• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: पञ्चाङ्ग

पञ्चाङ्ग लेखन शृङ्खला भाग- ११९

  • २६ कार्तिक २०८१, सोमबार १९:१९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय उन्नाइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११९ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/१२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    शान्तिको दीपलाई जगाउनु पर्छ।
    अबदेखि अशान्ति भगाउनु पर्छ।
    गरिबी र बेरोजगारी अन्त्य गर्न,
    सारा नेपालीलाई मगाउनु पर्छ।
    दुष्ट आत्मा ठेगान लगाउनु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    सुकर्म धर्म तर किन भुलिएकोछ आज
    कुकर्मले संसार यहाँ चुलिएकोछ आज
    साहसले अप्ठ्यारोमा सिकाउँदछ हिड्न
    प्रभु जाप सबैका लागि खुलिएकोछ आज
    प्रभु कृपाले उपवन फुलिएकोछ आज ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    पञ्चाङ्ग:०३
    हरेक ब्यक्तिको आ-आफ्नो उडान हुन्छ
    राम्रो उत्पादन गर्न सके सान हुन्छ
    स्वास्थ नै धन हो मूलनारा अँगाल्दै
    ठाउँ अनुसार सबैको सम्मान हुन्छ
    सबै भित्र कुनै कला सीप ज्ञान हुन्छ ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    अचेल हरेक चिजको मूल्य बढ्यो भन्छन्
    बिहान बेलुका त्यै समाचार पढ्यो भन्छन्
    नोट मात्रै छापे नया हजार हजारका
    पुरानो मूल्यमान्यता त सबै डढ्यो भन्छन्
    अमूल्य वस्तुमाथि पनि मूल्य चढ्यो भन्छन् ।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०५
    बिना आगो बेगर मानव मुटु जल्छ कसरी,
    परिवार साथ बेगर जीवन चल्छ कसरी ।
    बाति, तेल बेगर दियो बलेको देखेको छर?
    त्यसैले परिश्रम बेगर बाली फल्छ कसरी
    जग दह्रो भए फेरि माथि तला ढल्छ कसरी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग;०६
    “””””””””
    देखियाे सबैकाे मजबुर रहेछ ताइँ प्रियवर
    स्पष्ट भयाे है साँचाे त्याे रहेछ अन्त काइँ प्रियवर
    सिद्धान्त आदर्श जलेर खरानी भएकाे छ सारथी
    चलेकाे जताततै बेथितिकाे मात्र दाइँ प्रियवर
    जनले खाेजेकाे केवल सुशासन चाइँ प्रियवर ।
    प्रद्युम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग भाग-११८

  • २६ कार्तिक २०८१, सोमबार १९:१३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय अठारौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११८ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/०५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :-अनिवार्य

    पञ्चाङ्ग:०१
    अदृश्य रूपी मनमा चोटहरू अनगिन्ती छन्।
    लगाएका आरोपका खोटहरु अनगिन्ती छन्।
    सँगै बसे हिँडे,खाए भन्दैमा बिर्सियो नसोच्नु,
    पाइलै पिच्छे चोरेका नोटहरु अनगिन्ती छ।
    धारिला वचन वाणका बोटहरू अनगिन्ती छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    यौटा फूल देवताको पाउमा चढाउँला
    अर्को फूल प्रियसीको नाउँमा चढाउॅला
    बगैॅचाका बोट पनि उखेलेर फालेछन्,
    बीउ पाए उखेलेको ठाउँमा चढाउँला
    डाॅडापारी बादलुको गाउँमा चढाउँला।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    आफ्नो मनलाई आफैं सँग ढाट्नु परेको छ
    देश छोडेर अन्य डाँडा काट्नु परेको छ।
    पारिवारिक समस्याको बाध्यताले गर्दा,
    बैँस जोस परदेशमै साट्नु परेको छ,
    पैसाको लागि गाह्रो काम आँट्नु परेको छ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    जति मादल ठोकेपनि समयलाई नचाउन सकिन
    बितेर भूत बन्यो आफैं उ इतिहास रचाउन सकिन
    हिजो यही समयमा हाँसेर माया गाँसियो आज नासियो
    कस्तो माया रहेछ यो मैले त पहिल्यै जचाँउन सकिन
    टुट्यो सम्बन्ध म बच्चाले रोएर पनि बचाउन सकिन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    कामको परेको रैछ चटारो यहाँ
    त्यसै माथि कसैको छ झटारो यहाँ
    अरुको भलो सोच्ने त दुनियाँ छैन
    साथ नदिएको गाडी खटारो यहाँ
    होडबाजी गर्नेको छ लटारो यहाँ ।।

    धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग:०६
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग:०७
    “””””””””
    सत्तामा मात्र माथापाच्ची गर्नुमा नै नाइकेकाे काम हुन्छ
    हिँड्न मनग्गे संख्या जुटाउन
    गाउँघर ठूलै नै धाम हुन्छ
    विश्वास हरायाे धेरै ढाँट्याै , निष्कर्ष संयुक्त उम्मेदवार
    हाम्राे साझा चिन्हमा चट्ट भाेट झारेर सत्तामा खाम हुन्छ
    अन्तिम निष्कर्ष पनि फेल भयाे छैन नि जाने ठाम हुन्छ ।
    प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०१

  • २६ कार्तिक २०८१, सोमबार १९:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/०८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०१[एकसयएकऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    स्पर्शमा भुलेकाे जिन्दगी।
    मनमा डुलेकाे जिन्दगी
    कति सुन्दर पाे देखियाे,
    हावामा झुलेकाे जिन्दगी।
    काँडाका फुलेकाे जिन्दगी।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    काँडामा पनि फुलेको फूल हेर
    त्यहीँ फूलमा भमरा हुल हेर
    एक अर्कोसँग सम्बन्ध हुन्छ नै
    स्वच्छतामा पनि हुन्छ धुल हेर,
    छिद्रता त हुन्छ नै त्यो झुल हेर।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३
    काँडा बिचमा सुन्दर फुल फुलेको छ राम्रो
    घरको बगैचामा रङ्गिन झुलेको छ राम्रो ।
    प्रत्यकले अनमोल सुन्दरता भरिएको
    जसरी मान्छे पनि हरक्षण खुलेको राम्रो
    सधैँ सुगन्ध छर्दै वरिपरि डुलेको राम्रो।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    मुसुक्क हाँसी फूल फूलेकाे देखियाे
    त्यही फूलकाे हाँगा झुलेकाे देखियाे
    साैन्दर्यले झपक्क हुँदा सबैतिर
    घर,आँगन अति खुलेको देखियाे
    त्याे फूलमा भमरा डुलेकाे देखियाे

    -उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०५
    काँडा बिच फूल्ने फूल कति राम्रो
    ढङ्गाबाट फुट्ने मुल कति राम्रो
    आफ्नो ठाउँमा सबैको महत्त्व छ,
    पुतलीका घुम्ने हुल कति राम्रो
    माकुराले बुन्ने झुल कति राम्रो ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    काँडाकै बीचमा फुलेको हुन्छ जिन्दगी
    लुकाएर दु:ख खुलेको हुन्छ जिन्दगी
    अँध्यारोमा थोरै भए नि उज्यालो छर्न
    तेलमा सलेदो घुलेको हुन्छ जिन्दगी
    जल्दै आफू पिडा भुलेको हुन्छ जिन्दगी ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९८

  • २३ आश्विन २०८१, बुधबार ०६:२९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अन्ठानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/१७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९८[ अन्ठानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    बडादसैं घरघरमा आएको छ।
    बाढी र पहिरोले सारा खाएको छ।
    दसैं कसैको दशा नबनोस् भन्छु म,
    महलबासी हर्ष खुसी छाएको छ।
    गरीब दुःखीले दुःख नै पाएको छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग :०२
    बालुवा माटो जौ राखी पानी घडा थापेर यहाँ।
    नव दुर्गा पुजा गर्छन् नि जमरा राखेर यहाँ।
    दसैँ सुरुवात पहिलो दिनमा यस्तै नै गर्छन् ,
    चण्डी पाठ गर्छन् है दुर्गामा बोका भाकेर यहाँ ।
    दशमीमा टीका लगाउँछन् मासु चाखेर यहाँ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०३
    जमरा घडा भरेर बालुवा र माटो दिएर राखिन्छ बेस्सरी ,
    मीठा मीठा परिकारहरु चाखिन्छ पिलेटमा लिएर बेस्सरी ।
    हिन्दुहरुको खुसियालीको चाड रमेर आएको छ यसपालि
    नयाँ नयाँ कपडाहरु सबै परिवारलाई सिएर बेस्सरी ,
    चाडपर्वमा कोही कोही मस्त हुँदै हिड्ने गर्छन् पिएर बेस्सरी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    हामी गरिब वर्गलाई दशैँ आएर के गर्नु?
    भोकै प्यासै बस्नेलाई मालश्री गाएर के गर्नु?
    मीठो खाने राम्रो लाउने हाम्रो तक्दिरमा छैन।
    गरिबहरु नाङ्गै छन् धनीले लाएर के गर्नु?
    पेट खाली छ गीतको धुन बजाएर के गर्नु?


