• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: साताका उत्कृष्ट झिल्का

साताका उत्कृष्ट झिल्काहरू- २०

  • २२ असार २०८१, शुक्रबार २३:३७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २० का लागि झिल्काकारत्रय कृष्णकुमार वैद्य, पुरुषोत्तम फुयाल र अनिता कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १.
    गमलामा धान रोप्ने
    नौटङ्की गर्न खप्पिस
    जताततै मौका छोप्ने ।
    २.
    हेर्नु शासकको चाला
    गमलामा रोपेर धान
    गलामा लाउँछ माला ।
    ३.
    पारिन्छ सपना साकार
    ढुक्कसँग विश्वास गरौँ
    हेरी गमलाक‍ो आकार ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [२]
    १.
    स्वार्थले भरिएको संसारमा
    असाध्यै सोझोपन हुनाले 
    भए एक्लै  अन्धकारमा ।
    २.
    बेरोजगारको झोला बोकेर 
    परदेश हिँडेको थिएँ 
    आँखाको आँसु रोकेर ।
    ३.
    बालापन फर्किँदैन रोएर
    सम्झेर मात्र नहुने 
    आँसुले सिरानी धोएर ।
    ✍️
    पुरुषोत्तम फुयाल 
    साकेला गाउँपालिका-२ रतन्छा खोटाङ

    [३]
    १.
    भनेझैँ रोजगार नभएर
    गाँउघर शुन्य सधैँ
    युवाहरू परदेश गएर ।
    २.
    पानी ढिला आएर
    बालीनाली सखाप सबै
    खडेरीले प्रीति लाएर ।
    ३.
    कटक्कै मन खायो
    बिचरा किसानको हेर
    आँखामा आँसु आयो ।
    अनिता कार्की
    पाँचथर
    ~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- २०

    साताका उत्कृष्ट झिल्काहरू

  • १६ असार २०८१, शनिबार १०:१० मा प्रकाशित

  • [१]
    १.
    कतै छ पानी
    कतै छ सुख्खा
    मिल्दैन मौसमको भविष्यवाणी ।
    २.
    डुब्न लागिसक्यो घाम
    महिना छ असारको
    आली हिलोको काम ।
    ३.
    समय आफैँले छोप्नुपर्छ
    पर्खँदैन कसैलाई यसले
    समयमा धान रोप्नुपर्छ ।
    ✍️

    सतीश पण्डित

    [२]
    १.
    सुधारौँ आफ्नो बानी
    अरूको क्षति चाहँदा
    आफ्नै हुन्छ हानी ।
    २.
    सधैँ नम्र बोल्नू
    रुखो बोलेर हुँदैन
    बोलीमा मह घोल्नू ।
    ३.
    आफ्ना लागि बाँच्नू
    अरूको पिर नगरी
    आफ्ना खुसी साँच्नू ।
    ✍️
    काजल न्यौपाने

    भोजपुर।

    [३]
    १.
    असारे राेपाइँ गरेर
    सबै किसान मिली
    राखौँ अन्न भरेर ।
    २.
    प्लास्टिकले शरीर छाेपौँ
    असार पन्ध्रमा रमाउँदै
    छुपुछुपु धान राेपौँ ।
    ३.
    असारे गीत गाएर
    काम गरौँ खेतमा
    अचार राेटी खाएर ।
    ✍️
    रबि पाैडेल

    दक्षिण भारत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू

    साताका उत्कृष्ट झिल्काहरू- १८

  • ९ असार २०८१, शनिबार ०६:५४ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १८औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १८ का लागि झिल्काकारत्रय म्यामराज राई, बेदु न्यौपाने र राजेन्द्रप्रसाद भुसालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    राजनीतिले खेलाउॅंछ खेल
    छिर्के लाग्दै, लगाउॅंदै
    खोजिन्छ बेमेलभित्र मेल ।
    [२]
    झुण्डको झन्डा बोकेपछि
    आँखा टालिन्छ गुनको
    देशको झन्डा बिर्सेपछि ।
    [३]
    चालकले चलाखीपूर्ण नचलाए
    गाडी दुर्घटनामा पर्छ
    जथाभावी मन बहलाए ।
    ✍️
    म्यामराज राई, भोजपुर
    ———<•>———

