• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: गुणनिधि घिमिरे

गुणनिधि घिमिरेका सुन्दर झिल्का कविताहरू

  • ५ पुष २०८०, बिहीबार २२:१८ मा प्रकाशित
  • केही झिल्का कविताहरू

    ( छोटो समयमा मनोभाव व्यक्त गर्न सकिने नयाँ नेपाली साहित्यिक प्रविधा “झिल्का” भनेको नौ शब्दको कविता। प्रत्येक हरफमा तीन तीन शब्द, पहिलो हरफले उठान, दोश्रो हरफले व्याख्यान र तेश्रो हरफले समापन गर्छ । पहिलो र तेश्रो हरफमा अन्त्यानुप्रास हुनु  अनिवार्य छ । - गुणनिधी घिमिरे )

    १)
    सााहित्यिक मनका आँखाहरूले
    छर्लङ्ग उज्यालो बनाउन्,
    हाम्रा झिल्काका भाखाहरूले !
    २)
    न्यायलाई बुई बोकेर
    सुन्दर समाज बनाऊँ,
    अन्यायलाई व्यङ्ग्य ठोकेर !
    ३)
    अर्काकै मात्र भरमा
    परेर देश बिग्रियो,
    अचेतन् नेताका करमा !
    ४)
    जाग युवा  जाग
    प्रगति धेरै गर्नलाई,
    सुमार्ग छानेर लाग !
    ५)
    धुलो मैलोले भरियो
    रमाइलो हाम्रो आँगन,
    बेवास्ता किन गरियो ?
    ६)
    शान्ति व्यवस्था ल्याउन
    देशको मुहार फेर्नलाई,
    युवाले सक्छ भ्याउन !
    ७)
    आगोको झिल्का लप्कामा
    होसले कर्म नगरे,
    खाइदेला एकै झप्कामा !
    ८)
    झिल्कामा फाल हालेर
    सत्यको बाजी जितौँला,
    फोहर कर्तुत् फालेर !
    ९)
    कसैको प्रशंसा पर्दैन
    जाँगर आँट गरौँला
    अल्छेले केही गर्दैन !
    १०)
    बाँधेर संसारी मायाले
    कर्तव्य कर्म बिर्सेला,
    छाड्ला आफ्नैँ छायाँले ।
    ✍️
    गुणनिधि घिमिरे
    अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged गुणनिधि घिमिरे, झिल्का कविता1 Comment on गुणनिधि घिमिरेका सुन्दर झिल्का कविताहरू

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P