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग-०५
    नराख्नु आमा जमरा यसपालि त कतै राख्ने ठाउँ छैन
    शहर चुर्लुम्म डुबेको छ बाढीले बगाएर गाउँ छैन
    पारी जाने पुल लग्यो बाटोघाटो खानेपानीको मूल लग्यो
    सारा देश शोकाकुल छ आज कहिँ कतै जाउँ जाउँ छैन
    यस्तो बेला पो आयो दशैं जहाँ कसैको निसाना नाउँ छैन।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०६
    पूजा आरम्भ गरिन्छ आज
    बालुवा माटो भरिन्छ आज
    साइत थाहा नभए पनि,
    मकै जौँ धान छरिन्छ आज
    विधि नजान्ने परिन्छ आज।
    कला ढकाल झापा

    ॐ
    पञ्चाङ्ग:०७
    “”””””””
    ठूला झरीले दसैँकाे खुसी सबै जन हरायाे हजुर
    एक ठाउँबाट अर्काेतिर जान मन डरायाे हजुर
    नदिका किनारा खुल्ला राख्नु पर्ने पाठ सिकायाे मज्जाले
    देशभरि नै धनजनको खति झन गरायाे हजुर
    तटका घरटहरा क्षति गरिकन भरायाे हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    पञ्चाङ्ग:०८
    टन्न खान पाउने को पो दशैं।
    आफ्ना कहाँ धाउने को पो दशैं।
    गरीब जहाँको त्यही हो सधैं,
    नयाँ लुगा लाउने को पो दशैं।
    खुशीयाली छाउने को पो दशैं।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग2 Comments on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९८

    साप्ताहिक पञ्चाङ्ग अभ्यास शृङ्खला- ११५

  • १९ आश्विन २०८१, शनिबार ०६:४४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय पन्ध्रौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११५ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०६/१४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    मानिसको उठिबास लगायो प्रकृतिले।
    खाने अन्न वस्तु सबै बगायो प्रकृतिले।
    दैवको लिला अपरम्पार देखियो सबै,
    बस्तीबाट धेरै टाढा भगायो प्रकृतिले।
    दैवको विरोधीलाई जगायो प्रकृतिले।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    क्षितिज परिधि घुम्दै थिएँ म
    सुस्तरी त्यो हावा चुम्दै थिएँ म
    मुटु दुखेर निकानन्द खोज्दा
    अम्मल लागे झैं झुम्दै थिएँ म
    सुनसान एक्लै गुम्दै थिएँ म ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    प्रकृतिले क्षति गर्नुसम्म गरेको छ जताततै।
    विश्वभरिनै मानिसहरु मरेको छ जताततै।
    असाध्य नै विध्वंस मच्चाएर छाड्यो दुनियाँ भरि।
    सयौँ घर बाढी पहिरोमा परेको छ जतततै।
    बाँच्नेको भोकमरिले ज्यान हरेको छ जताततै।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०४
    मायाको सम्बन्धमा डर हुदैन
    जात भात र कुनै थर हुदैन।
    समाजले कहिल्यै कुरा बुझेन
    त्यसैले दोष दिने भर हुदैन ,
    समर्पण नहुदा घर हुदैन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    यहाँ रामलाई छाेडेन ।
    धन दामलाई छाेडेन ।
    हान्याे प्रकृतिले जाेडले,
    भिड जामलाई छाेडेन ।
    कुनै ठामलाई छाेडेन ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    यहाँ अचाहिँदो धेरै भयो
    दुनियाँ सम्झेनौ मेरै भयो
    दुःखी गरिबको जिउधन
    खाइदिइस् सबै तेरै भयो
    भ्रष्टाचारीहरूको जेरै भयो ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०७
    विकाशको नारा लगाउँछन् यहाँ।
    अधोगति धारा बगाउँछन् यहाँ।
    कुरा मात्र ठूला गर्ने केही हैन,
    आफूले नै सारा जगाउँछन् यहाँ।
    आफ्नो लागि तारा मगाउँछन् यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग;०८
    देशैभरि बाढीपैह्रो चलेको यो बेला
    थलथली धराधाम गलेको यो बेला
    के लेखौॅ र माया प्रीति उनिएका कुरा,
    यो देशको शीर तल ढलेको यो बेला
    दैवले नि हामीलाई छलेको यो बेला।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०९
    लग्यो सारा पानीले खेत बारी ओहो ,
    बग्यो भेल सँगै वारि न पारि ओहो ।
    बेमौसमी पानीले गरायो लथालिङ्ग
    हिलोमा डुबायो तरकारी घारीओहो
    बगायो ल्याउन सकिएन वारि ओहो ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१०
    हेर्दाहेर्दै मानव बस्ती लग्यो पानीले
    प्रकृतिले गर्दा नै सबै ठग्यो पानीले
    राज्यसत्ताको अझै हेल्चेक्र्याइँ हुँदैछ
    आफ्नो केही भन्न पाएन बग्यो पानीले
    सबै प्राणी जनहरू नै तग्यो पानीले
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:११
    हरियो वन नेपालको धन हरायो किन ?
    त्यसैले बाढी पहिरो अहिले करायो किन ?
    प्रभु कहर झैँ प्रलय जस्तै हुनेछ हानी
    प्रकृतिसँग खेला मानवले गरायो किन ?
    प्रकृतिले जलमग्न भर्पाई भरायो किन ?
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग-१२
    प्रकृतिकै एक अंश त हो मानवको चोला पनि
    शिर निहुर्याउथ्यो प्रकृतिको पाउमा भोला पनि
    अचेल त मान्छे आफैं नै जान्ने भयो प्रकृति भन्दा
    शहर बनाउनको लागि मासिदिन्छ खोला पनि
    अझ उल्टै बोकाउन खोज्छ सिद्धान्तको झोला पनि।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग2 Comments on साप्ताहिक पञ्चाङ्ग अभ्यास शृङ्खला- ११५