    [१]
    जनतामा गराए भ्रान्ति
    सबैमा कलह उदायो
    देशमा भएन शान्ति ।
    [२]
    मानवता कतै भएन
    गरेनन् विकास देशको
    स्वधर्ममा कोही गएन ।
    [३]
    लाउने खाने उमेर
    आनन्द खुसीले रमाउँ
    फर्केर आउँदैन घुमेर ।
    ✍️
    बेदु न्यौपाने
    ———<•>———

    [१]
    राज्य सञ्चालन विधि
    राजनीति तथा शासन
    जाेगाउनु राष्ट्रकाे निधि ।
    [२]
    सर्वत्र सत्ताकाे माेहो
    गर्न गाह्रो जनतालाई
    बिहान बेलुका जाेहो ।
    [३]
    राजनीति गर्ने नेता
    लाग्याे सधैँ दाग
    भएनन् कहिल्यै सेता ।
    ✍️
    राजेन्द्रप्रसाद भुसाल
    ———<•>———

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १८

    साताका उत्कृष्ट झिल्काहरू- १७

  • २ असार २०८१, शनिबार ०६:५४ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १७औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १७ का लागि झिल्काकारत्रय लक्ष्मण देउवा डोटी, पुष्पा सुवेदी र सञ्जना शर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १//
    कर्मको फल मिठो
    सधैँ दुःखमा रमाउने
    म गाउँले ठिटो ।
    २//
    सङ्घर्षको भारी बोकेर
    पुग्न सकिन्न गन्तव्यमा
    बीचमा पाइला रोकेर ।
    ३//
    दुःखको जङ्घार तरेर
    जिउनुको अर्थ सिकाई
    एकदिन जानुछ मरेर ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत चेन्नई🇳🇵
    ———<•>———
    [२]
    १//
    राजनीति शब्दको अर्थ
    गलत परिभाषित भयो
    अर्थको लाग्यो अनर्थ ।
    २//
    भ्रष्टाचारको धमिरो फालौँ
    राजनीतिलाई पृष्ठभूमि बनाएर
    राष्ट्रियताको जग बसालौँ ।
    ३//
    नबिर्सनू ए साथीभाइ !
    गन्तव्यमा पुगे भनी
    हेर आफ्नो उद्गमस्थललाई ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    ———<•>———
    [३]
    १//
    आस गरेर बसेछौ
    अरूको मात्रै आज
    त्यसैले तल खसेछौ ।
    २//
    मेहनत गरेर खानू
    आफ्नो यही ठाउँमा
    उब्जिन्छ है मानु ।
    ३//
    मेहनत गरेर मरिँदैन
    गरेर अठोट आजै
    अरूको भर परिँदैन ।
    ✍️
    सञ्जना शर्मा
    ———<•>———

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १७

    साताका उत्कृष्ट झिल्काहरू- १६

  • २६ जेष्ठ २०८१, शनिबार ०५:२० मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १६औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १६ का लागि झिल्काकारत्रय सुस्मिता अधिकारी, रिजु दिल्पाली र पद्मा काश्यप पाण्डेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १.
    गणतन्त्र सुन्दर बाहाना
    जानेका कति बुन्न
    समृद्धिको देखावटी चाहाना ।
    २.
    विगतबाट सकेनन् सिक्न
    नियत रोज्छन् पुरानै
    केवल ढुकुटी झिक्न ।
    ३.
    गणतन्त्र त आखिर
    लुट्न जान्नेका लागि
    बन्यो सुनौलो जागिर ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ———<•>———

    [२]
    १.
    गोठालाहरू सहर पसे
    बिगौतीको लोभमा फसेर
    आमालाई छुरा धसे ।
    २.
    अपराधीले छुनु हुँदैन
    पवित्र देश मेरो
    देशभक्तले रुनु हुँदैन ।
    ३.
    यो आयात नीति
    मुलुक बर्बाद भयो
    कतै छैन थिति ।
    ✍️
    रिजु दिल्पाली
    ———<•>———

    [३]
    १.
    देशको भलाइ हुनलाई
    राष्ट्रिय एकता चाहिन्छ
    पर्दैन हामी रुनलाई ।
    २.
    संस्कृति साझा हाम्राे
    जोगाउँदा मिली सबैले
    सभ्यता बन्छ राम्रो ।
    ३.
    युवालाई रोजगारी चाहिन्छ
    श्रम सिप रोपेमा
    स्वदेशमै जागिर पाइन्छ ।
    ✍️
    पद्मा काश्यप पाण्डे
    मोरङ
    ———<•>———

