    नगर तिरस्कार मलाई
    इमान बेच्ने छैन
    गर्नेछु राष्ट्रको भलाइ !
    ८)
    घैटोमा घाम लाग्ला
    आज नभए भोलि
    युवा शक्ति जाग्ला !
    ९)
    असल बाटो रोजेर
    हिँड्नुपर्छ आखिर सबैले
    पाइँदैन सुख खोजेर !
    १०)
    सुन लगाएको देखिने
    स्वार्थी यो दुनियाँमा
    गुन लगाएको छेकिने !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, मन्दिरा सेढाईंLeave a Comment on झिल्काकार मन्दिरा सेढाईका चोटिला झिल्काहरू

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P