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९७

  • १९ आश्विन २०८१, शनिबार ०६:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सन्तानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/१०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९७[सन्तानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सगरमाथाको शिखर चुम्न मन छ।
    त्यहाँ पुगेर वरिपरि घुम्न मन छ।
    यो हाम्रो विश्रको एउटा पहिचान हो,
    विदेशीहरू ल्याई सँगै झुम्न मन छ।
    नवीन साथीहरूसँगै गुम्न मन छ ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    मलाई सुन्दर लाग्छ हिमाली धरामा
    मेरा मन अति जाग्छ हिमाली धरामा
    यस्ता ठाउँहरू सबै देशमा पाइन्न
    हिउँ हेर्दा दु:ख भाग्छ हिमाली धरामा
    हिउँले आँखामा दाग्छ हिमाली धरामा

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०३
    प्रकृतिमा अति रम्न मन छ मलाई।
    यसमै लीन भै जम्न मन छ मलाई।
    कति निस्वार्थ प्रेम छ यसको सबैमा,
    फूलसँग निकै गम्न मन छ मलाई।
    समय पर्खन थम्न मन छ मलाई।
    ह्यारिस
    ॐ
    पञ्चाङ्ग०४
    “विश्वमा अग्लाे सगरमाथा पहिचान छ साथी
    बुद्धकाे जन्मभूमि हुँदा देशकाे मान छ साथी
    नेपालकाे नागरिक हुनुमा लाग्छ गर्व अति
    संसारका वीर हुन् नेपालीकाे आहान छ साथी
    सुरम्य प्रकृतिले दिएकाे वरदान छ साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०५
    मेरो गाउँबाट हिमाल प्रष्ट रुपमा देखिन्छ हेर
    हाम्रो देश नेपाल सुन्दर प्रकृतिमा लेखिन्छ हेर
    जहाँ जहाँ जान्छौ आफ्नो देशको माया
    सुन्दरताको चित्रण गर्न अनि फुल भेटिन्छ हेर
    सुन्दरता आफैंमा चम्किएको पुरा मेटिन्छ हेर
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    पञ्चाङ्ग:०६
    कति सुन्दर हिमाल पारीको देश हाम्रो
    ढाकाटोपीअनि चौबन्दी चोलो भेष हाम्रो
    सान अनि मान सगै प्रकृति हाँसेको छ
    त्यसैले छिटको सारीमा चुल्ठी केस हाम्रो
    डन्डी बियो र कबडी राष्ट्रिय रेस हाम्रो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग,:०७