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १६

    साताका उत्कृष्ट झिल्काहरू- १५

  • १९ जेष्ठ २०८१, शनिबार ०७:१० मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १५ का लागि झिल्काकारत्रय ️रचना प्रतीक्षा, ️कमल प्रसाद बगाले र ️नन्दा धामीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    पिएर विष मरिन्न
    अपमानका शब्द सहँदा
    मरिन्छ त्यस्तो गरिन्न !
    २.
    भ्रष्टाचारीको देश भनियो
    विश्वमा हाम्रो नेपाल
    बलात्कारीको देश जनियो ।
    ३.
    माकुरो घाम ताप्दैछ
    माघको चिसो छल्दै
    तापक्रम पनि माप्दैछ ।
    ✍️
    रचना “प्रतीक्षा”

    ललितपुर

    [२]
    १.
    शान्ति छैन देशमा
    निमुखा जनता दरिद्र
    नेता लुट्ने भेषमा !
    २.
    शान्ति क्षेत्र नेपाल
    हाक्छ मागी सत्ता
    समृद्ध राष्ट्रको हाल !
    ३.
    मिलाई जुटायो कसैले
    बनाई तमासा हेरेर
    अहिले फुटायो मजैले !
    ✍️
    कमल प्रसाद बगाले

    वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश

    [३]
    १.
    सहयात्री हो वन
    सुख अनि दुःखको
    दिन्छ सधैँ आफ्नोपन !
    २.
    म रुँदा रुन्छ
    ख्याल गर्दछ मेरो
    हाँस्दा खुसी हुन्छ ।
    ३.
    छ अपार शक्ति
    आमाको मातृत्वमा हेर
    समर्पण र भक्ति !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १५

    साताका उत्कृष्ट झिल्काहरू- १४

  • ५ जेष्ठ २०८१, शनिबार १६:२३ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १४ का लागि झिल्काकारत्रय ️एवाइ प्रभात, ️पशपती राई र ️साया चाम्लिङका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    विभेदका सधैँ कुरा
    नगर्नू है सबैले
    देश बेचेर पूरा !
    २.
    मानव हराएको देशमा
    हिंसाको बाटो देख्छ
    चमत्कार विदेशी भेषमा !
    ३.
    सहरमा सुख खोजे
    नारीको इज्जत माटोमा
    फेरि गाउँ रोजे ।
    ✍️एवाइ प्रभात
    धनकुटा सहिदभुमि
    [२]
    १.
    आमा शब्दै काफी
    झन् आमाको काख
    स्वर्गभन्दा नि माथि !
    २.
    इन्द्रको आसन धाइँदैन
    आमाको काख पाइरहे
    अरूको लाख चाहिँदैन ।
    ३.
    आमाको कस्तो बानी
    झिकेर मुटु खटाउने
    रहेछ ममताको खानी !
    ✍️पशपती राई
    खोटाङ
    [३]
    १.
    हुँदैन देवता ढोगेर
    नलेखिएपछि आफ्नो नसिबमा
    पाइन्न निधार ठोकेर !
    २.
    वर्षले उमङ्ग छाओस्
    नयाँ वर्षले सबैमा
    सुख, शान्ति ल्याओस् !
    ३.
    धर्धरी रुन नपरोस्
    सधैँ उन्नति प्रगतीले
    खुसीको घडा भरियोस् !
    ✍️साया चाम्लिङ
    खोटाङ
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १४

    साताका उत्कृष्ट झिल्काहरू- १३

  • २२ बैशाख २०८१, शनिबार २१:२७ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १३ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १३ का लागि झिल्काकारत्रय संगीता खरेल, राजनारायण राई र निर्मल शर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    मुटु दुख्ने खेल
    खेल्नु थियो भने
    किन गर्‍यौ मेल?
    २.
    गरेर मीठा बात
    धोकाले पराकाष्ठा नाघ्यो
    रोएर बिताउँदैछु रात !
    ३.
    पाइँदोरहेनछ हेर देखेर
    भावीको खेल अनौठो
    ल्याउनुपर्ने भाग्यमा लेखेर !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————<•>———–
    [२]
    १.
    भोक तब तोडिन्छ
    जब रगत पसिना
    दश नङ्ग्रा जोडिन्छ ।
    २.
    रगत, पसिना बहन्छ
    घाम, पानी सहॅंदै
    मजदुर मजबुर रहन्छ ।
    ३.
    साहेब भनिरहन्छ काम
    उभिएर भिर, पखेरामा
    गरिब खोजिरहन्छ माम !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————<•>———–
    [३]
    १.
    बेच्दैनन् साग तरकारी
    विदेशमा पसिना बेच्छन्
    राखेर बाँझो खेतबारी !
    २. बर्खाको झरी लगातार
    उदास मन नरमाइलो
    त्रासमा भिजेको संसार !
    ३.
    विश्वमै सम्मान होस्
    बुझी पसिनाको मूल्य
    मजदुरले गर्व गरोस् !
    ✍️
    निर्मल शर्मा
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १३

