• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: सुरेशकुमार पाण्डे

शताब्दी महिलाद्वारा ‘जेईको सम्झना’ लघुकथा सङ्ग्रह विमोचित

  • १५ मंसिर २०८१, शनिबार २२:०२ मा प्रकाशित
  • दाङ, मङ्सिर १५
    साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित “जेईको सम्झना”लघुकथा सङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको माला इन होटलमा भव्य रूपमा लोकार्पण गरिएको छ । यद्यपि उक्त पुस्तकको विमोचन चितवनमा १ महिना पहिले गरिएको थियोे; तापनि सर्जकले आफ्नी वयोवृद्ध सासुआमाको हातबाट गराउने उद्देश्यले गृह विमोचन पनि गराउनुभएको जानकारी प्राप्त भएको छ ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

    कृति विमोचन गर्दै प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने काममा सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुसी प्रकट गरे ।

    उक्त कृतिको समीक्षा साहित्यकारद्वय चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेले कृति रचनाका बारेमा अनुभव सुनाउँदै कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।
    १०८ पृष्ठ रहेको ‘जेईको सम्झना’ लघुकथा सङ्ग्रहमा ५४ वटा लघुकथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघुकथाले उजागर गरेको समीक्षकको भनाइ रहेको छ । कथा, कथा विधा, यसका आयामलगायत विषयमा समीक्षकले चर्चा गरेका थिए ।

    राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, सल्लाहकार उत्तमकृष्ण मजगैया, प्राज्ञ नन्दु उप्रेती, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली ,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर”, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छवि पुरी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू सच्युतराज उप्रेती, गणेश विषम, नारायण नेपाल, यज्ञबहादुर डाँगी र साहित्यकारहरूमा हरिप्रसाद पौडेल “स्वर्णशिखा”, दामोदर पौडेल, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, शरद गौतम, एकराज शर्मा, गोपाल भुसाल, नरेशजंग राणा, महेश कुमार न्यौपाने, खेमराज गाउँले ,धनसिंह गिरी, दिलीप डाँगी,शारदा शर्मा, कुलबहादुर ओली, रिमा गौतम, देवेन्द्र रिजाल, कृति डिसी, नारद भण्डारी, नवराज देवकोटाको उपस्थिति रहेकोे थियोे ।

    त्यसैगरी साहित्य अनुरागीहरूमा मनिराम खनाल, वसन्त भट्टराई, गणेश आचार्य, मेघराज भट्टराई, यादव भण्डारी, अरुण कुमार नेपाली, दीपनारायण पाण्डे, खगराज पाण्डे, सुदेव पाण्डे, देवी पाण्डे, शिवराज पाण्डे, सुनिता पाण्डे, मनिषा पाण्डे, दीपा रिजाल, यादव प्रसाद भण्डारी, मधुसुदन पाण्डे, लुमाकान्त कुँवर, योजना रेग्मी, शिवान्सी पाण्डे, सारांश पाण्डे, प्रान्सी रिजाल, यशोदा केसी, सरोजजंग केसी, खोपिलाल पाण्डे लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

    राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P