    हिमाल पहाड तराई फाँटमा छ
    बर्षातले बिनाश गर्ने छाँटमा छ
    प्रकृतिले त सबै बिगार्यो बिगार्यो
    युवाहरु चैँ बिदेशिने आँटमा छ
    मर्नेहरु जति मसान घाटमा छ


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०८
    त्याे तराईको माथि खुलेको हिमाल हाँसेकाे छ
    सुन्दर, शान्त प्रकृति र हाम्रो मायाँ गाँसेकाे छ
    त्याे गाउँ अनि ति पाखा पखेरा कति रमाइलो
    डाँफे,मुनाल पनि यिनैकाे काखमा नाँचेकाे छ
    पाहुना बनि त्याे ठाउँमा घुम्न जान साँचेकाे छ

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग-:०९
    हिमालको काखमा मेरो सानो गाउँ छ
    यै सानो गाउँको विश्वमा ठुलो नाउँ छ
    ऋषि – महर्षिले तप गरेको भुमि यो
    आउनु है हेर्न कति सुन्दर ठाउँ छ
    एकैचोटी हेरे कस्तो मोहनी लाउँछ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्गLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९७

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ११४

  • १२ आश्विन २०८१, शनिबार १५:३८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय चौध अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११४ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०६/०७
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    राम्रो कामहरू गरेर देखाउनु छ।
    धेरै खुशीहरू छरेर देखाउनु छ।
    हुन्छ धेरै उतार चढाव जीवनमा
    सबै दुखहरू हरेर देखाउनु छ।
    पछि हैन अघि सरेर देखाउनु छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    ॐ
    रिसरागले ठूलाे व्यक्तित्व झनक्क झन्किनु भयाे
    देश चलाउने अस्तित्व त सनक्क सन्किनु भयाे
    नीति नियममा नचल्ने अडानमा रहन गाह्राे
    अधिकार प्राप्त शक्ति हरे फनक्क फन्किनु भयाे
    अति भयाे सेवाग्राही व्यक्ति तनक्क तन्किनु भयाे ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।

    पञ्चाङ्ग:०३
    यो जिउँदो लास मिल्छ भने पोलेर जाऊ
    मिल्दैन भने केही न केही बोलेर जाऊ
    सम्बन्ध लाएपछि निभाउन पनि पर्छ
    कि त मन्मथ एकैठाउँमा घोलेर जाऊ
    नत्र त्यो मौनताको रहस्य खोलेर जाऊ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग०४
    कति हुन्छ पिडा जिन्दगीमा भुल्न सक्नुपर्छ
    संसारमा दु:ख छ दु:खमै फुल्न सक्नुपर्छ
    दु:खसुख आउँछ जान्छ हिउँद बर्खा जस्तै
    जिन्दगी भने दुवै याममा डुल्न सक्नुपर्छ
    आँशोमा थोरै हाँसो मिसाइ घुल्न सक्नुपर्छ ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    धर्ती बल्यो असोजको चर्को घामले यहाँ।
    चाड पर्व बले छ महँगो दामले यहाँ।
    संस्कार संस्कृति धान्न नै गाह्रो हुने भयो ,
    नेताले धोक्रो भर्छन् संस्थाका नामले यहाँ।
    निमुखा त मर्यो रातदिन कामले यहाँ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०६
    जस्को सरकार आउँछ उहीँ बनेर बस्छ ढाल यहाँ ,
    फरक फरक नीति मात्रै त ल्याउछन् हर साल यहाँ ।
    न त बिकास भयो न त निकास आउँछ देशमा गति,
    यस्तो पाराले कसरी हुन्छ देशमा निश्चित ताल यहाँ ,
    धेरैजसोको घरमा मुन्टो ओतलाई छैन पाल यहाँ ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७
    सत्ता एक नशा रहेछ र सधैँ मातेर बस्दै छु म
    गाेली बन्दुकले हरेक जनता हाँकेर डस्दै छु म
    भित्री दम्भ घमण्डकाे कहरले सत्ता समाइ बसेँ
    भ्रष्टाचार गरी अकूत धनले झाँटेर फस्दै छु म
    जाे उच्चासनथ्याे चढेर रहदा हल्लेर खस्दै छु म।
    -ताेयानाथ सुवेदी
    काँडाघारी,