    साताका उत्कृष्ट झिल्काहरू- १२

  • १५ बैशाख २०८१, शनिबार १९:३७ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १२ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १२ का लागि झिल्काकारत्रय जय नारायण नेपाल, पारसमणी खतिवडा र कोपिला अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    चेतनाको राँको बाली
    जागरुक बन युवा
    विकृतिको जालो फाली ।
    २.
    अतिले हुन्छ खति
    सधैँ व्यवहार गर्नु
    सोचेर चाहिने जति ।
    ३.
    मिहिनेत पसिनाको कमाइ
    मनैदेखि गर्व गराैँ
    फल खाउँ रमाई !
    ✍️

    जय नारायण नेपाल
    ———<•>——-

    [२]
    १.
    चुनावमा मौन अवधि
    पैसा, खसी, भाले
    भोट फकाउने ओखति ।
    २.
    पाएको निसङ्कोच हान्ने
    पैसाको पछाडि नलागी
    असल प्रतिनिधि छान्ने ।
    ३.
    मत दिएर हेर्नुपर्छ
    सुकर्म गर्छन् गर्दैनन्
    अर्को चुनावमा फेर्नुपर्छ ।
    ✍️
    पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम, हाल सूर्यविनायक, भक्तपुर
    ———<•>——-

    [३]
    १.
    प्नाकृतिक साैन्दर्ययुक्त वन
    वसन्तले हरियाली भर्दा
    खुसी थियाे मन।
    २.
    स्वच्छ हावा हरायाे
    चर्काे खडेरी पर्दा
    आगलागीले धुँवा भरायाे ।
    ३.
    जङ्गलमा आगाे हाँस्याे
    जङ्गली जनावरको बासस्थान
    हेर नराम्ररी मास्यो ।
    ✍️

    कोपिला अधिकारी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- १२

    साताका उत्कृष्ट झिल्काहरू- ११

  • ८ बैशाख २०८१, शनिबार १५:४५ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको ११ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ११ का लागि झिल्काकार त्रय हिरालाल न्यौपाने, विमल खतिवडा माइला र तोया नाथ चापागाईँका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    ———<•>——-
    [१]
    १)
    अस्ति भेट भयाै
    मन मिलेकाे ठाँने
    आज तर्केर गयाै !

    २)
    राेएर के गरुँ
    तिम्राे कसिलाे जवानी
    पिएर मात्रै मरुँ !

    ३)
    सिरानी भिज्याे माझ
    सपना बल्झे आँखामा
    भेटाैँ भाेलि साँझ !
    ✍🏼
    हिरालाल न्याैपाने
    सल्यान, काेटमाैला
    ———<•>——-

    [२]
    १)
    चुनावको कोलाहल बजारमा
    मुद्दाहरू सस्तै बिक्दैछन्
    सय अनि हजारमा !

    २)
    कसैलाई लोभ सत्ताको
    नोकरी नभएका उम्मेदवारलाई
    लोभ केवल भत्ताको !

    ३)
    धतुरो खाई बोल्दैछन्
    मुद्दा नभएर होला
    एकार्काको धोती खोल्दैछन् !
    ✍️
    विमल खतिवडा माइला
    ———<•>——-

    [३]
    १)
    लुटिन्छन् हर सपनाहरू
    पुर्‍याइन्छन् शुन्यताको गहिराइमा
    बढार्दै उज्जर चाहनाहरू !

    २)
    प्रतीक्षाका प्रत्येक पलहरू
    सुस्ताउँछन् ती हरघडी
    बोकेर नमिठा छलहरू !

    ३)
    अस्तव्यस्त छ धरा
    फुर्सद छैन मनुलाई
    उखेलिए रुखका जरा !
    ✍️
    तोया नाथ चापागाईँ
    दमक,झापा,नेपाल
    ———<•>——-


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- ११

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P