    पञ्चाङ्ग:०८
    धर्ती बलेको छ चर्को घामले ।
    ज्यान गलेकाे छ चर्को घामले ।
    अस्तव्यस्त छ प्राणी जगत,
    गर्मी फलेको छ चर्काे घामले ।
    जन थलेकाे छ चर्को घामले ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०९
    दुःखमा किन प्रभु नाम घोकिन्छ होला ?
    प्रभु नामले भव बाधा रोकिन्छ होला
    सराहनीय कार्यले रहोस् नाम हाम्रो
    कुकर्मले पापको भारी बोकिन्छ होला
    अर्काकै उन्नतिमा जिब्रो टोकिन्छ होला ।
    ‌‌ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:१०
    प्रेमील संसार जगाएर जाऊ।
    दुःख पीडा सबै भगाएर जाऊ।
    मानव जिन्दगी अजीव रहेछ,
    सुख खुसी यतै मगाएर जाउँ।
    प्रेम रूपी फूल लगाएर जाऊ।
    ह्यारिस

    पञ्चाङ्ग११
    अन्तिम पल्ट मात्र भेटेर जाऊ
    सम्बन्ध सबै सबै मेटेर जाऊ
    समस्या सँग लड्नै पो नसक्नेले
    छिद्र भएको मुटु रेटेर जाऊ
    जिउँदो लाशलाई खेदेर जाऊ।
    -कला ढकाल झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग2 Comments on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ११४

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९६

  • १२ आश्विन २०८१, शनिबार १५:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छ्यानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/०३गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९६[छ्यानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    एउटा पुस्तकालय खोल्न मन छ।
    यसबारे चारैतिर बोल्न मन छ।
    कस्तो राम्रो देखियो पुस्तकको घर,
    गल्ती बोल्ने सबैलाई पोल्न मन छ।
    अब गल्ती गर्नेलाई विष घोल्न मन छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग :०२

    खुवाउनेकाे महल बन्यो खानेकाे पाल छ ।
    याे कसले चलाउँछ कुन्नि कसकाे जाल छ ।
    संघर्ष त सबैले गर्छन् रातदिन नभनी ,
    छ दुःखकाे कथा अनगिन्ती आँसुको ताल छ ।
    खान्न भन्दै कसम खायो भाेलि उही हाल छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    घर बनाउने सपनामा थिए कुनै दिन
    आश्वासन परिवारलाई दिए कुनै दिन।
    मिहिनेत नगरेको पनि हैन नपुगेको
    पिडाकोअैासधि भन्दै पनि पिए कुनै दिन
    नसोचेका धारिला वचन लिए कुनै दिन।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०४
    एउटा पुस्तकालय बनाउन मन छ।
    सम्पूर्णको उपस्थिति जनाउन मन छ।
    कस्तो राम्रो देखियो पुस्तकको घर हेर्दा,
    यस्को घृणा गर्नेलाई हनाउन मन छ।
    धेरै वार्षिक उत्सव मनाउन मन छ।
    -ह्यारिस

    पञ्चाङ्ग-०५
    चौरासी लाख जुनीपछि बल्ल मानव जुनी पाएको मान्छे
    प्रकृतिकै अनुपम रुप सुन्दर मस्तिष्कले छाएको मान्छे
    सुख सयल मात्रै खोज्छ तपस्या अनि साधना कहाँ रोज्छ?
    पढ्दैन किताब यति धेरै दु:ख र हन्डर खाएको मान्छे
    रित्तै फर्किन्छ आखिर यत्रो ज्ञानको भण्डारमा आएको मान्छे ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग1 Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९६

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ८४

  • १२ असार २०८१, मंगलवार ०७:४३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चौरासीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८१/०३/०६गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८४[चौरासीऔं]  चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~
    पञ्चाङ्ग:०१
    हात्ती हाे कि फूल हाे मलाई थाहा भएन।
    किन हाे किन त्याे कतै बाट आहा भएन।
    प्राकृतिक  जस्ताे  छदै  छैन  है  हेर्दामा,
    हेर्नलाई   कुनै   मन देखि   चाहा भएन।
    कसैले   लिएर   गए  पनि  डाहा भएन।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    हेर्दा देखिन्छ बडेमान हात्तीको भान छ।
    दायाँबायाँ तर्फ हेर्दा सेता ठुला कान छ।
    देखिन्छ टाउको बीच भागमा लामो सुँढ,
    दुबै  पट्टी  पहेँलो  रातो फूलको सान छ।
    शरीर  हरियो  जरा  लहरा  को  टान छ।
           ✍️
               बेदु न्यौपाने 🌹🌹
    पञ्चाङ्ग:०३
    ठूलो  छ  हात्ती  जिउ  र ज्यान कसरी पाल्दो हो
    घाँस  र  पात  खानमा  ध्यान  कसरी  हाल्दो हो
    साग  र   सब्जी   मिलाइ   बन्यो   भर्खर  भर्खरै
    होला र कस्तो चङ्ख की प्यान कसरी भाल्दो हो
    नयाँ छ हात्ती नौलो त्यो छ्यान कसरी चाल्दो हो।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०४
    नाङ्ला जस्तो ठूला कान गणेशजी
    हरियो   लराको   तान   गणेशजी
    हेर्ने  दृष्टि  राम्रो  भए  राम्रै  हुन्छ ,
    भगवान  सर्वमान  गणेशजी
    शिव पार्वतीको  सान  गणेशजी ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५

    हात्तीलाई गणेश भगवान मानिएको रुप हो,
    पहिलो पुजा गर्दा खेरि सधैँ बानिएको रुप हो।
    नित्य पुजा गर्दा जहिले पनि आराधना गरिन्छ,
    युगौँ युग देखि चलि हामीले जानिएको रूप हो,
    संस्कारको हरेक क्षण क्षण धानिएको रुप हो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    हेर्दा बिरुवामा हात्तीको भान हुन्छ
    गणेशको प्रतीकको त्यो सान हुन्छ
    कस्तो विचित्र देखियो गणेश चित्र
    जहाँ छन् नि  ईश्वर त्यहाँ मान हुन्छ,
    ईश्वरको नाममा दिऊ, दान हुन्छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    आहा ! णेशकाे मुर्ति देख्छु ।
    फूलहरुकाे  त पूर्ति  देख्छु ।
    छ  सजिएको  राम्रोसँग  है,
    कलाकारकाे त्यो फूर्ती देख्छु
    धाक  दिने  उही  सुर्ती देख्छु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०८
    हात्ती होस् कि भुसुना संसारमा पेट कसैको खाली हुदैन
    यो सुन्दर बगैंचा मानवकै हो यहाँ अरु माली हुदैन
    कति सुन्दर रुप देखाई मुस्कुराउँदैछ प्रकृति  हेर
    रिसाउँदा नि सुवास दिन्छ उसको मुखमा गाली हुदैन
    प्रकृतिले सबैलाई बचाउँछ मान्छे जस्तो जाली हुदैन
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    गणेश  नाम  रहेछ  उसको।
    ठगाहा  काम  रहेछ उसको।
    ज्यान भने मत्ता हात्तीको जस्तो,
    दिमाग  जाम  रहेछ  उसको।
    कथामा  चाम  रहेछ  उसको ।

    प्रभा पोखरेल
    अमेरिका
    पञ्चाङ्ग:१०
    देख्दा खेरि हात्तीको भान हुन्छ।
    लाग्दैछ   गणेशकाे   थान  हुन्छ
    प्राकृतिक  भन्दा   कृत्रिम   तिर,
    फुलबुटा    भर्नेको    मान हुन्छ।
    मनुष्यको     दैनिक  शान हुन्छ।
    ह्यारिस

    पञ्चाङ्ग: ११
    देख्दा पनि अनौठो लाग्छ आजकल
    चित्र हेर्दा खुल्दुली जाग्छ आजकल
    के के बाट बन्छ्न् हो चित्र बन्न पनि
    हेर्दैमा  चिन्ता  दूर  भाग्छ आजकल
    समयले  के के हो  माग्छ  आजकल ।
    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभवLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ८४

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ७९

  • ११ माघ २०८०, बिहीबार १९:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उन्नासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७९ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/१०/०८गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    किसानले खेत बारी राेप्न बीउ खाेज्छन् रे।
    ताताेताताे भात माथि तातै घिउ खाेज्छन् रे।
    दैवकाे लिला पनि अपरम्पार छ हेर,
    मान्छे जति बुढाे भयाे उति निउ खाेज्छन् रे।
    मखमलकाे कपडा माथि लिउ खाेज्छन् रे।

    पञ्चाङ्ग:०२
    असनीय पीडा सहनु कसरी ?
    यो मनको बह कहनु कसरी?
    जिन्दगी किन हाे अजीब लाग्दैछ,
    खोलाको पानी झैं बहनु कसरी?
    किनारा भएर रहनु कसरी?
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३
    मायामा त हृदयले छुनु पर्छ।
    दुःख र सुखमा साथ हुनु पर्छ।
    जीवनमा आखिर के पाे हुन्छ र,
    एक आपसकाे मैलाे धुनु पर्छ।
    दुखमा सँगै मिलेर रुनु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:०४

    मायाले दिलको नजिक हुनेलाई भन्नुपर्छ।
    सुखदुःख पर्दासँगै रुनेलाई भन्नुपर्छ।
    गाह्रो साह्रै माया गरेपछि भन्नू उनैलाई,
    दिलबाट दिलसम्म छुनेलाई भन्नुपर्छ।
    मनको मैलो आँशुले धुनेलाई भन्नुपर्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०५
    जब चुनौतीलाई पनि सहर्ष अवसर ठान्छ मान्छे।
    जब भोजनको सट्टामा अहंकारलाई नै खान्छ मान्छे।
    अनि त्यसबेला पो उ साधारण मान्छे भन्दा हुन्छ भिन्दै,
    राम राम भन्दै देवताले पनि भगवानै मान्छ मान्छे।
    रावणको वध गर्न आखिर भगवानले छान्छ मान्छे ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६

    सुशासनको नाममा डकार जतिसुकै ।
    भ्रष्टाचारी हुन् भनेर खकार जतिसुकै ।
    छँटाहा कहिले पनि गर्देन राम्राे काम ,
    बन्दुक नै तेर्साएर हकार जतिसुकै ।
    राष्ट्रका घुन हुन् भन्छु सकार जतिसुकै ।

    प्रधुम्न चालिसे
    भक्तपुर ,कटुञ्जे ।

    पञ्चाङ्ग:०७

    छोरी मान्छेले सुन्दर जिउ खोज्छन् ।
    श्राद्धपछि पुरोहित घिउ खोज्छन्।
    समय अनुसारको खोजी हुने,
    सिजनमा किसानले बिउ खोज्छन् ।
    झगडालु मान्छे सधैँ निउँ खोज्छन् ॥

         गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०८
    मानव किन यति साह्रो घमण्ड गर्छन् होला।
    आखिर लठ्ठी बिना खोला कसरी तर्छन् होला।
    जुन कुराको पनि त आ-आफ्नै महत्त्व हुन्छ,
    सम्बन्ध तोडेर अर्कोमा कसरी सर्छन् होला।
    विश्वास छैन भने भर कसको पर्छन् होला ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९

    मन भित्र राखी तिमीलाई सधै माया गर्छु म।
    जुनीजुनी हृदयमा प्रेमकाे वासना छर्छु म।
    मेरो जिन्दगीमा आयाै तिमी त खुशी राख्छु सँधै,
    आफ्नै ठानी तिम्राे जिन्दगीमा कयाैँ रंग भर्छु म।
    भुली सारा दुनियाँलाई तिम्रै शरण पर्छु म।

    उर्मिला के.शी.
    धनकुटा

    ,पञ्चाङ्ग:१०

    नेपाल आमा रोहि रहेकी छन् आँसु लुट्नु पर्छ आजैदेखि।
    हिमाल,पहाड अनि तराई सबै जुट्नु पर्छ आजैदेखि ।
    धेरै मिचिदैछन् सिमाहरु पूर्व पश्चिम तल माथि किन?
    कुविचार भएकाहरु राज्य बाट छुट्नु पर्छ आजैदेखि।
    अब भष्ट्रचार गर्नेहरुको मन टुट्नु पर्छ आजैदेखि ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:११
    मन्दिरमा भगवानको बास हुन्छ भन्छन्।
    सास हुन्जेल मानिसको आस हुन्छ भन्छन्।
    मूर्तिलाई पुजेर जीवन बित्ने भो यहाँ,
    केही नगरे नि जिउन त्रास हुन्छ भन्छन्।
    जीन्दगीमा त आफ्नै मान्छे खास हुन्छ भन्छन्।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग :१२

    कल्पनाकाे पल भन्छु
    जवानीकाे बल भन्छु
    खाएमा अति स्वादिष्ट
    पसिनाकाे फल भन्छु ।
    गंगाजीकाे जल भन्छु ।

    भवानी घिमिरे
    सर्लाही।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग1 Comment on साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ७९

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P